गाई मरेको होइन, मारिएको हो

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित कलश क्याटल फार्मिङ प्रालिमा गाईहरू भोकै मरेका छन् । मुलुककै ठूलो गाई फार्म भनेर प्रचार गरिएको यो फार्मका सञ्चालकहरूको लापरवाहीका कारण गाईहरूले न आहारा पाए, न पानी । सञ्चालन पक्ष बेपत्ता छ, फार्मका कर्मचारीहरूले तलब नपाएको भन्दै काम छाडेका छन् । विद्युत् लाइन काटिएपछि पानीसमेत उपलब्ध छैन । परिणाम, निर्दोष गाईहरू […]
प्रकृतिलाई न्याय देऊ

भारतको उडिसा राज्यस्थित कलिण्ां इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्सालको दुःखद मृत्युले नेपाली विद्यार्थी तथा अभिभावकहरूमा गहिरो आघात पारेको छ । नेपालबाट हरेक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारत जाने गर्छन् । भारतलाई नेपाली विद्यार्थीहरूले अन्य मुलुकभन्दा सहज गन्तव्यका रूपमा लिएका छन् । खासै भन्ने हो भने भारत जाँदा परदेश गएको […]
बढ्दो सवारी दुर्घटना

नेपालमा सवारी दुर्घटनाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीका अनुसार गएको माघ महीनामा मात्रै चार हजार ५३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा १९९ जनाले ज्यान गुमाए । सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेको देखिन्छ । दुर्घटनाको प्रमुख कारण तीव्र गति, चालकको लापरवाही, मादक पदार्थ सेवन र सडक पार गर्ने […]
राजनीति केका लागि

‘राजनीति’ शब्दको उत्पत्ति ग्रीक भाषाबाट भएको मानिन्छ, जसको अर्थ ‘राज्य सञ्चालनको कला’ अर्थात् राज्य सञ्चालन गर्ने नीति भन्ने बुझिन्छ । विश्वविख्यात दार्शनिक प्लेटो र एरिस्टोटलले राजनीति भन्नाले समाजका सबै वर्गको भलाइका लागि गरिने नीति–निर्देशनलाई जनाउने बताएका छन् । त्यसैगरी, महात्मा गाँधीले ‘राजनीति नैतिकतामा आधारित हुनुपर्छ’ भनेका थिए भने नेल्सन मण्डेलाले राजनीति देशको सेवा गर्ने माध्यम […]
निमोठ्ने होइन, सुधार गरौं

सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सूचनाको आदानप्रदान, अभिव्यक्ति स्वतन्त्रता, व्यवसाय प्रवद्र्धन तथा विविध गतिविधिहरूमा संलग्न रहन मानिसहरू सामाजिक सञ्जालको प्रयोग गर्छन् । तर यसको दुरुपयोग पनि विश्वव्यापीरूपमा बढिरहेको छ । यसबाट हाम्रो मुलुक पनि अछूतो छैन । सामाजिक सञ्जालको माध्यमबाट समाजमा विकृति तथा अराजकता फैलाउने खतरा बढ्दै गएको छ । अश्लील सामग्री, अपशब्दहरूको प्रयोग, […]
काजको दुरुपयोग

वीरगंजस्थित नारायणी अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मीको चरम अभाव झेलिरहेको छ । अभावको मुख्य कारण अस्पतालका ३४ जना चिकित्सक तथा स्वास्थ्यकर्मी विभिन्न सरकारी अस्पतालहरूमा काजमा छन् । सेवाग्राहीको घुइँचो हुने नारायणीमा चिकित्सक तथ स्वास्थ्यकर्मी अभावका कारण सेवाप्रवाहमा गम्भीर समस्या देखिएको छ । अस्पतालले बारम्बार अनुरोध गर्दा पनि सङ्घीय स्वास्थ्य मन्त्रालयले काज फिर्ता गर्न आनाकानी गरिरहेको अस्पताल […]
बालविवाह हटाउन शिक्षा र सचेतना

‘बालविवाह अपराध हो ।’ यस अभियानमा मुलुकले लामो समयदेखि प्रयास गरिरहेको भएपनि पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन । विवाहका लागि कानूनले तोकेको न्यूनतम उमेर २० वर्ष हो । कुनै बेला हाम्रो समाजमा बालिकाहरू नौ वर्ष नपुग्दै विवाह गरिदिने चलन थियो । आफूभन्दा धेरै बढी उमेरका पुरुषसँग नाबालिकाको अनमेल विवाह गरिन्थ्यो । तिनताका मातृ–शिशु मृत्युदर उच्च […]
नारायणी अस्पताल

वीरगंजस्थित नारायणी अस्पताल सात दशकभन्दा पुरानो इतिहास बोकेको स्वास्थ्य संस्था हो । यसको स्थापनाताका पर्सा, बारा, रौतहट मात्र होइन, हाल मधेस प्रदेशका सबै जिल्ला, बाग्मती प्रदेशका केही जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका बिरामीहरूका लागि जीवनरक्षक केन्द्र बनेको थियो । सरकारी स्वास्थ्य सेवाको पहुँच सीमित भएको बेला नारायणी अस्पतालले सर्वसाधारणलाई उपचार उपलब्ध गराउँदै आयो । यही […]
सरकारी सेवाको अवस्था

नेपालका सरकारी कार्यालयहरूबाट सेवाग्राहीका लागि प्रदान गरिने सुविधामा अनियमितता, भ्रष्टाचार र गैरजिम्मेवारीपन छताछुल्ल छ। घूसविना सामान्य नागरिकलाई सेवा पाउन कठिन छ। हालै सार्वजनिक प्रशासन अध्ययन प्रतिष्ठानको एक अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालका सरकारी कार्यालयहरूमा घूसखोरीका घटना बढ्दो क्रममा रहेको देखाएको छ। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार २०८० मा मात्र एक हजार ५०० भन्दा बढी घूस तथा भ्रष्टाचारसम्बन्धी […]
दिल्लीको पाठ

दिल्ली विधानसभाको हालै सम्पन्न चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले अप्रत्याशितरूपमा दुइतिहाई बहुमत प्राप्त गरेको छ। यो जीतसँगै २७ वर्षपछि भाजपाको सत्तामा पुनरागमन भएको छ। यस अघि आम आदमी पार्टी (आप) ले लगातार १५ वर्षदेखि दिल्लीमा शासन गर्दै आएको थियो। एकताका सुधारवादी छवि बनाएको आपको यसपटकको पराजय र भाजपाको जीतले केही गम्भीर प्रश्न खडा गरेको छ। […]