हामीकहाँ विभिन्न कारण देखाएर आन्दोलन गर्ने एक किसिमको परम्परा नै बसेको छ । हरेक समस्याको समाधान आन्दोलनबाट खोज्ने एक किसिमको संस्कार नै बनेको छ । शान्तिपूर्ण तरीकाले हामी कुनै पनि समस्याको समाधान खोज्न नसक्ने स्थितिमा पुगेका छौं । हामी कुनै पनि राष्ट्रिय समस्याको समाधान केवल हत्या, हिंसाद्वारा मात्र खोज्छौं । हत्या, हिंसा एउटा उपाय मात्र हो, कुनै पनि समस्याको समाधान खोज्ने भन्ने सोचको विकास पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो ।
अनेक कारण देखाएर आन्दोलन गर्नेहरूमा राजनीतिक दल र तिनका नेताहरू अग्रपङ्Íिमा पर्छन् । राजनीतिक दलहरू, आपूm सत्ता र सरकारमा हुँदा सबै कुरा राम्रो देख्न र सत्ताबाट बाहिरिने बित्तिकै सरकार निर्माण गरेका दलहरूले गर्ने सबै काम खराब देख्ने रोगबाट ग्रसित हुन पुगेका छन् ।
अहिले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोनरत छ । आन्दोलन गर्ने यो दलसँग आप्mनै कारण छन् । यो दलले गरेको आन्दोलन उचित छ वा अनुचित छ, त्यो विश्लेषण गर्ने उद्देश्य यो आलेखको होइन । यो आलेखको उद्देश्य कुनै पनि समस्याको समाधान सङ्घर्षद्वारा खोज्ने हाम्रो परम्परा अब समाप्त गर्नुपर्छ भन्ने सन्देश नेपाली जनतासमक्ष पु¥याउनु मात्र हो ।
नेपालको आर्थिक स्थिति अहिले कुनै पनि किसिमको आन्दोलन सहन गर्ने अवस्थामा छैन । उल्टो, देशको आर्थिक विकासका लागि नेपाललाई दिगो शान्ति चाहिएको छ । देशभित्र रोजगार छैन । रोजगारको लागि विदेशिनुपर्ने बाध्यता छ । राष्ट्रिय शिक्षा नीति बेरोजगारी वृद्धि गर्ने नीति हुन पुगेको छ । कलेजहरू बेरोजगारी उत्पादन गर्ने कारखाना हुन पुगेका छन् । कलेजहरूले विद्यार्थीहरूमा आशा मात्र पनि जागृत गराउन सकिरहेका छैनन् । उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेका छन् । उद्योग र व्यापारको विकासको गति अति सुस्त हुन पुगेको छ । स्वदेशी उत्पादनमा ठूलो ह्रास आएर देश आयातमुखी बनेको छ । अहिले देशको आर्थिक स्थिति जर्जर हुन पुगेको छ । यदि देशमा शान्ति कायम गरेर राष्ट्रिय आर्थिक विकासको गति तीव्र नपार्ने हो भने देशको रूपमा अस्तित्व कायम राख्नसमेत कठिन हुन सक्छ ।
कुनै पनि राष्ट्रको अस्तित्व कायम रहन आर्थिकरूपमा बलियो हुनु नै पर्छ । सुडान, इथियोपिया, सोभियत सङ्घ आर्थिकरूपमा कमजोर भएको हुनाले नै टुक्रिएका हुन् । सोभियत सङ्घ अमेरिका जत्तिकै आर्थिकरूपमा बलियो भइदिएको भए अनेक राज्यमा टुक्रिनुपर्ने अवस्था आउने थिएन ।
संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका, नर्वे, फिनल्यान्ड, स्वीडेन, डेनमार्कजस्ता राष्ट्र आर्थिकरूपमा सक्षम भएका हुनाले नै स्थिर राष्ट्र बन्न पुगेका हुन् । स्थिर राष्ट्र हुनका लागि नेपालले तीव्र गतिमा आर्थिक प्रगति गर्नुको विकल्प छैन । यदि नेपाल यसैगरी अनेक किसिमका द्वन्द्व, सङ्घर्ष, आन्दोलनहरूको भुमरीमा रुमलिरहने हो भने नेपाल शक्तिराष्ट्रहरूको कठपुतली बन्न पुग्नेछ, स्वतन्त्र राष्ट्रको अस्तित्व गुमाउनेछ ।
राजनीतिकरूपमा स्थिर राखेर नेपाललाई आर्थिक विकासको पथमा दौडाउने ऐतिहासिक जिम्मेवारी अहिले दुई दल नेपाली काङ्ग्रेस (नेका) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)ले पाएका छन् । यी दुई दल मिलेर सरकार निर्माण गरेका छन् । दुई दल मिलेर अगाडि बढेको यो स्थितिलाई यदि यी दुवै दलले आप्mना प्रतिस्पर्धी दल वा तिनका नेताहरूलाई क्षति पु¥याउने वा बदला लिने वा समाप्त पार्ने अवसरको रूपमा लिने हो भने जनतामाझ यी दुई दलले विश्वास त गुमाउनेछन् नै, नेपालको राजनीतिमा आप्mनो अस्तित्वसमेत सङ्कटमा पार्नेछन् ।
नेपालमा चिरस्थायी शान्ति कायम गर्ने जिम्मेवारी अहिले नेका र एमालेको हातमा छ । यस महŒवपूर्ण दायित्वको बोध यी दुई दललाई हुन आवश्यक छ ।
कुनै पनि राष्ट्रिय समस्याको समाधान यी दुवै दलले सुझबुझका साथ खोज्न आवश्यक छ । र यस्तो गर्नुमा यी दुवै दलको भलाई पनि छ । यी दुई दलको सहकार्यले देशमा सङ्घर्ष, द्वन्द्व बढाउने कार्य गर्नुहुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने– मुद्दाको सही समाधान खोज्ने जिम्मेवारी पनि यी दुई दलकै हो । यी दुई दलले यो मुद्दाको उचित समाधान खोज्नुपर्छ । अनुचित समाधान खोजेर देशमा सङ्घर्ष र द्वन्द्व बढाउने काम गर्नुहुँदैन ।
आर्थिक विकासका लागि शान्ति र स्थिरता आवश्यक छ । आर्थिक विकासको गति अवरुद्ध भएमा देशको अस्तित्व नै सङ्कटमा पर्न सक्छ भन्ने तथ्य साना दलहरूले पनि बुझ्न आवश्यक छ । यदि देशमा ठूलो उथलपुथल भएर वर्तमान व्यवस्था परिवर्तन हुने स्थिति आएमा साना दलहरूको भविष्य अन्धकारमा डुब्नेछ । उनीहरूको अस्तित्व नै पनि समाप्त हुने स्थिति आउन सक्नेछ । यो तथ्यलाई बुझेर साना दलहरूले शक्ति र सत्ताको लागि दलाली गर्ने स्वार्थी बानी त्यागेर देशलाई राजनीतिकरूपमा कसरी स्थिर पार्न सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।
देशलाई राजनीतिकरूपमा स्थिर राख्ने प्रमुख जिम्मेवारी जनताको हो, नेता र राजनीतिक दलहरूको होइन । इमानदार दल र नेताहरूको पहिचान गर्ने र उनीहरूलाई प्रोत्साहित गर्ने कार्य जनताले गर्नुपर्छ । यसैगरी, केवल इमानदार र कर्मठ जनप्रतिनिधिहरूको छनोट गर्ने र सत्ता र शक्तिका भोका राजनीतिकर्मीहरूलाई राजनीतिबाट बाहिर पठाउने कार्य जनताले गर्नुपर्छ । सही नेता छनोट गर्ने प्रमुख अभिभारा जनताको नै हो । खराब दल र नेताहरूको पछि लाग्ने कार्य बन्द गर्नुपर्छ इमानदार नेतालाई मात्र सहयोग र समर्थन गर्नुपर्छ ।
नेपाल अहिले अस्थिर वा असफल राष्ट्र हुने स्थितिमा पुगिसकेको त छैन, तर स्थिति यस्तै रहने हो भने असफल राष्ट्र पनि हुन सक्छ । र नेपाललाई अस्तित्व रक्षाको सङ्कट पर्न सक्छ । यदि राजनीतिक दल र दलका नेताहरूले आप्mनो आचारण सुधार नगर्ने हो र नेपाललाई अनेक किसिमका सङ्घर्ष र द्वन्द्वमा पारिराख्ने हो भने नेपाल असफल राष्ट्रमा परिणत हुन सक्छ ।
नेपाल असफल राष्ट्रमा परिणत हुने केही सङ्केत देखिन थालेका छन् । के के हुन् त ती सङ्केत । केही प्रतिनिधि सङ्केतहरू यस प्रकार छन् :
चरम निराशा : अहिले नेपालीहरूमा चरम निराशा देखिएको छ । मुख्यगरी नेपाली युवाहरूले आप्mनो देशभित्र, नेपालभित्र, आप्mनो भविष्य सुरक्षित देखिरहेका छैनन् । उनीहरूले स्वदेशलाई अति असुरक्षित अनुभूत गरिरहेका छन् । युवाहरूको यो अनुभूतिले उनीहरूलाई स्वदेश त्याग्न बाध्य पारिरहेको छ । अनेक देशमा पु¥याइरहेको छ । युवाहरू मात्र होइन, अहिले प्रौढहरू पनि नेपालमा बस्न अनिच्छुक हुन पुगेका छन् । स्वदेशलाई आर्थिकरूपमा असुरक्षित देखेर अहिले एक करोडभन्दा बढी नेपालीले स्वदेश त्याग गरेको अनुमान गरिएको छ । यदि ठूलो सङ्ख्यामा नागरिकले देश त्याग गर्नु सामान्य कुरा होइन । यो अति असामान्य कुरा हो, अति दुःखद कुरा हो ।
अति अस्थिरता : नेपालको राजनीति अहिले अभूतपूर्व किसिमले अस्थिर हुन पुगेको छ । नेपालमा प्रजातन्त्र आएपछि देश राजनीतिकरूपमा स्थिर होला भन्ने विश्वास गरिएको थियो । तर भयो उल्टो । पञ्चायतकालमा बरु देशमा राजनीतिक स्थिरता थियो । देश शान्त थियो । देशमाथि देशवासीको आशा र भरोसा थियो ।
एउटा सरकार एक वर्ष पनि टिक्न नसक्ने र शक्ति तथा सत्ताको लागि नेताहरूले जे पनि गर्ने परिपाटीले नेपाललाई अभूतपूर्व किसिमले अस्थिर पारेको छ । नेपालीहरूलाई अति निराश पारेको छ ।
डरलाग्दो बेरोजगारी : बेरोजगारी अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । देशभित्र रोजगार पाउन कठिन भएर रोजगारको लागि विदेश जानुपर्ने बाध्यता हुन पुगेको छ । राजनीतिक अस्थिरताले गर्दा देशभित्र उद्योग र व्यापारको विकास हुन सकिरहेको छैन । उद्योग र व्यापारको विस्तार हुन नसकेकोले श्रम–बजार अहिले अति सङ्कुचित हुन पुगेको छ । देशभित्र बेरोजगारी अति वृद्धि भएमा त्यसले देशलाई असफल राष्ट्रको श्रेणीमा पु¥याउन सक्छ ।
नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउने हो भने अब सबै राजनीतिक दल मिलेर काम गर्नुपर्छ । शक्ति र सत्ताको लागि तल्लोभन्दा तल्लो कार्य गर्ने बानी छोड्नुपर्छ । आप्mनो स्वार्थी बानीमा अङ्कुश लगाउनुपर्छ । विगतमा गरेका अनेक अर्थहीन सङ्घर्ष र तिनको परिणामबाट नेपालले आर्थिक विकास गर्न नसकेको स्थितिबाट पाठ सिकेर अब हामीले शान्ति–स्थापना र सहकार्यमा जोड दिनुपर्छ । यस्तो नगर्ने हो भने अब एक चौथाइ नेपाली मात्र देशभित्र देखा पर्ने छन् । नेपाल असफल राष्ट्र हुनेछ । विदेशी राष्ट्रहरूको कठपुतली बन्नेछ ।