लागूऔषधसहित एकजना पक्राउ

प्रस, पंचगावाँ, ३२ साउन/
    जीराभवानी गाउँँपालिका–४ निवासी शशिकान्तराउत थारू लागूऔषधसहित शनिवार पक्राउ परेका छन्।
    सूचनाको आधारमा सरकारी नम्बर प्लेटको ना.१ ब ३५९० नं.को मोटरसाइकल चेकजाँच गर्दा नाइट्रोभेट ट्याबलेट ४० थान, कोटिन फ्रलेक्ट पि सिरप ८ थान, स्टाम्पोफिट २ थान बरामद भएको थियो।
    पक्राउ परेका थारू वडाध्यक्षका छोरा भएको र उनले बुबाले चढ्ने मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी महादेवपट्टिका प्रहरी सहायक निरीक्षक सिकेन्द्र पाण्डेले थारू सरकारी मोटरसाइकलमा लागूऔषधसहित पक्राउ परेको पुष्टि गरे। उनले बरामद सामग्री र पक्राउ परेका थारूलाई आवश्यक कारबाईको लागि जिप्रका, पर्सा चलान गरेको जानकारी गराएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्