सर्पदंशबाट महिला घाइते

प्रस, ठोरी, ३२ साउन/
ठोरी गाउँपालिका–४ विजयबस्ती निवासी एकजना महिलालाई आइतवार बिहान सर्पले टोकेको छ।
घरमा मकै केलाएर बसेको बेला ५२ वर्षीया जगतकुमारी श्रेष्ठलाई सर्पले टोकेको हो। श्रेष्ठलाई तत्कालै सर्पदंश उपचार केन्द्रमा लगी भर्ना गरिएको र उनको उपचार भइरहेको जेठाजु
नरबहादुर श्रेष्ठले बताए। करेत सर्पले टोकेको र बुहारीले करेत सर्पलाई फालेको जेठाजु श्रेष्ठले बताए। सर्पदंश केन्द्रले श्रेष्ठको उपचार भइरहेको र ७२ घण्टापछि घर फर्काइने जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्