परीक्षाले हरेक मानिसको जीवनमा महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । विद्यालयमा प्रवेश गर्नासाथ परीक्षासँग हाम्रो साक्षात्कार हुन्छ । यो क्याम्पससम्म मात्र हैन त्यसपछि पनि चलिरहन्छ । परीक्षा हाम्रो ज्ञान र दक्षतालाई परीक्षण गर्ने एउटा औपचारिक प्रक्रिया हो । यस अर्थमा परीक्षा सफलता प्राप्त गर्ने एउटा महŒवपूर्ण साधन पनि हो । यस अर्थमा परीक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो ।
    तपाईं परीक्षामा किन बस्नुहुन्छ ? तपाईं के हासिल गर्न खोज्दै हुनुहुन्छ ? दुर्भाग्यवश यस्तो सजिलो प्रश्नको सही जवाफ भेट्न निकै गा¥हो छ । कसैले सर्टिफिकेट प्राप्त गर्न त कसैले डिग्री हासिल गर्न भन्ने गर्छन् । कसैले अहिले सोचेका छैनौं त कसैले राम्रो नोकरी पाउन भन्ने गर्छन् । यी भनाइका आधारमा परीक्षा विद्यार्थीहरूका लागि शिक्षित हुनुको प्रमाण मात्र हो, जसबाट एउटा राम्रो नोकरी प्राप्त गरी समाजमा सम्मान प्राप्त गर्न सकिन्छ ।
    विद्यालय वा क्याम्पस जानुको वास्तविक उद्देश्य सर्टिफिकेट वा डिग्री हासिल गर्नु मात्र नभई शिक्षित हुनु हो किनभने शिक्षाको अर्थ आपूmभित्र अन्तर्निहित क्षमतालाई बाहिर निकाल्नु हो । शिक्षा मानिसमा अन्तर्निहित प्रतिभा प्रयोग गर्न सक्ष्Fम एउटा प्रभावी प्रक्रिया हो भने परीक्षा त्यस प्रक्रियाको एउटा पाटो मात्र, अर्थात् उसले सिखेको कुराले उसलाई कति योग्य बनायो त्यसको परीक्षण गर्नु हो । तर धेरै विद्यार्थीलाई यसबारे थाहा नै छैन । कोही यस ज्ञानलाई बडो लापरवाही साथ सिक्छन् भने धेरै त यसलाई बुझ्नै चाहँदैनन् ।
    शिक्षित मानिसका लागि परीक्षा  नौलो होइन । विद्यालयमा भर्ना भएपछि विद्यार्थीले केही वर्णमाला सिक्छन् । त्यसपछि विद्यार्थीले के र कति सिकेका छन् भन्ने कुरा बुझ्न शिक्षकले परीक्षा लिन्छन् । यसरी विद्यार्थी दिन प्रतिदिन नयाँ–नयाँ कुरा सिक्दै जान्छन् र परीक्षा पनि सोही अनुसार कठिन हुँदै जान्छ ।


    हुनत परीक्षाको शुरूआत बाल्यकाल देखि नै हुन्छ । पहिलोपटक जब बच्चा हिंड्ने कोशिश गर्छ आमाबुवालाई धेरै खुशी लाग्छ । तत्पश्चात जब उसले ‘आमा’ वा ‘बा’ भन्छ अभिभावक झन् खुशी हुन्छन् । विस्तारै घरमा आउने पाहुनाहरू समक्ष उनीहरूको योग्यताको बखान गरिन्छ र सही जवाफ प्राप्त भएपछि आमाबुवा खुशी हुन्छन् । यसरी विस्तारै विद्यालयमा प्रवेश पाएपछि परीक्षणले परीक्षाको रूप लिन्छ ।
    केटाकेटी जसैजसै ठूलो हुँदै जान्छन् कक्षागत विषय पनि बढ्दै जान्छ र बढ्दै जान्छ परीक्षाको सङ्ख्या पनि । प्राचीनकालमा विद्यार्थीहरूसँग लिइने परीक्षा पक मौखिक हुने गर्दथ्यो वा प्रायोगिक, तर वर्तमानमा यी दुवैको अलावा हरेक विद्यालयमा फरक–फरक किसिमका परीक्षा–जस्तै साप्ताहिक, मासिक, त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक लिने गरिन्छ । यहींबाट विद्यार्थीको जिज्ञासु मनमा यसबारे अनेकौं प्रश्न उठ्न थाल्छ । सबैभन्दा पहिले कसले परीक्षाबारे सोचेको होला ? के परीक्षा हाम्रो आवश्यकता हो ? के चाहिएको जति ज्ञान दिएर सबैथोक विद्यार्थीमाथि नै छाडिदिन ठीक हुँदैन ? यी प्रश्नहरू एक प्रकारले सही पनि होलान् तर सामाजिक दृष्टिकोणले यस्तो हुनु व्यावहारिक हुँदैन ।
    लोकसेवा आयोगले प्रकाशित गरेको कार्यालय सहायक पदका लागि एक हजार भन्दा बढीले परीक्षा दिए । यसैगरी एउटा राम्रो क्याम्पसमा दाखिलाका लागि मात्र पचास सीट रहेकोमा पाँच सयजनाले आवेदन दिएका छन् जस्ता समाचार दिनहुँ पढ्ने र सुन्ने गरिन्छ । यसरी दिन प्रतिदिन बढ्दै गइरहेको जनङ्ख्या र राम्रो ठाउँमा प्रवेशका लागि बढ्दै गएको चाहनाकै कारणले राम्रोभन्दा राम्रो उम्मेदवारको चयन गर्न परीक्षा नै एकमात्र विकल्प भएको छ । यस्तै आपूmलाई स्वस्थ राख्न समय–समयमा स्वास्थ्य परीक्षण पनि गराइन्छ । यस कारण परीक्षा हाम्रो आवश्यकता हो, झन्झट हैन ।
    चाल्र्स डार्विनले भनेका थिए–“हरेक क्षेत्रमा प्रत्येक पल चयन गर्ने एउटा स्वाभाविक प्रक्रिया  चलि नै रहन्छ ।” जीवनको यस रेसमा बलियोले मात्र जीत हासिल गरेको धेरै प्रमाण छ । जीवनमा सफलता प्राप्त गर्नका लागि प्रत्येक मानिस आपूmलाई अरूभन्दा श्रेष्ठ प्रमाणित गर्न एकअर्कासँग प्रतियोगिता गरिरहन्छ । यसबाट आम मानिसले एउटा खुशहाल जीवन प्राप्त गर्दछ । यस प्रकार श्रेष्ठ मानिसको छनोटमा परीक्षाले महŒवपूर्ण भूमिका निर्वाह गर्दछ ।
    कुनै पनि प्रकारको परीक्षा हुँदा तनाव हुनु स्वाभाविक हो, तर परीक्षाबाट भाग्नु वा परीक्षामा सफल हुनका लागि गलत प्रक्रिया अपनाउनु गलत हो । परीक्षा हाम्रो जीवनको एउटा अभिन्न अङ्ग हो जसलाई अलग्याउन सकिंदैन । परीक्षाबाट हुने तनाव कम गर्न र वा यसको सामना गर्न परीक्षाप्रति दृष्टिकोणमा परिमार्जन गर्ने खाँचो छ । कसरी परीक्षामा सफलता हासिल गर्न सकिन्छ भन्ने सवालको खोज प्रारम्भ गर्नु नै सबैका लागि लाभदायक हुनेछ ।
    यदि परीक्षाको प्रावधान नहुने हो भने आज विद्वान्हरूसँग हुनेजति सूचना हुने थिएन । परीक्षाले विद्यार्थीहरूलाई बढीभन्दा बढी ज्ञान हासिल गर्ने प्रेरणा प्रदान गर्छ र उनीहरू पनि परीक्षामा सफल हुनका लागि नै नियमित अध्ययन गर्ने गर्दछन् । यस कारण शिक्षकहरूले पनि उनीहरूलाई एउटा निश्चित प्रणाली अन्तर्गत ज्ञान दिन्छन् ।
    केही मानिसको विचारमा परीक्षाबाट विद्यार्थीहरूमा अन्तर्निहित ज्ञानको सही परीक्षण हुँदैन । वर्तमानको परीक्षा प्रणालीले नक्कल गर्ने प्रवृत्ति र भ्रष्टाचारलाई बढावा दिएको छ । परीक्षा भवनमा घटेका कतिपय घटनाहरूले यसलाई प्रमाणित पनि गरेको छ । एकातर्पm परीक्षा भवनमा हुने कदाचार वा निरीक्षकले छूट नदिएमा उसको मान मर्दन, सीट मिलाउन केन्द्र्राध्यक्षद्वारा खुलेआम पैसा वसुली हुन्छ भने अर्कोतर्पm केही प्रश्नको जवाफ लेखनबाट कसरी एउटा विद्यार्थीको क्षमता वा दक्षताको परीक्षण गर्न सकिन्छ भन्ने सवाल पनि नउठेको होइन । यस्तो यदि हुन्छ भने परीक्षाको नकारात्मक असरले बिस्तारै समाज खोक्रो हुँदै जान्छ । यस कारण यस्ता क्रियाकलाप पूर्णतया बन्द हुनैपर्छ ।
    त्यहीं अर्को पक्षले के सोच्दछ भने परीक्षा हाम्रो लागि अति नै महŒवपूर्ण विषय हो । परीक्षाबेगर हामी केही प्राप्त गर्न सक्दैनौं किनभने जीवन आपैंmमा एउटा परीक्षा हो । जीवनमा हरपल हामी कुनै न कुनै प्रकारको परीक्षा दिइरहेका हुन्छौं । हाम्रो सफलता, जीवनको हरेक परीक्षामा गरिमा साथ उत्तीर्ण हुनुमा नै हुन्छ, किनभने सहनशीलता र दृढता परीक्षाबाट नै प्राप्त हुन्छ । आज परीक्षक, प्रशिक्षार्थी सबैले परीक्षालाई ‘भय’ को रूपमा लिने गर्दछन् तर एउटा सत्य के हो भने यसै ‘भय’ का कारण विद्यार्थीहरूले अध्ययनमा रुचि लिने र जीवनमा केही हासिल गर्न सफल पनि भइरहेका छन् । यदि परीक्षा हटाइदिने हो भने कोही पढ्न रुचाउँदैन र वर्तमान सामाजिक परिवेशमा कुनै पनि प्रकारको सफलता हासिल गर्दैन ।
    यस कारण विद्यार्थीहरूले परीक्षालाई ‘भय’ को सट्टा ‘वरदान’को रूपमा ग्रहण गर्नुपर्छ । असल जिन्दगीमा पनि त्यसैले सफलता हासिल गर्छ जसले आफ्नो हरेक पाइला सावधानीपूर्वक अगाडि बढाउँछ । यस कारण विद्यार्थीहरूले परीक्षालाई सफलताको पहिलो खुड्किलो सम्झेर यसरी अगाडि बढनुपर्छ जसरी हामी सींढी चढ्दा एक–एक पाइला अगाडि सार्छौं । विद्यालयमा विद्यार्थीहरू सींढी चढेजस्तै नर्सरीबाट केजी त्यसपछि एक, दुई, तीन…, विद्यालय पछि क्याम्पस हुँदै अगाडि बढ्छन् र आफ्नो योग्यता अनुरूप कुनै न कुनै विकल्प रोज्दछन् । यस प्रक्रियामा कुनै पाइला रोमाञ्चक हुन्छ भने कुनै कठिन तर जीत उसैको हुन्छ जसको आत्मबल बलियो हुन्छ । तसर्थ परीक्षा अवरोध होइन, सफलता पाउने एउटा सींढी हो ।
    हरेक दिनको शैक्षिक र व्यावसायिक जीवनमा हुने औपचारिक परीक्षा पास गर्नु हामी सबैको उद्देश्य हुन्छ, तर हामीले के बिर्सनुहुँदैन भने सम्मानित तवरले जीवनयापन गर्नु पनि एक किसिमको परीक्षा नै हो र बिस्तारै हामी सबैले यसबारे अनुभव पनि हासिल गर्छौं । हरेक दिन कैयौंले कसैको परीक्षा लिइरहेका हुन्छन् । यस कारण हामीले प्राप्त गर्ने सफलता हाम्रो दृष्टिकोणमाथि निर्भर गर्छ । जुनबेला हामी सकारात्मक तवरले सोच्दछौं र आउने अवरोधहरूको सामना सकारात्मक दृष्टिकोण राखेर गर्छौ भने सजिलै सफल हुन्छौं र जुन बेला हामी त्यसप्रति शङ्का उपशङ्का गर्न थाल्छौं सफलता प्राप्त गर्न धेरै कठिन लाग्न थाल्छ । यस कारण परीक्षा भवनमा प्रवेश गर्नुपूर्व यदि हाम्रो दृष्टिकोण सकारात्मक र आत्मविश्वास बलियो छ भने हामी सफल हुन्छौं ।
    तसर्थ परीक्षा हुनुपर्छ र यसलाई जीवनको एउटा पाटोको रूपमा ग्रहण गर्नुपर्छ किनभने यो विद्यार्थी वर्ग र समाज दुवैका लागि लाभदायक छ । यसमा दुईवटा तŒव सम्मिलित छ, एउटा त्यो जसले परीक्षा दिन्छ र अर्को स्वयं परीक्षा । परीक्षा प्रणालीमा सुधारको आवश्यकता छ तर परीक्षा दिनुपूर्व हामीले आफ्नो योग्यता र कमजोरीमाथि ध्यान दिनुपर्छ र त्यसमा पनि वैज्ञानिक पद्धति अनुरूप सुधार गर्नुपर्छ । यदि हामी लक्ष्य प्राप्त गर्न चाहन्छौं भने परीक्षा प्रणाली र यसबाट उत्पन्न चुनौतीहरूको सामना गर्न स्वयंलाई तयार गर्नुपर्छ । यसो भयो भने हामी शतप्रतिशत सफल हुनेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here