प्रस, परवानीपुर, २२ मङ्सिर/
बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेलामा भाकल गरेका श्रद्धालुहरू राँगा र बोका लिएर पुग्ने क्रम शुरू भएको छ ।

श्रद्धालु भक्तजनहरूले भाकल गरेका राँगा र बोका लिएर मेला भर्न पुगिरहेका छन् । पर्सा, बारा, रौतहट र छिमेकी भारतका विभिन्न ठाउँबाट भक्तजनहरू मेलास्थलमा पुगेको देखिन्छ । वीरगंज महानगर–२२ जगरनाथपुरका लालबाबू पटेल एकजना आफन्तले बोकाको बलि दिनको लागि ट्याक्टरमा सपरिवार शनिवार बिहान मेला प्रस्थान गरेको बताए ।

अहिले गढीमाई मेलामा जानेहरूको सङ्ख्या बढेको छ । एउटा ट्याक्टरमा २५ जनाभन्दा बढी महिला, पुरुष र बालबालिका बसेर यात्रा गरिरहेका छन् । गढीमाई मेलामा यसपटक मङ्सिर २३ आइतवार राँगा र भोलिपल्ट २४ गते सोमवार बोकाको बलिको मिति तोकिएको छ ।

आइतवार बिहान ४ बजे मुख्य पूजा गरी राँगाको बलि दिने कार्य शुरू हुन्छ । सोमवारसम्म मेलामैं बसेर आनन्द लिनेहरू शनिवारदेखि सो स्थलमा पुगेर स्थान सुरक्षित गर्दैछन् । टेन्ट टाँगेर खाना बनाइ मेलास्थल वरपर उनीहरूले बस्ने चाँजोपाँजो मिलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here