२०७७ साउन २९ गते बिहिवारको प्रतीक दैनिक
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रका रूखहरूमा नम्बरिङ, ट्यागिङ शुरू
प्रस, निजगढ, २८ साउन/बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्रका रूखबिरुवाहरूमा नम्बरिङ, ट्यागिङ कार्य शुरू भएको छ । सङ्घय वन तथा भूसंरक्षण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग र प्रदेश नं. २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालयको पनि निर्देशन अनुसार डिभिजन वन कार्यालय बाराले काम शुरू गरेको हो । विमानस्थल […]
वडावासीलाई पनि प्रवेशमा रोक
प्रस, ठोरी, २८ साउन/ठोरी गाउँपालिका–३ मा कोरोना सङ्क्रमणबाट जोगिन निषेधाज्ञालाई पूर्ण पालना गर्दै वडास्तरमा पनि कडाइ गरिएको छ । वडापालिकामा बुधवार भएको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको पूर्ण पालना गर्दै यो अवधिमा वडामा पसल सञ्चालन, व्यवसाय, वित्तीय संस्था, मेला, जात्रा, खेलकूद, सभा–समारोह, भोजभतेर आदि भीडभाडजन्य कार्यमा बन्देज […]
धोबिनीमा आइसोलेसन नहुँदा समस्या
प्रस, वीरगंज, २८ साउन/पर्साका १४ वटा स्थानीय तहमध्ये १२ वटाले आइसोलेशन तयार गरे पनि दुईवटा स्थानीय तहले आइसोलेशन बनाउन सकेका छैनन् । दुईवटामा एउटा धोबिनी गाउँपालिका पनि हो । धोबिनीमा तीन दिनअघि तीनजना सङ्क्रमित फेला परेका थिए । उनीहरूलाई अहिलेसम्म व्यवस्थापन गरिएको छैन । गापाले आइसोलेशन नबनाएकोले सङ्क्रमितहरू घरमैं छन् । उनीहरूलाई स्वास्थ्य सतर्कताको बारेमा […]
सिम्रौनगढमा पोके तस्करी बढ्दो
प्रस, सिम्रौनगढ, २८ साउन/भारतीय सीमासँग जोडिएको कारण सिम्रौनगढमा अहिले झोले तस्करी बढेको छ । भारतबाट विभिन्न सामान ल्याएर नेपालमा बिक्री गर्न स्थानीयको सहभागिता बढेको छ । कोरोना सङ्क्रमणले सबैजसो व्यवसाय प्रभावित भएको बेलामा अत्यावश्यक वस्तुहरू भारतबाट तस्करीको माध्यमबाट ल्याएर सिम्रौनगढ बजारका पसलहरूमा पु-याउने काममा अहिले वृद्धि भएको छ । नेपाल र भारतमा लकडाउन गरिएसँगै सीमा […]
मटिहानी बजार क्षेत्र सिल
प्रस, महोत्तरी, २८ साउन/महोत्तरीको मटिहानी नगरपालिका अन्तर्गत मटिहानी बजार बुधवारदेखि सिल गरिएको छ । सो नगरपालिका वडा नं. ६ का कोरोना सङ्क्रमित एक पुरुष बितेको सोमवार उपचारको क्रममा मृत्यु भएपछि उनको घर आसपासको बजार क्षेत्र सिल गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । मृतकको दाहसंस्कारमा सहभागी भएकाहरू, उपचारको क्रममा संलग्न र घर आसपासका बासिन्दाहरूको स्वाब […]
पूर्वप्रमुख गिरीको सङ्क्रमणबाट मृत्यु
प्रस, जनकपुरधाम, २८ साउन/जनकपुरधामका पूर्वप्रमुख कृष्ण गिरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जनकपुरस्थित होटेल रामाका सञ्चालकसमेत रहेका गिरीको मङ्गलवार राति काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । बितेको तीन सातादेखि उनको मेडिसिटी अस्पतालमा उपचार चलिरहेको थियो । स्थिति झन् बिग्रँदै गएपछि सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । ७२ वर्षीया गिरीलाई हल्का ज्वरोसँगै श्वासप्रश्वासमा समस्या […]
निषेधाज्ञा तोड्नेलाई २४ घण्टा थुना र पाँच हजार एक सय जरिवाना
प्रस, रौतहट, २८ साउन/कटहरिया नगरपालिकाले नगरपालिकाभित्र भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । नगरप्रमुख सियाराम कुशवाहाको अध्यक्षतामा मङ्गलवार बसेको सर्वपक्षीय बैठकले बुधवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा उल्लङ्घन गरेको पाइएमा दण्ड जरिवानासमेत बैठकले तोकेको छ । निषेधाज्ञाको अवधिमा पसल सञ्चालन गर्नेलाई ५ हजार १ सय जरिवाना र […]
सभापति तिवारी पक्राउ
प्रस, वीरगंज, २८ साउन/जिल्ला प्रहरी कार्यालय पर्साले नेविसङ्घ पर्साका सभापति विकास तिवारीलाई पक्राउ गरेको छ । वीरगंज–११ ओम आश्रमस्थित घरबाट सभापति तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको नेविसङ्घ ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साहले बताए । उनले विज्ञप्ति जारी गर्दै सभापति तिवारीलाई अविलम्ब रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । पर्सा प्रहरीले सभापति तिवारीलाई साइबर […]
वीरगंजको मृत्युदर नेपालकै उच्च डरत्रासको कारण मृत्यु भएको चिकित्सकको भनाइ
राधेश्याम पटेल, परवानीपुर, २८ साउन/वीरगंज अहिले कोरोना सङ्क्रमणको दलदलमा फसेको छ । साउनयता समुदायस्तरमा फैलिएको कोरोना महामारीबाट दैनिक मृत्यु हुने क्रम जारी छ ।मृत्यु हुनुको कारणमा कोरोना सङ्क्रमण र अन्य रोग पनि देखिएको छ । वीरगंजको मृत्युदर चिन्ताको विषय बनेको छ । नेपालमा बुधवार दिउँसो १ बजेसम्म ८७ जनाको मृत्यु भएको छ भने २३ हजार […]