मुकुन्द आचार्य

आजको सुपरफास्ट युगमा यो अन्तरजातीय बिहे कुनै समस्या नै होइन भन्ने र मान्नेहरूको सङ्ख्या विश्वमा कोरोनाझैं ह्वात्तै बढेको छ। यसो एक निमिष गम्दा ‘ए हो त… नि १’ भन्ने पनि थुप्रै होलान्।
युग फेरियो फेशन फेरियो, हेर्ने चश्मा फेरियो, फरिया फेरिएर टाइट पैन्ट लाउन थाले। निकै टिमिक्क परेर हिंड्नेहरूका नाभी मुन्तिरका अङ्ग–प्रत्यङ्ग प्रस्टै परिलक्षित हुन थाले। स्मार्टनेस हो रे…१ बरु दिगम्बरे भएको राम्रो, वस्त्र खर्च बाँच्छ १
त्यसैगरी, सारा समाजका आधारस्तम्भ नै हल्लिए, मर्किए, भाँचिए, ढले, गले, माटोमा मिले। तर यो अवस्था हामीले प्रयास गरेर क्रान्ति गरेर ल्याएको चै हैन। तैपनि के चै ठोकुवा भन्न सकिन्छ भने यो ओभर स्मार्टेस चै हाम्रो शिक्षा पद्धति र पश्चिमा देशको अन्धो नकलको ठूलो देन हो।
मान्छे चन्द्रलोकमा बोरामा टन्न ढुङ्गा हालेर मत्र्यलोकमा ल्याएर अनुसन्धान अन्वेषण गरिरहेको युगमा यो अन्तरजातीय बिहेको कुरा उठाउनु सङ्कुचित मानसिकता हो भन्दै ओठ लेप्रयाउनेहरू पनि टन्ने होलान्। तर विगतको भूतले पनि हामीलाई चटक्कै त कहाँ छोड्छ र १ ह्याङओभर त रहिरहन्छ। प्रजातन्त्रको जन्मदाता मानिने ब्रिटेनले हिङ बाँधेको टालो (राजतन्त्र) अझ पनि जोगाएर राखेकै छ। इतिहास विगत, परम्परा, संस्कार, अनुभव पनि त आखिर जातीय भोगाइ नै त हो।
आगराको कुरो गाग्रातिर त गएन ? त्यसो त झट्ट हेर्दा पारिवारिक, सामाजिक जे जति नियम, प्रचलन, मूल्य, मान्यता हाम्रा समाजका गहना भनिन्थे, ती सबै नक्कली गहनाझैं महत्वहीन देखिन थालेका छन्।
चट्ट भन्छन्– मियाँ बिबी राजी तो क्या करेगा काजी ?१ अर्थात् केटाकेटीको मन मिलेपछि कसैले रोक्न सक्दैन। देशका कानून परम उदार र सुधार हुँदै गएका छन्। कुरोको चुरो के भने दुई पाते हुनासाथ केटाकेटीले आफूखुशी जीवनसाथी रोज्ने–खोज्ने गर्दा आमाबुबा, समाज, साथीभाइ, सबै दङ्ग पर्छन्। जातपात, भात–मात सबलाई हान्नु लातका लात १ यै हो असली स्मार्टनेसको बात। यस्तो भनेपछि कसको बुबाको के लाग्छ। जसले पनि मनमनै आशीर्वाद दिन्छन्– जाओ मर ११ जेसुकै गर १११
परिणामस्वरूप लभ म्यारिज, प्रेमविवाह, रोजी बिहे जस्ता मीठा–मीठा शब्दहरू निकै प्रचलित भएका छन्। सबै रमाएकै छन्, सबै खुशी छन्, उफ्रेका छन्, नाचेका गाएका छन्। जाँड खाएर लडेकै छन्।
तथापि समाजमा अनेकथरी व्यक्ति हुन्छन्। अनेक पृष्ठभूमिबाट आएका हुन्छन्। सबैको अनुभव, सोच, भोगाइ, गराइ, संस्कार, समाज बेग्लाबेग्लै हुन्छन्। मूल्य–मान्यता पनि थरीथरीका हुने नै भए।
अन्तरजातीय बिहेमा झन् फुक्का भएर, सजिलोसँग सहज रीतमा खुशीको गीत गाउनुपर्नेमा केटाकेटीका आमाबुबा, अभिभावक वा अन्य कुनै सम्बन्धी, इष्टमित्रले हाम्रो चलन अनुसार त भएन नि १ भन्न सुकाउँदैन। मोडवल स्टैन्डर्ड भयो।
झन् लेनदेन, दान–दहेजको कुरो उठाएर वातावरणलाई तनावपूर्ण बनाउनेहरूले दोहोरो चरित्र बोकेका हुन्छन्। यो चै सा–है नमिल्दो कुरो भयो। यस्ता ढोंगी बाबालाई नङ्ग्याउने हीरो किन देखा पर्दैन ?
आध्यात्मिक क्षेत्रको एक बहुचर्चित भनाइ यस्तो पाराको छ– जातपात पुछे नही कोय, हरिको भजै सो हरिका होय १ अर्थात् भगवान्को भक्ति जुनसुकै जातिकाले पनि गर्न सक्छन्। प्रेम नै सबैभन्दा महत्वपूर्ण कुरा हो। साँच्चिकै प्रेमविवाह हो भने कुनै पनि माग राख्नुहुँदैन।
प्रेम प्रगाढ छ भने बिहे, दान, दहेज, तिलक, लेनदेन आदिले कुनै पनि पक्षलाई क्यै लछार्नु नपर्ने हो। तर हामी त दोहोरो तेहोरो चरित्र बोकेर हिंडेका हुन्छौं। हात्तीको दुई किसिमका दाँत हुन्छ रे १
म जस्तो प्रगतिशील कोही छैन है १ भन्ने धाक समाजमा देखाउन खोज्ने, अनि भित्रभित्र चैं यसो देऊ, उसो देऊ भनेर कन्या पक्षलाई किचकिच गरिराख्ने तथाकथित प्रगतिशीललाई ब्रह्माले पनि सम्झाउन सक्दैनन्। यस्ता नक्कली समाज सुधारकसँग सावधान हुनु नै बेस हुन्छ कि ?
आफ्ना क्षुद्र स्वार्थलाई नछाडे भने अन्तरजातीय बिहेको पनि खासै आनन्द आउँदैन है– समाजशास्त्रीहरू भन्छन्। ठीक छ जातपात नमान तर मलमूत्रमा खसेको पैसा दाँतले नटिप न त १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here