प्रस, वीरगंज, ५ पुस/
बाराको प्रसौनी गाउँपालिकाले नगरप्रहरीहरूलाई १५ दिने तालीम शुरू गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुमीत रौनियारले पुस ३ देखि १८ गतेसम्म १५ दिने तालीम शुरू भएको बताए । उनले नगरप्रहरीको भूमिका, काम, कर्तव्य र अधिकार, निर्णय कार्यान्वयनको कानूनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायतका विषयमा आधारभूत तालीम प्रदान गरिने जानकारी गराए ।

नगरप्रहरी जवानहरूलाई इलाका प्रहरी कार्यालय, प्रसौनीका प्रमुख सुरेशराज भट्टले जनसम्पर्क तथा सूचना सङ्कलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा प्रशिक्ष्Fण दिंदैछन् ।

गापाध्यक्ष विनोद जयसवालले फूटपाथको व्यवस्थापन, ट्राफिक तथा ईरिक्शा, हाटबजार, अग्निनियन्त्रण, सरसफाइ तथा फोहर व्यवस्थापन, बजार अनुगमन र न्यायिक समितिको निर्णय कार्यान्वयनमा सघाउ पुग्ने उद्देश्यले १५ दिने आधारभूत तालीम आयोजना गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here