कुम्हालटोलमा कपडा वितरण

प्रस, वीरगंज, ६ पुस/
राउन्ड टेबल नेपाल र सामुदायिक सेवा केन्द्र कुम्हालटोलको संयुक्त आयोजनामा शनिवार निश्शुल्क कपडा वितरण गरिएको छ ।

केन्द्रका अध्यक्ष रमेश चौधरीले दीन, दुःखी, असहायलाई सहयोग गर्ने उद्देश्यले कपडा वितरण कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा केन्द्रका सचिव श्रवण रायमाझी, वरिष्ठ प्रहरी हवलदार कुमार विकलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्