पर्सागढीमा प्लटिङका जग्गाहरू बिक्री भएन

नरेश यादव, पर्सागढी, १९, पुस/
पर्सागढी नगरपालिकामा जग्गा खरीद–बिक्री ठप्प प्रायः छ । दुई वर्षदेखि जग्गाको कारोबार ठप्प रहेको स्थानीय कारोबारी हमिद मियाँ दर्जीले बताए । उनले आफूसमेत महमद आरिफ, मन्जुरल हक समानीले पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा जग्गा प्लटिङ गरेको तर अहिलेसम्म बिक्री नभएको बताए ।

तत्कालीन अवस्थामा बैंकबाट ऋण लिएर जग्गा खरीद गरेको र प्लटिङ गरेर बिक्री प्रयोजनमा राखिएको उनले बताए । त्यतिखेर प्रतिधुर अढाइ लाख रुपैयाँमा मानिसहरूले खरीद गर्ने चाहना राख्दा आफूहरूले बिक्री नगरेको बताए । त्यसपछि बैंकले जग्गामा लगानी बन्द गरेको र जग्गा कित्ताकाट रोकिएपछि कारोेबारमा मन्दी आएको उनले बताए । अहिले प्लटिङ गरिएका जग्गा एक लाख रुपैयाँसम्म प्रतिधुर बिक्री गर्न खोज्दा पनि बिक्री नभएको उनले बताए ।

पर्सागढी नपामा उनीजस्तै यस क्षेत्रका अन्य प्लटिड्ढा जग्गाहरू बिक्री हुन सकेका छैनन् । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साको तथ्याङ्क हेर्दा पनि विगत दुई वर्षदेखि जग्गा रजिस्ट्रेशन दर घटेको छ । पछिल्लो समयमा सरकारले कित्ताकाट खुला गरे पनि घरेलु प्रयोजनको लागि कम्तीमा पौने आठ धुर लिनुपर्ने मापदण्ड तोकेको कारण खरीद–बिक्री प्रक्रिया अगाडि बढ्न नसकेको हो । मालपोतमा रजिस्ट्रेशन दर तीन वर्ष अघिको अवस्थामा अहिले आधाले घटेको छ । सोसँगै राजस्व पनि कम भएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्