स्वास्थ्य संस्था सञ्चालनमा
प्रस, बिरुवागुठी, ३२ साउन/ साउन १९ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू भएपछि पर्सागढी नगरपालिकाका स्वास्थ्य संस्थाहरू आजदेखि सञ्चालनमा आएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र र चारवटा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि साउन १७ गतेदेखि यहाँको स्वास्थ्य सेवा अनिश्चितकालको लागि बन्द गरिएको थियो। स्वास्थ्यकर्मीहरूको स्वास्थ्य ठीक भएपछि स्वास्थ्य सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखा […]
सर्पदंशबाट महिला घाइते
प्रस, ठोरी, ३२ साउन/ठोरी गाउँपालिका–४ विजयबस्ती निवासी एकजना महिलालाई आइतवार बिहान सर्पले टोकेको छ।घरमा मकै केलाएर बसेको बेला ५२ वर्षीया जगतकुमारी श्रेष्ठलाई सर्पले टोकेको हो। श्रेष्ठलाई तत्कालै सर्पदंश उपचार केन्द्रमा लगी भर्ना गरिएको र उनको उपचार भइरहेको जेठाजुनरबहादुर श्रेष्ठले बताए। करेत सर्पले टोकेको र बुहारीले करेत सर्पलाई फालेको जेठाजु श्रेष्ठले बताए। सर्पदंश केन्द्रले श्रेष्ठको उपचार […]
सिमराको होटल सगुनबाट ३ लाखसहित सातजना जुवाडे पक्राउ
राधेश्याम पटेल, वीरगंज, ३२ साउन/ बारा प्रहरीले पर्सा, बारामा कोरोना महामारी नियन्त्रणको लागि निषेधाज्ञा जारी गरेको अवस्थामा सातजना जुवाडेलाई सिमराबाट पक्राउ गरेको छ। सगुन होटलको तेस्रो तलामा कुमार श्रेष्ठ र प्रद्युम्न वैद्यले सञ्चालन गरेको जुवा खालबाट बारा, सर्लाही, सल्यान र सिन्धुपाल्चोकका सातजना कौडा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ परेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी […]
फिफाको महिला वरीयतामा नेपाल ९९औं स्थानमा
काठमाडौं, ३२ साउन/रासस विश्व फूटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल ९९औं स्थानमा यथावत् रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा पनि परेको हो। यही कारण वरीयतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महीनादेखि फिफाको वरीयता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औं स्थानमा छ। […]
मृत्युको ३ तेस्रो दिनपछि कोरोना सङ्क्रमित
प्रस, जनकपुरधाम, ३२ साउन/ धनुषामा शुक्रवार मृत्यु भएका एकजना पुरुषमा आइतवार कोरोना सङ्क्रमण पुष्टि भएको छ। धनुषाको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गराइरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ का ४३ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा आइतवार रिपोर्ट पोजेटिभ आएको प्रदेशिक प्रयोगशाला धनुषाले जनाएको छ। मृतकको शव परिवारजनको जिम्मा लगाएर […]
वन कार्यालयद्वारा बिरुवा वितरण
प्रस, पर्सागढी, ३२ साउन/ सबैया सबडिभिजन वन कार्यालयले समुदायमा गएर बिरुवा वितरण गर्न शुरू गरेको छ। दुई वर्षदेखि नर्सरीमा उत्पादन गरिएको बिरुवा लकडाउन र निषेधाज्ञाको कारण वितरण हुन सकेको थिएन। वन कार्यालयले समुदायमा बिरुवा लिनको लागि बारम्बार सूचित गर्दा पनि लकडाउन र निषेधाज्ञाले उनीहरू वन कार्यालयमा बिरुवा लिन नगएका कारण समुदायमा गएर वितरण गरिएको हो। […]
लागूऔषधसहित एकजना पक्राउ
प्रस, पंचगावाँ, ३२ साउन/ जीराभवानी गाउँँपालिका–४ निवासी शशिकान्तराउत थारू लागूऔषधसहित शनिवार पक्राउ परेका छन्। सूचनाको आधारमा सरकारी नम्बर प्लेटको ना.१ ब ३५९० नं.को मोटरसाइकल चेकजाँच गर्दा नाइट्रोभेट ट्याबलेट ४० थान, कोटिन फ्रलेक्ट पि सिरप ८ थान, स्टाम्पोफिट २ थान बरामद भएको थियो। पक्राउ परेका थारू वडाध्यक्षका छोरा भएको र उनले बुबाले चढ्ने मोटरसाइकल प्रयोग गरेको […]
३४औं वर्षमा प्रवेश
‘प्रतीक’ आजदेखि ३४औं वर्षमा प्रवेश गरेको छ। ३४ वर्ष पार गर्नु धेरै गर्वको विषय होइन। संसारमा शताब्दी पूरा गरेका अखबारहरू छन्। उमेर त्यति बेला मात्र गणनायोग्य हुन्छ, जब यसले शताब्दीको नेटो काट्छ। तर थोरै समयमात्र बाँचेका अखबारहरू पनि चर्चित र लोकप्रिय तथा गर्वका विषय बनेका छन्। त्यसमा प्रतीक दरिन सकेको छ कि छैन, ठोकुवा […]
शिक्षक को हो र उसको काम के हो ?
अनन्तकुमार लाल दास हरेक युगमा शिक्षकलाई शिक्षाको केन्द्रमा राखिन्छ तर समयसँगसँगै उसको सामाजिक स्थिति र भूमिकामा परिवर्तन देखा पर्छ। पहिले शिक्षकलाई निर्विवाद गौरवपूर्ण ठाउँ प्राप्त थियो, जसलाई के थाहा थियो भने के पढाउनु छ र कसरी पढाउनु छ। तर यो स्थिति धेरै पहिले नै समाप्त भइसकेको छ। अहिलेको बेला शिक्षकको जवाफदेहिताको नाउँमा सार्वजनिक निवेश र […]
सीमा विवादको राजनीति
विनोद गुप्ता सत्तारूढ दल नेकपाको सङ्कट मङ्सिरसम्मको लागि टरेको देखिन्छ। प्रचण्डले पार्टी विभाजन रोक्न धैर्य प्रदर्शन गरेको भने पनि पर्दा पछाडिको खबर अलि भिन्नै खालको छ। सामाजिक सञ्जालमा आएको समाचार अनुसार चिनियाँ महामहिमले नेपालको वर्तमान अवस्थाको विश्लेषण गर्दै एक महीनाभित्र सत्ता परिवर्तनको सुझाव पठाएको र अहिलेको युद्धविरामको स्थितिले चीन पनि उचित उत्तराधिकारीको खोजीमा रहेको सङ्केत […]