• बैधनाथ श्रमजीवी

यतिबेला गाउँ–घर, शहर–बजार सबैतिर युवाविहीनता बढ्दै गएको देखिन्छ। बुढाबुढी र बालबालिकाहरू मात्रै समाजभित्र थुप्रिएको छ । भनिन्छ झन्डै एक करोडको हाराहारीमा युवाहरू वैदेशिक रोजगारमा गएका छन् । आखिर यति ठूलो सङ्ख्यामा युवाहरू विदेशिनु उनीहरूको रहर हो कि बाध्यता ?

हामी सबैले बुझेकै कुरा हो, कुनै पनि देशको मेरुदण्ड भनेको युवाहरू नै हुन् । युवाहरूलाई भविष्यको कर्णधार पनि भनिन्छ । कुनै पनि व्यक्ति आप्mनो घर–परिवार, समाज र देश छोडेर बाहिर जान चाहँदैन । किनभने बाहिर उसलाई न कोही माया गर्ने हुन्छ, न उसको भाषा र भावना नै कसैले बुझ्छ । त्यसकारण प्रत्येक व्यक्ति आप्mनै देशमैं बस्न चाहन्छ । तर जब देशमा रोजगारको अवसर हुँदैन, सुन्दर भविष्यको कल्पना गर्न सकिंदैन, चारैतिर अँध्यारो मात्र देखिन्छ, त्यतिबेला मानिस बाध्य हुन्छ, विदेशिनका लागि ।

वैदेशिक रोजगारमा युवाहरूको चासो विभिन्न कारकले निर्धारण गर्दछ । धेरै युवाहरू राम्रो आर्थिक अवसर र जीवनस्तर सुधार्न वैदेशिक रोजगारलाई प्राथमिकता दिन्छन्, जुन उनीहरूकै आकाङ्क्षाको हिस्सा हो । तर कतिपय युवाहरूलाई देशमा रोजगारको कमी, अनिश्चितता र कम वेतनका कारण वैदेशिक रोजगार रोज्नुपर्ने बाध्यता पनि हुन्छ । वास्तवमा नेपाली युवाहरू विदेशिनुका केही प्रमुख कारण यस्ता छन्ः

१. अवसरको कमी– झन्डै चार दशकदेखि आप्mनै देशमा राम्रो रोजगार र हातमुख जोड्ने अवसर नभएपछि युवाहरूले विदेश ताक्नु स्वाभाविक हो । निरन्तर बढ्दो बेरोजगारी र अवसरको कमीले युवाहरू विदेश गइरहेको देखिन्छ ।

२. शिक्षा– नेपाली शिक्षाको गुणस्तर ओरालो लाग्दा नेपाली युवाहरूको आकर्षण विदेशी शिक्षा हुन पुगेको छ । यस्तोमा उच्च शिक्षा र विशेष तालीमका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न अत्यधिक मात्रामा विदेश नै जान चाहन्छन् ।

३. आर्थिक कारण– एकातिर देशभित्र महँगी र बेरोजगार बढ्दै जानु, अर्कोतर्फ न्यूनतम आवश्यकताका सामग्री पनि पूर्ति गर्न धौ–धौ पर्ने हुँदा युवाहरूमा विदेशमा काम गरेर बढी आम्दानी गर्न सकिन्छ भन्ने मनोविज्ञान हुर्कंदै गएको छ । वैदेशिक रोजगारले परिवारको आर्थिक अवस्था सुधार्न मदत पुग्छ भन्ने मान्यता पनि राम्रैगरी विकसित भइरहेको छ ।

४. जीवनस्तर– यतिबेला नेपालमा दलाल पूँजीवादी व्यवस्थाले गर्दा सबै पेशा–व्यवसाय तथा सेवाका क्षेत्रहरू लुटको बजारजस्तै हुन पुगेको देखिन्छ तर विकासित देशमा जीवनस्तर र स्वास्थ्य सेवा राम्रो हुने भएकोले पनि युवाहरू विदेश जान चाहन्छन् ।

५. राजनीतिक र सामाजिक स्थायित्व– निरन्तर जारी राजनीतिक अस्थिरताले गर्दा सिङ्गो समाज दिक्क भएपछि युवाहरूले विश्वास गर्ने न कुनै पार्टी देखिन्छ, न कुनै राजनीतिक प्रणाली । यस्तो राजनीतिक अस्थिरता र सामाजिक समस्याहरूले गर्दा युवाहरू अन्यत्र बसाइँ सर्न चाहन्छन् । यस्तोमा उनीहरूको प्राथमिकता वैदेशिक रोजगार नै देखिन्छ ।

हुनत नेपालमा उद्योग–धन्दा नभएको होइन । कुनै समय नेपालमा पनि प्रशस्त उद्योग–धन्दाहरू थिए । त्यसबाट धेरै रोजगार पनि सिर्जना भएको थियो । त्यतिबेला नेपाल विदेशमा अन्नदेखि लत्ता– कपडा र थुप्रै औद्योगिक वस्तुसमेत निर्यात गथ्र्यो । तर के कारणले गर्दा नेपालको उद्योग–धन्दाहरू धराशायी हुन पुगे ? त्यसबारे पनि केही चर्चा गरौं :–

नेपालमा उद्योगधन्दा बन्द हुने केही प्रमुख कारणहरू

१. राजनीतिक अस्थिरता– हामी सबैलाई थाहा छ आजसम्म नेपालमा कुनै पनि सरकार पाँच वर्ष चलेको छैन । लगातार राजनीतिक सङ्कट र परिवर्तनहरूले उद्योगहरूको विकासमा बाधा पुगेको छ । शासकहरूको फजुल खर्ची ऐश–आरामको जिन्दगी तथा श्रम र श्रमिकप्रति उपेक्षा भाव यस्ता तŒव हुन् जसले नेपालमा उद्योगधन्दा बन्द गर्न तथा विदेशी दलाल पूँजीपतिहरूको कमिशनमा रमाउन र उनीहरूको दलाली गर्न सिकाएको छ ।

२. लगानीको कमी– राजनीतिक स्थिरता नहुँदा तथा शासकहरू निरन्तर विदेशी शक्ति राष्ट्रहरूको दलालमा रूपान्तरित हुँदा यिनीहरूको विश्वसनीयता गुम्दै गएको हो । यस्तो अवस्थामा राजनीतिक स्थिरता नहुँदा र विश्वसनीयताको कमीले स्वदेशी र विदेशी लगानी कम भएको छ ।

३. संरचनाको कमी– आधारभूत पूर्वाधारहरू नहुनु पनि यहाँका उद्योगधन्दा धराशायी हुनुको एक कारण हो । यथेष्ट सडकमार्ग, बिजुली र पानीको सुविधा नहुनु उद्योगको विस्तारमा अवरोध हो ।

४. नियम र कानून– भनिन्छ नेपालको कानून दैव नै जानुन् । अर्थात् स्वदेशी उद्योगपति राष्ट्रिय पूँजीपतिको हक हितमा नेपालका शासकहरूले कहिले पनि कानून बनाएनन् । जहिले पनि विदेशी दलालहरूलाई पोस्ने काम गर्दा जटिल र बदलिंदो नियमका कारण उद्योग सञ्चालनमा कठिनाइ भइरहेको छ ।

५. कर्मचारीको अभाव–राजाको काम कहिले जाला घाम भन्ने उखानलाई नेपालका शासकहरूले जहिले पनि चरितार्थ गर्ने गरेकाले कर्मचारी तथा श्रमिक वर्गमा पनि त्यो मनोविज्ञान बढ्दै गएको देखिन्छ । फलस्वरूप राष्ट्रको हितमा काम गर्ने भावनाको कमी सर्वत्र देखिन्छ । प्रशिक्षित श्रमिकको कमी र उच्च वेतनको अपेक्षाले उद्योग सञ्चालनमा चुनौती पु¥याएको छ ।

६. बजारको प्रतिस्पर्धा–भारतीय सरकारद्वारा अनावश्यक झन्झट उत्पन्न गराइँदा नेपाली उत्पादन निर्यात गर्न गाह्रो तर भारतीय वस्तु सजिलै नेपाल भित्रिने अवस्थाले नेपालका उद्योगहरूलाई धराशायी बनाएको हो । आयातमा वृद्धि र प्रतिस्पर्धा बढ्नुका कारण स्वदेशी उत्पादनमा असर परेको छ ।

७. संस्थागत भ्रष्टाचार– नेपाल सरकारको तलदेखि माथिसम्म, गाउँदेखि सिंहदरबारसम्म संस्थागत भ्रष्टाचार हुर्केको छ । भ्रष्टाचारले नेपालका उद्योग–धन्धाहरू चौपट हुनमा सघाएको देखिन्छ ।

संसारमा कुनै पनि देश जबसम्म आप्mनो खुट्टामा उभिंदैन नागरिकका लागि स्वरोजगारको व्यवस्था गर्दैन, विज्ञान र प्रविधिको अधिकतम प्रयोग सम्पूर्ण क्षेत्रमा गर्दैन, तबसम्म त्यस देशको विकास असम्भव छ । त्यसैले आत्मनिर्भरताको बाटोमा नेपाली समाजलाई अगाडि बढाउन निम्नलिखित कामहरू गर्न आवश्यक छ –

१. शिक्षा र तालीम– आत्मनिर्भर बनाउनका लागि राम्रो शिक्षा र व्यावसायिक तालीम आवश्यक छ, जसले दक्षता र सीप विकास गर्न मदत गर्छ ।

२. स्थानीय उत्पादन– स्थानीय स्रोत र कच्चा पदार्थको उपयोग गरेर उत्पादनमा ध्यान दिनु, जसले रोजगार र आर्थिक वृद्धि बढाउँछ ।

३. समुदाय र सहकार्य– स्थानीयस्तरमा सहकारी र समूह निर्माण गरेर सामूहिक विकासमा ध्यान केन्द्रित गर्नु ।

४. साना व्यवसायमा लगानी– साना र मझौला उद्योगको विकासमा लगानी गरेर स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउनु ।

५. विपणन र वितरण सञ्जाल–उत्पादनको प्रभावकारी विपणन र वितरणका लागि च्यानलहरूको विकास गर्नु आवश्यक छ ।

६. सरकारको समर्थन–वर्तमान सरकार दलाल पूँजीपतिहरूको दलाली गर्न तल्लीन भएको हुनाले उद्योगधन्दा चौपट हुन पुगेको हो । यसर्थ नीति र कार्यक्रममार्फत सरकारको सक्रिय सहयोग र प्रोत्साहन आवश्यक छ ।

७. आवश्यकता र खोजी–बजारको आवश्यकता बुझेर नवीनतम उत्पादन र सेवाहरूको खोजी गर्नु ।

नेपाली जनताले तथाकथित कम्युनिस्ट पार्टीहरूलाई झन्डै दुईतिहाई मत दिएर जिताउँदा पनि स्थिर सरकार बन्न सकेन, किन ? आउनुस् यसबारे थोरै चर्चा गरौं–

नेपालमा अस्थिर सरकार बन्नुको प्रमुख कारणहरू यस्ता छन् –

१. राजनीतिक विभाजन–विभिन्न पार्टी र विचारधाराबीचको असहमति र प्रतिस्पर्धाले स्थिर सरकार गठनमा बाधा पु¥याउँछ ।

२. संविधानको कार्यान्वयन–नयाँ संविधानको कार्यान्वयनमा समस्या र विवादले राजनीतिक अस्थिरता निम्त्याएको छ ।

३. जातीय र क्षेत्रीय मुद्दा–जातीय र क्षेत्रीय असन्तोष र मागहरूले पनि राजनीतिक स्थिरता प्रभावित गरिरहेका छन् ।

४. बेरोजगारी र आर्थिक समस्या–सामाजिक र आर्थिक समस्याहरूले जनताको असन्तोष र सरकारप्रति विश्वास घटाउँछ ।

५. संशोधन र गठबन्धन–पार्टीहरूबीच बारम्बार गठबन्धन र तिनको निरन्तर परिवर्तनले स्थिरता गुमाएको छ । पार्टीहरूले बारम्बार गठबन्धन भने पनि जनताको लागि ठगबन्धन मात्रै हो । यिनीहरूको अप्राकृतिक मिलनले निम्त्याउने भनेकै राजनीतिक अस्थिरता हो ।

६. बाह्य प्रभाव–अन्तर्राष्ट्रिय चासो र दबाबले पनि आन्तरिक राजनीतिक परिदृश्यलाई प्रभावित पारेको छ ।

अब कसरी नेपाली समाज विकासको बाटोमा जाला ? वैज्ञानिक समाजवाद मात्रै विकल्प देखिन्छ । जसको लागि निम्न कामहरू गर्न जरुरी छ –

१. शिक्षामा सुधार– गुणस्तरीय शिक्षा र व्यावसायिक तालीम प्रदान गरेर मानव संसाधनको विकास गर्नु ।

२. आवश्यक पूर्वाधार–सडक, बिजुली, पानी र सञ्चार प्रणालीमा लगानी गरेर आधारभूत संरचना विकसित गर्नु ।

३. साना उद्योग र व्यवसाय– साना र मझौला उद्योगको प्रवद्र्धन गरेर रोजगार सृजना गर्नु ।

४. कृषि सुधार– आधुनिक कृषि प्रविधि प्रयोग र कृषकलाई प्रशिक्षण प्रदान गरेर कृषि उत्पादन वृद्धि गर्नु ।

५. नवप्रवर्तन र प्राविधिक विकास–नवप्रवर्तनमा लगानी गरेर नयाँ प्राविधिक समाधानको खोजी गर्नु ।

६. सामाजिक न्याय र समावेशिता–सबै वर्ग र समुदायलाई विकास प्रक्रियामा समावेश गरेर सामाजिक न्याय सुनिश्चित गर्नु ।

७. सरकारको पारदर्शिता–राम्रो शासन र पारदर्शी नीतिहरूले जनताको विश्वास र सहयोग बढाउँछ ।

८. आर्थिक नीति– दीर्घकालीन र सन्तुलित आर्थिक नीति निर्माण गरेर विकासको आधार तयार गर्नु । यसका लागि आत्मनिर्भर हुने सबै क्षेत्रमा आप्mनै उत्पादन हुनुपर्दछ । खेतीपाती, उद्योगधन्दा सम्पूर्ण कुरामा आत्मनिर्भर हुन जरुरी छ । यी उपायहरूले नेपालमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here