खाद्यान्न र निर्माण सामग्रीबाहेक सबै पसल बन्द राख्न अपील

0
340

प्रस, रौतहट, १० भदौं/
    उद्योग वाणिज्य सङ्घ रौतहटले खाद्यान्न तथा निर्माण सामग्रीका पसलबाहेक सबै पसल बन्द राख्न सूचना जारी गरेको छ।
    सङ्घका अध्यक्ष पण्डितप्रसाद जयसवालले बुधवार सूचना जारी गर्दै हालको अवस्थामा सम्पूर्ण व्यवसाय सञ्चालन गर्दा भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम बढने भएकाले खाद्यान्न तथा निर्माण सामग्रीबाहेक सबैखाले व्यवसाय बन्द राख्न अपील गरेका छन्।
    अध्यक्ष  जयसवालले जिल्ला प्रशासन कार्यालय, रौतहटले साउन २४ देखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेकोमा सोको पालना गर्न आग्रह गरेका छन्। उनले सङ्क्रमणको अवस्था हेरी जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार अन्य व्यवसाय सञ्चालनमा ल्याउने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here