ल्हासा, २३ पुस/सिन्ह्वा
चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।

दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।

बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे शहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रबिन्दुको २० किलोमिटरको दायराभित्र २७ वटा गाउँ र करीब छ हजार नौ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजारभन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र ३४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।

मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहनेछ ।

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायीरूपमा बन्द गरिएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ ।

उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको अपील
चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलवार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले महŒवपूर्ण निर्देशन दिंदै घाइतेहरूको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गरेका छन् ।

साथै उनले प्रभावित बासिन्दाहरूलाई उचितरूपमा पुनस्र्थापना गर्न पनि आग्रह गरे । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलवार उद्धार कार्य सञ्चालन गर्न आह्वान गरेका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्र चीसो पठार क्षेत्रमा पर्ने भएकोले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताए ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here