प्रस, ठोरी, २१ माघ/
कृषि उत्पादन बिक्री वितरण गर्नका लागि पर्साको ठोरी गापा–४, आठघरेमा कृषि सङ्कलन केन्द्रको भवन शिलान्यास गरिएको छ।
बुधवार भवनको शिलान्यास गर्दै गापा अध्यक्ष पद्मलाल श्रेष्ठले ग्रामीण क्षेत्रका कृषकलाई व्यावसायिक खेतीमा अग्रसर बनाउन कृषि सङ्कलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।  उनले बौद्ध धर्म संस्कृति अनुसार भवनको शिलान्यास गरेका थिए।
ठोरी क्षेत्रका किसानले गरेको कृषि उत्पादन बिक्री वितरण गर्न सहज हुने बताए।
ठोरी गापालाई व्यावसायिक कृषिमा अगाडि बढाउन गापाले ल्याएका कार्यक्रमहरूको चर्चा गर्दै उनले कृषकको लागि पालिकाले सबैखाले सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रममा वडाध्यक्ष बईबहादुर पाख्रिन, नेकपा नेता हरिबहादुर सुनार, युवा नेता निमा लामा, सागर लामा, तारा पाख्रिनलगायतको सहभागिता थियो।
यसै आवमा भवन निर्माण सम्पन्न गर्ने गरी उपभोक्ता समितिमार्फत रु ६५ लाखको लागतमा ३६ कोठे भवनको निर्माण शुरू भएको छ।
यसअघि गत आवमा सोही ठाउँमा गापाले सुविधासम्पन्न पक्की तरकारीबजार स्थापना गरेको थियो।  ठोरीमा साताको एक दिन मङ्गलवार हाटबजार लाग्ने उक्त स्थानमा गापाले एकै स्थानमा कृषिजन्य व्यवसाय सञ्चालन र सङ्कलन गर्न कृषि केन्द्र स्थापना गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here