प्रस, वीरगंज, ४ असोज/
वीरगंज महानगरपालिका–९ स्थित नेपाल रेलवे माध्यमिक विद्यालय व्यवस्थापन समिति खारेज गर्ने महानगरपालिकाको निर्णय उच्च अदालतले सदर गरेको छ ।

महानगरले नियमविपरीत व्यवस्थापन समिति खारेज गरेको भनी अध्यक्ष विजयबाबू रौनियारसमेतले अन्तरिम आदेश जारी गरी पाउ भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले महानगरले नियमसङ्गत व्यवस्थापन समिति खारेज गरेको ठहर गर्दै अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश गरेको हो ।

वीरगंज महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष रौनियारसहितले विद्यालयको व्यवस्थापन सही ढङ्गले गर्न नसकेको, समितिको कार्य सन्तोषजनक नभएको भन्दै गत असार २ गते समिति विघटन गरेको थियो ।

महानगरको सो निर्णयविरुद्ध समितिका अध्यक्ष रौनियारले गत भदौ २३ गते उच्च अदालत वीरगंजमा अन्तरिम आदेशका लागि मुद्दा दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here