• डा छायादत्त न्यौपाने ‘बगर’

विचलित प्रकृति 

मान्छेसँग मान्छे छैन

कारिन्दा कर्तव्य गर्दैन ?

 

कस्तो राम्रो निर्णय !

मरे मरून् भोकाहरू

महानगरीय सौन्दर्य ?

 

प्रकृति र जीवन 

निरन्तर गतिशील 

नवीन सिर्जनानुभूति !

 

अघि अघि हिंड्छु म

नीति नियम छल्छु म

साथीभाइलाई ढाँट्छु म ?

 

आफैं पुरिने खाल्डो

बोक्सीका अँध्यारा कुरा

खुलेन चेतनाको बिर्काे !!!

गन्तव्यहीन यात्रा

विक्षिप्त छ अघिअघि 

लड्खडाएका पदचाप !!

 

मान्छे जन्मेन यहाँ 

अगस्तिको बढ्दो भीड 

दुनादुनामा जन्मभूमि ?

 

व्यवसायी छिमेकी 

बेचिरहन्छ पटाका

रमाइलो लाग्छ मलाई ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here