प्रस, वीरगंज, ६ पुस/
गीता जयन्ती शुक्रवार साङ्गेपूजा गरी सम्पन्न भएको छ । प्रत्येक वर्ष दशमीदेखि पञ्चमी तिथिसम्म मनाइने गीता जयन्ती यसपटक पनि ११ दिने हवन, कथावाचन गरी मनाइएको छ ।
गीता जयन्ती मनाइने क्रममा यसपटक ३० वर्षदेखि रहेको हवनकुण्ड मासिएको कारण नयाँ हवनकुण्ड बनाएर गीता जयन्ती मनाइएको थियो । पण्डित उत्तम उपाध्यायले महानगरले गीता मन्दिरमा रहेका व्यापारिक सटर भत्काउने क्रममा हवनकुण्ड पनि भत्कFएकोले नयाँ हवनकुण्ड बनाएर गीता जयन्ती मनाएको बताए ।
उनले हवनकुण्ड भत्काउँदा क्षमापूजा गरेर भत्काउनुपर्नेमा सो नगरेको र नयाँ हवनकुण्ड पनि नबनाएको दुःखेसो पोखे । गीता मन्दिरको पुरानो संरचना महानगरले भत्काएर गहवामाई मन्दिरजस्तो आधुनिकीकरण गर्ने बताए पनि लामो समयदेखि संरचना निर्माण नहुँदा यसपटक पण्डाल, हवनकुण्ड बनाएर गीता जयन्ती मनाइएको हो ।
गीता जयन्तीमा लक्ष्मी प्रपन्न प्रमुख वाचक थिए भने विनोद सापकोटा उपवाचक थिए ।