निषेधाज्ञा तोड्नेलाई २४ घण्टा थुना र पाँच हजार एक सय जरिवाना

0

प्रस, रौतहट, २८ साउन/
कटहरिया नगरपालिकाले नगरपालिकाभित्र भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

नगरप्रमुख सियाराम कुशवाहाको अध्यक्षतामा मङ्गलवार बसेको सर्वपक्षीय बैठकले बुधवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा उल्लङ्घन गरेको पाइएमा दण्ड जरिवानासमेत बैठकले तोकेको छ । निषेधाज्ञाको अवधिमा पसल सञ्चालन गर्नेलाई ५ हजार १ सय जरिवाना र २४ घण्टा प्रहरी हिरासतमा राख्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

कटहरियामा सङ्क्रमण बढ्न थालेपछि नगरपालिकाले कडा सावधानी अपनाउन थालेको हो । नगरमा कोरोना सङ्क्रमित ९ जनालाई मावि कटहरियाको क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here