प्रस, वीरगंज, ५ पुस/
संविधानसभा सदस्य अनिल रूँगटाले विद्यार्थीहरूमा पढाइको अलावा अतिरिक्त क्रियाकलापप्रति ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
लाइभ इभेन्ट एन्ड म्यानेजमेन्ट वीरगंजले आयोजना गरेको युथ फेस्ट प्रतियोगिताको शुक्रवार उद्घाटन गर्दै उनले शिक्षासँगै गायन, नृत्य, बहस जस्ता विषयमा पनि विद्यार्थीहरू अगाडि आउनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल, राघव साहलगायतले मन्तव्य राखेका थिए ।
शुक्रवारदेखि शुरू भएको सो प्रतियोगिता तीन दिनसम्म चल्ने र वीरगंजका १२ वटा विद्यालय सहभागी रहेको आयोजकले जनाएको छ ।
म्यानेजमेन्टका अध्यक्ष विकास चौहानको अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायक धु्रवसिंह ठकुरी र राजन रौनियार रहेका छन् ।