फिफाको महिला वरीयतामा नेपाल ९९औं स्थानमा

काठमाडौं, ३२ साउन/रासस
    विश्व फूटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल ९९औं स्थानमा यथावत् रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा पनि परेको हो। यही कारण वरीयतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महीनादेखि फिफाको वरीयता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औं स्थानमा छ। दक्षिण एशियाली देशको वरीयतामा नेपालको स्थान दोस्रो छ।
    यस्तै, फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५औं, बङ्गलादेश १३४औं, श्रीलङ्का १४०औं, माल्दिभ्स १४२औं तथा भुटान १५४औं स्थानमा रहेका छन्। विश्व वरीयतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्वीडेन पाँचौं, इङ्गल्यान्ड छैटौं, अस्ट्रेलिया सातौं, ब्रजील आठौं, क्यानडा नवौं र उत्तर कोरिया १०औं स्थानमा रहेका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्