प्रस, वीरगंज, २८ साउन/
जिल्ला प्रहरी कार्यालय पर्साले नेविसङ्घ पर्साका सभापति विकास तिवारीलाई पक्राउ गरेको छ ।

वीरगंज–११ ओम आश्रमस्थित घरबाट सभापति तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको नेविसङ्घ ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साहले बताए । उनले विज्ञप्ति जारी गर्दै सभापति तिवारीलाई अविलम्ब रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । पर्सा प्रहरीले सभापति तिवारीलाई साइबर अपराधमा पक्राउ गरेको पुष्टि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here