शिक्षकहरू कोरोना सङ्क्रमणबारे जनचेतना फैलाउँदै

माधव तिमल्सिना, ठोरी, ९ भदौ/    कोरोना सङ्क्रमणबारे विभिन्न अफवाह फैलिएर समाजमा त्रासको वातावरण बढेपछि ठोरीमा शिक्षकहरू समुदायमा पुगेर सचेतना बढाउन थालेका छन्।    कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता अपनाउनुपर्ने समयमा लापर्बाही बढ्न थालेको भन्दै ठोरीमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूले समुदायमैं पुगेर कोरोना रोकथाम र नियन्त्रण तथा यससम्बन्धी भ्रमबारेमा चेतना जगाउन थालेका हुन्।    ठोरी गापाको गत […]

नारायणी अस्पतालमा सेवा सुचारु हुँदै

प्रस, वीरगंज, ९ भदौ/    नारायणी अस्पतालका सेवाहरू क्रमिकरूपमा शुरू भइरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले एक सातादेखि अस्पतालका सेवाहरू क्रमिकरूपले सुचारु भइरहेको बताए।    निषेधाज्ञा र सङ्क्रमण फैलिएर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू सङ्क्रमित भएपछि आकस्मिक सेवाबाहेक बन्द भएका अन्य सेवाहरू क्रमिकरूपले शुरू भइरहेको अध्यक्ष्F लाभले बताए। उनले ७० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सङ्क्रमित […]

सङ्क्रमितहरूले रेडियो प्रसारणलाई निरन्तरता दिंदै

प्रस, वीरगंज, ९ भदौ/    सामुदायिक रेडियो नारायणी एफएमका सातजना कर्मचारी कोरोना सङ्क्रमित भएपछि स्टेशनलाई नै आइसोलेशन बनाएर रेडियो प्रसारणलाई निरन्तरता दिंइरहेका छन्।    नारायणी एफएमका सञ्चारकर्मी, कर्मचारी गरी सातजना भएका छन्। जसमध्ये स्टेशन प्रमुख क्रान्ति साह साउन ३० गते कोरोना मुक्त भई अहिले घरमैं क्वारेन्टाइनमा छन् भने एकजना प्राविधिक पनि घरमैं आइसोलेट छन्।    भदौ ६ गते […]

जङ्गल बाटोबाट गाँजा र चरेसको तस्करी

प्रस, पंचगावाँ, ९ भदौ/    मकवानपुर र धादिङमा उत्पादित गाँजा पर्सा जिल्ला भएर भारत पु–याउने कार्य निषेधाज्ञामा पनि जारी छ।    निषेधाज्ञाको कारण सवारीसाधन चल्न नसक्दा अहिले तस्करहरूले जङ्गलको बाटो गाँजा, चरेस ढुवानीलाई तीव्र पारेका छन्। सामान्य अवस्थामा मकवानपुरको लोथर, मनहरीबाट मकवानपुर र धादिङमा उत्पादित गाँजा मालवाहक ट्रक, तेल बोक्ने ट्याङ्कर, यात्रुवाहक बस र निजी सवारीसाधनहरूमार्फत् ढुवानी […]

पर्सागढीका तीन स्थानमा आइसोलेशन सञ्चालन

प्रस, पर्सागढी, ९ भदौ/पर्सागढी नगरपालिकाले सङ्क्रमितहरू बढेसँगै नगरमैं आइसोलेशनको व्यवस्थापन गर्दै सङ्क्रमितहरूलाई आइसोलेट गर्न शुरू गरेको छ।पर्सागढी नगरपालिकाले यसअघि वीरगंज महानगरको होटल कुमु प्यालेसमा १६ शय्याको आइसोलेशन तयार गरेको थियो। सो ठाउँमा सङ्क्रमित नअटेपछि अहिले नगरपालिकाका तीनवटा स्थानमा ४५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ।पर्सागढी नगरपालिका–८ स्थित हरपुर विद्यालय, पर्सागढी–९ मनवाको बडेर्वा माविमा १४/१४ शय्या र […]

निमित्तको भरमा पालिका चलाउँदा बेरुजु बढ्यो ठोरी र पटेर्वासुगौलीमा नयाँ अधिकृत

राजकुमार पटेल, वीरगंज, ९ भदौ/पर्सा जिल्लाका केही पालिका अझै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन्।निमित्तको भरमा चलेका अधिकांश स्थानीय तहमा बेरुजु बढी देखिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको ठहर छ। स्थानीय तहहरू निमित्तको भरमा चल्दा बेरुजु रकम बढ्दै गएको, आर्थिक अनियमिततासमेत वृद्धि भएको मन्त्रालयको बुझाइ छ।यसो हुनुमा मुख्यतः निमित्त प्रमुख प्रशासकीय अधिकृतले […]

सञ्चारकर्मी महतोमाथि दुव्र्यवहार

प्रस, वीरगंज, ९ भदौ/    नेपाल टेलिभिजनका संवाददाता विजय महतोमाथि अलौंका स्थानीय बासिन्दाले दुव्र्यवहार गरेको समाचार छ।    दुई पक्षबीच पञ्चायती भइरहेको दृश्य लिइरहेका पत्रकार महतोलाई स्थानीयले घेराउ गरी क्यामरा खोसेका थिए। केही दिनअगाडि सो नाकाबाट तस्करी गर्दै आएका तस्करहरूको सामान प्रहरीले पक्रन थालेपछि एक तस्करले अर्को तस्करमाथि आरोप लगाउँदै आएको थियो। सोही विषयलाई लिएर केही दिनअघि […]

इप्रका पोखरियालाई पङ्खा सहयोग

इप्रका प्रस, पोखरिया, ९ भदौ/    पोखरिया युवा समाजले सोमवार इलाका प्रहरी कार्यालय, पोखरियामा ८ थान पङ्खा सहयोग गरेको छ।    युवा समाजका पदाधिकारीहरूले ८ थान सिलिङ पङ्खा इलाका प्रहरी कार्यालय, पोखरियालाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।

दुई पक्षबीच कुटाकट, एक दर्जन मानिस घाइते

प्रस, सिम्रौनगढ, ९ भदौ/    सिम्रौनगढ नगरपालिका–५ ठूलो इँटवालमा दुई पक्षबीच कुटाकुट हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।  वडा नं. ५ का अध्यक्ष रामबहादुर पटेलले ट्रान्सफर्मरबाट सेलर मिललाई लाइन जोड्न मनाही गरेपछि स्थानीय शिवमङ्गल कुशवाहा र केही गाउँलेबीच झडप भएको थियो। घाइते हुनेमा विश्वनाथ साह, नितेश पटेल, आइजी पटेललगायत १२ जना रहेका छन्। उनीहरूको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।