मृतक बालिकाका अभिभावकलाई प्रदेशको राहत

0
268

प्रस, रौतहट, १० भदौ/
    रौतहटको बागमती नदीमा डुबेर मृत्यु भएका तीनजना बालिकाका अभिभावकलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ राहत दिने भएको छ।
    प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीले बुधवार मृतक परिवारप्रति समवेदना प्रकट गर्दै जनही एक लाख रुपैयाँ राहत दिने घोषणा गरेका हुन्। उनले घोषित राहत रकम मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट तत्कालै उपलब्ध गराउने बताएका छन्।
    चार दिन पहिले जिल्लाको गढीमाई नगरपालिका वडा नं ६ स्थित बागमती नदीमा डुबेर सोही नगरपालिका वडा नं ७ का तीनजना बालिकाको ज्यान गएको थियो। मृत्यु हुने लक्ष्मण दास तत्माकी १५ वर्षीया छोरी सुसीता दास, भदै मुखियाकी ११ वर्षीया छोरी पिङ्कु र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चल मुखिया हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here