प्रस, बिरुवागुठी, ३२ साउन/
साउन १९ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू भएपछि पर्सागढी नगरपालिकाका स्वास्थ्य संस्थाहरू आजदेखि सञ्चालनमा आएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र र चारवटा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि साउन १७ गतेदेखि यहाँको स्वास्थ्य सेवा अनिश्चितकालको लागि बन्द गरिएको थियो। स्वास्थ्यकर्मीहरूको स्वास्थ्य ठीक भएपछि स्वास्थ्य सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख योगेन्द्रप्रसाद पञ्जियारले बताए।