दुई बालिकाको शव भेटियो

0
348

प्रस, रौतहट, १० भदौ/
    गढीमाई नगरपालिका–७ धर्मपुर टोल निवासी तीनजना बालिका बागमती नदीमा बेपत्ता भएको घटनामा दुईजनाको शव भेटिएको छ।
    माधवनारायण नगरपालिका–८ स्थित बागमती खोला किनारमा १२ वर्षीया सुसीताकुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रह्मपुरीनजीक बागमतीको पूर्वपट्टि किनारमा १० वर्षीया चञ्चलकुमारी मुखियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  
    ऋषिपञ्चमीका दिन गढीमाई नगरपालिका–७ धर्मपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिङ्कुकुमारी मुखियाको शव सोही दिन भेटिएको थियो। ऋषि पञ्चमीका दिन बागमती नदीमा नुहाउन गएका तीनजना बालिका बेपत्ता भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here