सामुदायिक विद्यालयहरूको चरम दुरवस्था, कार्यालय सहायकबाट सञ्चालित छन् विद्यालय

धर्मेन्द्र चौरसिया, पोखरिया, ८ फागुन/ पकहामैनपुर गाउँपालिका–४ श्यामपुर भेलाहास्थित हरिहर साह प्राविमा डेढ दशकदेखि दुईवटा कोठामा बालविकासदेखि कक्षा पाँचसम्मको अध्ययन हुँदै आएको छ । २०६६ सालमा स्थापित यो विद्यालयमा अहिले मात्र दुईवटा कोठा छन् । एउटा कोठामा कार्यालयसहित बालविकास र कक्षा एक सञ्चालन हुन्छ भने अर्काे कोठामा कक्षा दुईदेखि पाँच कक्षा सञ्चालन हुन्छ । विद्यालयको […]
मालपोत र नापीका आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रस, वीरगंज, ८ फागुन/ भूमिसुधार तथा मालपोत कार्यालय, बाराका अधिकृत, नापी अधिकृतसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीवार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, बाराका मालपोत अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, […]
दुई दिनमा थप तीनवटा गाई मरे

प्रस, ठोरी, ८ फागुन/ ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित कलश क्याटल फार्मिङ प्रालिको लापरवाहीका कारण त्यहाँ रहेका गाईहरू खान नपाएर मर्ने क्रम रोकिएको छैन । ठोरी गापाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले फागुन ६ र ७ गते दुई दिनमा तीनवटा गाई मरेको बताइन् । उनले पानी र आहाराको अभावमा गाईहरू मरिरहेको सन्दर्भमा सञ्चालकहरूलाई पत्र, फोनबाट कर्मचारी खटाएर बोलाएको तर […]
सबै पक्षले निष्पक्ष भएर काम गर्नुपर्छ –अध्यक्ष रिजाल

प्रस, निजगढ, ८ फागुन/ भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनताको भूमिकाबाट बनेको संविधानले कुनै पनि नागरिक भूमिविहीन, आवासविहीन हुुनुुहुुँदैन भनेर राज्यले केन्द्रीय भूमि समस्या समाधान आयोग गठन गरेको बताएका छन् । उनले गठन प्रक्रियामा ढिला भए पनि सबै जिल्लामा समिति गठन गरी कार्य अघि बढाइएको बताए । निजगढ नगरपालिकाको सभाहलमा भूमि समस्या समाधान […]
प्रजिअ रेग्मीको प्रतिबद्धतामा अनशन फिर्ता

प्रस, रौतहट, ८ फागुन/ रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको मौखिक प्रतिबद्धतामा आमरण अनशन फिर्ता भएको छ । रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप नाकामा छोटी भन्सार कार्यालय स्थापना माग गर्दै स्थानीय तीनजनाले हिजो बिहानदेखि शुरू गरेको आमरण अनशन राति प्रजिअ रेग्मीको मौखिक प्रतिबद्धतामा फिर्ता लिइएको हो । उनले सो नाकाबाट पूर्ववत्रूपमा सञ्चालनमा रहेको चार पाङ्ग्रे सवारीसाधन […]
अश्कद्वारा लिखित पुस्तकको लोकार्पण

प्रस, वीरगंज, ८ फागुन/ भोजपुरी प्रतिष्ठान, वीरगंजको आयोजनामा गोपाल अश्कद्वारा लिखित आधुनिक भोजपुरी समालोचना पुस्तकको लोकार्पण एवं अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । वीरगंज–४ स्थित रामकुमार महावीरप्रसाद कन्या माविको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भारत बिहारका साहित्यकार प्राडा हरिन्द्र हिमकरले पुस्तकको लोकार्पण गर्दै विभिन्न पक्षबारेमा चर्चा गरेका थिए । पुस्तकका लेखक अश्कले भोजपुरी, नेपाली र […]
क्रिकेट र फूटबलका सात खेल सम्पन्न

प्रस, वीरगंज, ८ फागुन/ नवौं प्याब्सन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार तीनवटा खेल सम्पन्न भए । नारायणी क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा गुरुकुल एकेडेमी, लिटिल फ्लावर र विकन स्कूल विजयी भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले बताए । पहिलो खेलमा गुरुकुलले माउन्ट एडमन्डलाई ११ रनअन्तरले पराजित ग¥यो । गुरुकुलले १५ ओभरमा पाँच विकेट […]
नेशनल मेडिकलमा सप्ताहव्यापी खेलकूद शुरू

प्रस, वीरगंज, ८ फागुन/ नेशनल मेडिकल कलेजले बिहीवारदेखि वार्षिक सप्ताहव्यापी खेलकूद कार्यक्रम शुरू गरेको छ । कलेजको मैदानमा आयोजित कार्यक्रमको प्रबन्ध निर्देशक शाहनबाज अन्सारीले उद्घाटन गरेका थिए । उनले खेलकूदबाट विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वस्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहायक प्रधानाध्यापक डा रविशङ्कर गुप्ताले विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूक बनाउन र अनुशासन सिकाउन […]
अन्तर्राष्ट्रियस्तरको केपी ओली कप फूटबल हुने

प्रस, वीरगंज, ८ फागुन/ राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरको केपी ओली कप फूटबल प्रतियोगिताको तेस्रो संस्करणमा विभिन्न देशका नौवटा टीमले भाग लिने भएका छन् । विविध सांस्कृतिक झाँकीसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ११ गते एन्फा फूटबल ग्राउन्ड सातदोबाटोमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यसूची बनेको छ । प्रतियोगितामा नेपालका छवटा ‘ए’ डिभिजन क्लब र आयोजकसहित […]
निश्शुल्क आँखा शिविर, २९ जनामा मोतीबिन्दु

प्रस, वीरगंज, ७ फागुन/ किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको परवानीपुर गाउँपालिका–२ स्थित रामपुर स्वास्थ्य चौकी रामपुर टोकनीमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । वडाध्यक्ष महमद नुरूल होदाले शिविर उद्घाटन गरेका थिए । शिविरमा १४१ जनाको आँखा परीक्षण भएकामा २९ जनामा मोतीबिन्दु फेला परेको किरण आँखा अस्पतालकी आरती गुप्ताले बताइन् । उनले मोतीबिन्दु भएका […]