प्रस, वीरगंज, २६ पुस/
नगरप्रमुख राजेशमान सिंहले १५औं नगरसभाले लिएको लक्ष्यलाई साकार पार्न चालू आवको संशोधित कार्यक्रम १६औं अधिवेशनमा पेश गरिएको बताएका छन् ।

शुक्रवार होटल पूजनमा आयोजित १६औं अधिवेशन उद्घाटन समारोहमा नगरप्रमुख सिंहले चालू आवको लागि नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेट कार्यान्वयन सम्बन्धमा अर्धवार्षिक समीक्षा गर्दै केही स्वीकृत आयोजना कार्यक्रममा बजेट अपुग भएको कारण थप बजेट रकमान्तरण, स्रोतान्तरण तथा संशोधन गर्न नगरसभामा पेश गरिएको बताए ।

उनले पेश गरेको विधेयक प्रस्तावलाई आजको नगर अधिवेशनले सर्वसम्मत पारित गरेको वीरगंज महानगरले जनाएको छ । १६औं अधिवेशनमा नक्शापास नगरेर निर्माण भएका पुराना घरको अभिलेखीकरण चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिवाना छुट दिने प्रस्ताव पारित भएको छ ।

नगरप्रमुख सिंहले हालसम्म नक्शापास नभएका पुराना संरचनाहरूको नक्शापास गर्न चैत महीनाभित्रको समयावधि दिएको र सो अवधिमा नक्शापास गर्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्ष्F, सदस्य, कार्यपालिका सदस्यलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here