• विश्वराज अधिकारी

नेपालीहरू अहिले दुई कारणले गर्दा विदेश पलायन भइरहेका छन् । पहिलो कारण बेरोजगारी हो भने दोस्रो कारण उच्च शिक्षा । अर्थात् स्वदेशमा रोजगार नभएर तथा उच्च शिक्षाका लागि नेपालीहरू अहिले ठूलो सङ्ख्यामा विदेशतर्फ लागिरहेका छन् । विदेशमा राम्रो रोजगार र उचित उच्च शिक्षा पाउने आशामा प्रत्येक दिन ठूलो सङ्ख्यामा नेपालीहरूले स्वदेश–त्याग गरिरहेका छन् । यस्तो अवस्था आर्थिक मात्र होइन, सामाजिक समस्या पनि हो । र ज्यादै गम्भीर सामाजिक समस्या हो ।

उच्चा शिक्षाका लगि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशतर्फ लागिरहेको स्थिति पनि रोजगारसँग नै सम्बन्धित छ । नेपालको शिक्षाले रोजीरोटी पाउन सम्भव नहुने तर विदेशमा प्राप्त शिक्षाले रोजगार उपलब्ध गराउन महŒवपूर्ण भूमिका खेल्ने विश्वासले ठूलो सङ्ख्यामा नेपालीहरू विदेश पलायन हुन बाध्य पारिरहेको छ । यसरी समग्रमा हेर्दा वर्तमान सन्दर्भमा नेपालीहरू ठूलो सङ्ख्यामा विदेश पलायन हुनुको प्रमुख कारण बेरोजगारी नै हो । नेपालीहरू विदेश पलायन हुनुका अनेक अन्य कारण पनि नभएका होइनन् । अन्य विभिन्न कारणहरूले पनि नेपालीहरूलाई ठूलो सङ्ख्यामा विदेश जान बाध्य पारिरहेको छ, प्रेरित गरिरहेको छ । तर सर्वाधिक महŒवपूर्ण कारण बेरोजगारी नै हो । बेरोजगारी बस्नुपर्ने अवस्थाले उत्पन्न गरेको चरम निराशा हो । गएको पचास वर्षयता नेपालीहरूमा यस्तो ठूलो एवं घातक निराशा देखिएको थिएन ।

केवल समस्या तेस्र्याएर हुँदैन । समाधन पनि दिनुपर्छ । समाधान दिने मात्र होइन, समाधानको लागि आआप्mनो तर्फबाट हामीले सक्रिय योगदान पनि पु¥याउनुपर्छ । नेपालमा देखिएको अहिलेको यो भयावह बेरोजागारी र त्यसले उत्पन्न गरेको चरम निराशा केवल सरकारको मात्र समस्या होइन । प्रत्येक नागरिकको पनि समस्या हो । सरकार माध्यम मात्र हो । विकासको कर्ता जनता नै हो । त्यसकारण, अर्को किसिमले हेर्दा, यो जनताको समस्या हो ।

बेरोजगारी समस्या समाधान गर्न सङ्घीय सरकारले तत्काल ‘राष्ट्रिय रोजगार नीति’ ल्याउन आवश्यक छ । र त्यो राष्ट्रिय रोजगार नीतिमा कृषि सम्बन्धी विशेष किसिमका योजना तथा कार्यक्रमहरू समाविष्ट गरेर तिनको तत्काल कार्यान्वयन आवश्यक छ ।

कृषि उत्पादकत्वमा वृद्धि गरेर कृषिलाई प्रमुख रोजगारको क्षेत्र तुल्याउन र यस क्षेत्रमा तत्काल लाखौंलाई रोजगार उपलब्ध गराउन सरकारले अनुदान (क्गदकष्मथ) दिन आश्वयक छ । पशु पालन, फलपूmल एवं तरकारी खेती, अन्डा, मासु एवं माछा उत्पादनजस्ता क्षेत्रमा सरकारले कृषक वा उत्पादकहरूलाई अनुदान दिएर भए पनि सहयोग गर्न आवश्यक छ । उत्पादन क्षेत्रमा सक्रिय भएर लाग्न उनीहरूलाई उत्प्रेरित गर्न आवश्यक छ । कृषि क्षेत्रलाई बढी उत्पादन र रोजगारमुखी तुल्याउन सरकारले कृषहरूलाई तत्काल ‘उत्पादन अनुदान’ दिन आवश्यक छ ।

यसैगरी खाद्यान्न उत्पादन वृद्धि गर्न सरकारले निजी एवं साङ्गठिक क्षेत्रहरूलाई आह्वान गर्न आवश्यक छ । प्रोत्साहन गर्न आवश्यक छ । देशमा रोजगार सङ्कट देखियो भनेर यसको समाधानको लागि निजी क्षेत्रलाई विभिन्न किसिमका कार्यक्रमहरू लिएर आउन सरकारले अपील गर्न आवश्यक छ ।

नेपालका कृषकहरूले भारतका कृषकहरूसँग लागत एवं प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर उत्पादन लागत कम गर्न असमर्थ भएकाले नेपाली कृषकहरूलाई सङ्घीय सरकारले संरक्षण प्रदान गर्न उनीहरूलाई अनुदान दिन आवश्यक छ । यसैगरी जुनजुन कुराको उत्पादनमा नेपाली कृषकहरूलाई अनुदान दिइएको हो ती कुराहरू यदि भारत वा अन्य मुलुकबाट आयात गरिएको छ भने नेपाल सरकारले आयात शुल्क (भंसार शुल्क) वृद्धि गर्न आवश्यक छ । हरेक उपभोग्य वस्तु भारतबाट ठूलो परिमाणमा नेपाल आयात गर्ने परिपाटी निरुत्साहित पार्न अति आवश्यक छ । हामीले आप्mनो उत्पादन न्यून पारेर आयातमा अभूतपूर्व वृद्धि गरेका छौं । नेपाललाई भारतको सुरक्षित एवं लाभदायक बजारको रूपमा परिणत गरेका छौं ।

हामीले कृषि उत्पादन वृद्धि गर्ने हो भने निश्चितरूपले रोजगारको स्तर बढाउन सक्छौं । नेपालमा अनेक रोजगार सृजना गर्न सक्छौं । आवश्यक नीति र संरक्षणको अभावमा हाम्रो कृषि क्षेत्र पछाडि परेको हो । रोजगार सृजना तीव्र गतिमा गर्न असफल भएको हो ।

नेपालमा रोजगार वृद्धिका लागि सररकारले गर्नुपर्ने अर्को महŒवपूर्ण कार्य नेपाली युवाहरूलाई ‘स्वरोजगार तालीम’ दिनु हो । यस किसिमको तालीम उपलब्ध गराएर सरकारले युवाहरूलाई आफैंले अनेक किसिमका रोजगार सृजना गर्न सकिन्छ भनी सिकाउनुपर्दछ । नेपालभित्र नै हजारौं किसिमका कार्य गरेर हजारौं किसिमका रोजगारका अवसर सृजना गर्न सकिन्छ । लाखौ मानिसलाई देशभित्रै रोजगार उपलब्ध गराउन सकिन्छ । रोजगारका लागि विदेश जानु नै पर्ने बाध्यता अन्त्य गर्न सकिन्छ । यो तथ्य नेपाली युवाहरूलाई सरकारले अवगत गराउन आवश्यक छ ।

स्वरोजगार तालीमको आयोजना सङ्घीय सरकारले गर्नुपर्छ । तर यो कार्य सम्पन्न गर्न प्रान्तीय सरकारले महŒवपूर्ण भूमिका खेल्नुपर्छ । स्वरोजगार तालीम उपलब्ध गराउने कार्य यथार्थमा प्रान्तीय सरकारको हो । तर वर्तमान सन्दर्भमा हाम्रो देशका प्रान्तीय सरकारहरू जनतालाई सेवा प्रदान गर्नुभन्दा शासन गर्न र अनेक किसिमका सुविधा लिन सक्रिय रहेकाले प्रान्तीय सरकारबाट कुनै ठूलो सहयोगको अपेक्षा गर्न सकिने स्थिति देखिंदैन । तर सत्य कुरा गर्ने हो भने स्वरोजगार तालीम उपलब्ध गराउने कार्य प्रान्तीय सरकारकै हो ।

स्वरोजगार तालीम लिन युवाहरूलाई आकर्षित एवं अभिप्रेरित गर्न सरकारले केही आर्थिक फाइदा (भत्ता वा भुक्तानी) दिनु प्रभावकारी हुन्छ । आर्थिक लाभ प्राप्त हुने व्यवस्थाबाट उत्प्रेरित भएर हजारौं युवा स्वरोजगार तालीम लिन उत्प्रेरित हुनेछन् भन्ने आशा मात्र होइन, विश्वास नै पनि गर्न सकिन्छ ।

देशका सफल उद्यमी एवं व्यवसायीहरूले युवाहरूलाई स्वरोजगार तालीम दिनु अति उपयोगी हुनेछ । उनीहरूसँग रहेका अनुभव एवं ज्ञानहरू युवाहरूले प्राप्त गरेर आफैंले पनि रोजगार सृजना गर्ने बाटो पहिल्याउन सक्छन् । सफल उद्योगी एवं व्यापारीहरूसँग अनेक किसिमका महŒवपूर्ण ज्ञान एवं जानकारी हुन्छ । देशमा रोजगारको सङ्कट अति गम्भीर किसिमले देखिएको यो अति दुःखद घडीमा युवाहरूलाई रोजगार सृजना गर्ने तरीका सिकाउनु उद्यमी एवं व्यापारीहरूको कर्तव्य मात्र होइन, दायित्व नै हो । जसरी आप्mनो देशमा शत्रु देशले आक्रमण गरेको समयमा शत्रु देशको विरुद्ध युद्ध गर्नु प्रत्येक देशवासीको कर्तव्य हो, त्यसैगरी आप्mनो देशभित्र आर्थिक सङ्कट ( रोजगार सङ्कट) परेको बेला आप्mना देशवासीहरूलाई स्वरोजगार तालीम दिनु प्रत्येक उद्योगी एवं व्यापारीहरूको कर्तव्य हो, दायित्व हो ।

राष्ट्रिय बेरोजगारीलाई आर्थिक समस्याको रूपमा मात्र हेर्नु ठूलो भूल हो । विदेशमा गएर पनि रोजगार पाउन सकिन्छ भन्ने मान्यता राख्नु झन् ठूलो भूल हो । राष्ट्रिय बेरोजगारी विकराल सामाजिक समस्या हो । राष्ट्रिय बेरोजगारीले गर्दा बाध्य भएर रोजगारको लागि विदेश जानुपर्ने स्थिति उत्पन्न हुन्छ । रोजगारका लागि युवाहरू विदेश जानुको अर्थ स्वदेशमा परिवार विखण्डित हुनु हो । अहिले हाम्रो देशमा रोजगारका लागि युवाहरू विदेश जानुपर्ने बाध्यात्मक स्थिति भएकोले हजारौं परिवार विखण्डित हुन पुगेका छन् ।

परिवार आधुनिक मानव सभ्यताको एउटा ठूलो उपलब्धि हो । परिवार एउटा यस्तो सामाजिक सङ्कठन हो जसले परिवारका हरेक सदस्यलाई आर्थिक र मनोवैज्ञानिकरूपमा सक्षम र स्वस्थ रहन सहयोग गर्दछ । परिवारको अभावमा मानिस स्वस्थ रहेर बाँच्न कठिन हुन्छ । परिवारको अभावमा व्यक्ति अनेक किसिमका स्वास्थ्य–समस्यामा जेलिन पुग्छ । रोगी हुन पुग्छ । परिवार सामाजिक सङ्गठन मात्र होइन, जीवन उपयोगी औषधी पनि हो । तर अहिले यति उपयोगी यो सामाजिक सङ्गठन बेरोजगारको कारण विखण्डित हुन पुगेको छ । प्रभावहीन हुन पुगेको छ । अहिले लाखौंको सङ्ख्यामा नेपालीहरू राष्ट्रिय बेरोजगारले गर्दा परिवारबाट छुट्टिएर बस्नुपर्ने स्थितिमा पुगेका छन् । परिवारबाट विखण्डित हुन पुगेका छन्।

वैदेशिक रोजगारले ल्याउने सर्वाधिक ठूलो समस्या हो, यौन जीवनमा विचलन । नेपालको सन्दर्भमा त वैदेशिक रोजगारले ठूलो यौन विचलन ल्याएको छ । पति– पत्नी साथै बस्नु र बस्न पाउनु सामाजिक मात्र होइन, शारीरिक अवश्यकता पनि हो । राष्ट्रिय बेरोजगारले गर्दा अहिले लाखौं नेपाली पत्नी एवं पतिहरू छुट्टिएर बस्न बाध्य भएका छन् । यो बाध्यताले गर्दा अनेक किसिमका यौन अपराधहरू सृजना भएका छन् । घटनाहरू घटेका छन् । पति–पत्नीबीच कलहका बीउ उम्रेका छन् । कतिपय पारिवार (पति–पत्नी सम्बन्ध) टुटेका पनि छन् । पति स्वदेशमा पत्नी परदेशमा वा पत्नी स्वदेशमा पति परदेशमा रहेको स्थितिले वा यौन जीवनमा देखिएको विषम परिस्थितिले, लाखौं नेपाली परिवार हरघडी सङ्कट साथमा लिएर बाँच्नुपर्ने अवस्थामा पुगेका छन् ।

राष्ट्रिय बेरोजगारी समस्यालाई सामान्य किसिमको समस्या ठान्नु महाभूल हुनेछ । यो समस्याको तत्काल समाधान खोज्न आवश्यक छ । सङ्घीय र प्रान्तीय सरकारहरूले यो विषयलाई अति गम्भीरतापूर्वक लिन आवश्यक छ । यो समस्याको समाधानको लागि तत्काल प्रभावकारी योजना तथा कार्यक्रम घोषणा गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here