प्रस, वीरगंज, ६ पुस/
बाग्मती प्रदेशको चितवन जिल्लामा जारी भरतपुर ओपन राष्ट्रिय तेक्वान्डो प्रतियोगिता–२४ मा वीरगंज महानगरको नगवा तेक्वान्डो डोजाड्ढा खेलाडीहरूले तीनवटा स्वर्णपदक जितेका छन् ।
नगवा तेक्वान्डो डोजाड्ढा टीम कोच विक्रान्त पौडेलले ३८ किलो तौल समूहमा श्रीमन लामा, ५४ किलो तौल समूहमा आशिक हुसेन अन्सारी र ५८ किलो तौल समूहमा रूपेश पटेलले स्वर्णपदक जितेको बताए ।
यसैगरी, प्रतियोगितामा ३७ किलो तौल समूहका आदित्य पटेल र ७४ किलो तौल समूहका सोनम लामा तेस्रो भएको टीम मैनेजर सन्तोष गिरीले बताए ।