नयाँ दिल्ली, २३ पुस/सिन्हवा
भारतले सोमवार आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ । स्पेस डकिङ तब हुन्छ, जब दुई अन्तरिक्ष यान अन्तरिक्षमा जोडिन्छन् ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)का अनुसार मङ्गलवार बिहान हुने भनिएको परीक्षण अब बिहीवार सारिएको छ ।

“स्पेस डकिङ प्रक्रियालाई आज पहिचान गरिएको असफल परिदृश्यको आधारमा ग्राउन्ड सिमुलेशनहरूमार्पmत थप प्रमाणीकरण आवश्यक छ,” इसरोले जनाएको छ ।

इसरोले ३० डिसेम्बरमा ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (पिएसएलभी–सी६०), एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य)का साथ स्पाडेक्स मिसन प्रक्षेपण गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here