सान फ्रान्सिस्को, २० पुस/सिन्ह्वा
माइक्रोसप्mटले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ ।
माइक्रोसफ्टले शुक्रवार एक ब्लग पोस्टमा भन्यो–“टेक विशालले एआई मोडेलहरूलाई तालीम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।”
माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ ।
स्मिथले थपे–“एआई अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधिको लहरमा अग्रस्थानमा उभिन तयार छ ।”
माइक्रोसफ्ट तथा ओपनएआई एक डाटा सेन्टर सुविधाको निर्माणबारे वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । रासस