प्रस, रौतहट, १० भदौ/
दुर्गाभगवती गाउँपालिकाले निश्शुल्क पिसिआर परीक्षण गर्ने भएको छ।
गापामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि जोखिम रोकथाम तथा न्यूनीकरण गर्न एक घर–एक व्यक्ति पिसिआर परीक्षण अन्तर्गत शुक्रवार बिहान ११ बजेदेखि सरस्वती मावि पिपरा भलोहियाको प्राङ्गणमा स्वाब नमूना सङ्कलन हेल्थडेस्क सञ्चालन हुने गाउँपालिका अध्यक्ष अरुण साहले बताए।
गापा अध्यक्ष साहले गापावासीलाई निश्शुल्क पिसिआर परीक्षण गराउन स्वास्थ्य संयोजक रामविनोद दास, ल्याब असिस्टेन्ट शिवेशकुमार चौधरी, स्वास्थ्य चौकी मत्सरीका इन्चार्ज सतीशचन्द्र झा, बडहर्वा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट मुकेशकुमार गुप्तालाई सम्पर्क गर्न आग्रह गरेका छन्।