• डा शिवशङ्कर यादव

मायाका तीन छोरा थिए । किशोरावस्थामा एउटा छोरा रामचन्द्र्र सन्निपातले परलोक भयो । घरमा दुःखको ओइरियो । तर जे भएपनि मान्छेलाई निद्रा, भोक र यौनले कहाँ छोड्छ ? मायाले सोचिन् मरेको छोराको पुनर्जन्म गराउँछु । तर एकपछि अर्को तीन छोरी जन्मे । यिनैमध्ये कान्छीको नाम थियो सीता । गोरी चिटिक्क परेकी गुडिया सत्यनाराणको कथाकी कलावतीसरी बढ्न थालिन् । तरुनी भएपछि उनको सुन्दरता साक्षात् सीताजस्तो भयो । मानिस हेरेकोहे¥यै हुन्थे । उसको देहयष्टि लाग्थ्यो भगवानले फुर्सदमा गढेको संगमरमरको स्निग्ध मूर्ति हो । तर अति सुन्दर भएर पनि निरक्षर रहिन् । त्यस जमानामा छोराहरू त अक्षर चिन्ने भएपछि हलो–कुदालो चलाउन थाल्थे । छोरी जातको के औकात ? पाठशालाको मुख पनि हेर्न पाइनन् सीताले, न त्यहाँ नजीक कुनै पाठशाला नै थियो । त्यसमाथि उनको परिवार गाउँभरिमा उपद्रवी मानिन्थ्यो । माया धनाढ्य घरानाकी थिइन् । मधेसमा धनाढ्य घरानाका आईमाई अहङ्कारी नै हुन्छन् । त्यो अहङ्कार सीतामा पनि देखिन्थ्यो । एक त अप्रतिम सुन्दरी, त्यसमाथि अहङ्कारको मिश्रणले सीता हरदम सातौं आकाशमा हुन्थिन् । कुनै पनि युवक उनी नजीक पुग्न डराउँथ्यो । त्यसैले सीता सीताकी जस्तै अक्षतयौना थिइन् ।

तरुनी भएपछि आमाबुवालाई सीताको बिहेको चिन्ताले सताउन थाल्यो । मधेसमा यस्तो बेला अहङ्कार र आडम्बर प्रदर्शन गर्न र बैरीलाई जलाउने मौका कसैले चुक्दैन । केटी सुन्दर छे भने बिहे खर्च केही हलुका हुन्छ ।

सीतालाई हेर्न आउनेले मन नपराउने कुरै थिएन । सीताको मावलीको टाढाको सम्बन्धमा रहेकोले रामप्रसादले सीतालाई मन नपराए पनि नातेदारहरूको दबाबले काम ग¥यो । रामप्रसादका बुवा आप्mनो जमानामा दबङ्ग मानिस थिए । छोराले नमान्ने कुरै आएन । विवाह धुमधामले सम्पन्न भयो । रामप्रसादलाई भूmट बोलेर फकाइएको थियो कि केटी मैट्रिक पास छिन् ।

ससुराली आएपछि रामप्रसादले सोधे– “कति पढ्या छ्यौ ?” निश्छल सीताले भनी दिइन्– “म पढेलेखेकी छैन ।” भोलिपल्टै रामप्रसाद कामको सिलसिलामा शहर पसे र फेरि फर्केर आएनन् । सीता अक्षतयौना माइती फर्किइन् । मधेसमा बिहे भएपछि पहिलोचोटि छिटै माइती बोलाउने चलन हुन्छ ।

एक महीना बित्यो, दुई महीना बित्यो, एक वर्ष बित्यो तर कसैले सीताको खोजखबर लिएन । रामप्रसादले आप्mनो आमाबुवालाई भनिसकेका थिए कि भूmट बोलेर बिहे गराइयो । नपढेकी केटीलाई घरमा हुलियो भने घर छाडिदिन्छु । आमाबुवालाई छोरा गुमाउनुभन्दा बुहारी गुमाउनु बेस लाग्यो । सीता परित्यक्ता बनिन् । परित्यक्ता सीतालाई त वाल्मिकिले सहारा दिएका थिए । आमाबुवाको शेषपछि मेरो सहारा को हुने ? सीतालाई के पनि थाहा भयो भने रामप्रसाद वास्तवमा कुनै केटीको प्रेमजालमा फसेका थिए ।

सीताका आमाबुवा स्वर्गे भए । सीताको अहङ्कार टुट्यो । विनासुहागरात फर्केपछि उसको एक तिहाई अहङ्कार, ससुरालीले नबोलाएपछि आधा अहङ्कार र आमा बितेपछि तीन चौथाई अहङ्कार गायब भयो ।

माइतीमा साथीसङ्गी त हुन्छन् नै । तीजको दिन थियो । गाउँका केटीहरूको एक झुन्ड नदीमा नुहाउन जाँदै थियो । सीता पनि नुहाउन भनेर बाहिर निस्किन् । आँगनमैं दाइ बसेका थिए । उनले भने– कहाँ गइरहेकी छस् ? मेरो घरमा बस्नुछ भने यो सब चल्दैन । जहाँ मन लाग्यो जान पाउँदिनस् । यो सुनेर सीता छानाबाट खसेजस्तो भइन् । उसलाई पहिलोचोटि लाग्यो यो उसको घर होइन रहेछ । उनको बFँकी रहेको अहम् पनि चकनाचुर भयो । यसै अहङ्कारशून्य अवस्थामा मानिस वास्तविक मार्गको खोजी गर्छ । सीता फनक्क फर्केर घरभित्र पसिन् । उनलाई अब भगवान्कै अवलम्ब थियो । कुनै न कुनै अवलम्ब त अवश्य दिन्छन् होला भगवान्ले । त्यो अवलम्ब उनले फेला पारिन् ।

भोलिपल्ट सीता आप्mनो काकाका छोराकहाँ गइन् । काकाको घर र उनको माइतीबीच बैर थियो । बोलचाल समेत बन्द थियो । उनले भनिन्–“दाई म हताश भएर आएकी हुँ । कृपया घरायसी बैरसँग मेरो आग्रहलाई नजोडिदिनुहोला । उनले सबै कुरा सुनाएर भनिन्–“अब म कहाँ जाउँ ?” दाइको आँखा छचल्केर आयो । उनले भने–“सीता, तिम्रो सबै कथा मलाई पहिलेदेखि थाहा छ । तर म केही गरूँ भने तिम्रो घरको बैरले छेकेको थियो । अब तिमी आइ नै हाल्यौ भने म तिम्रो लागि सबै थोक गर्नेछु । यो घर तिम्रो पनि घर हो । तिमी निश्चिन्त भएर यहाँ बस । यदि तिम्रो लम्पट दाइले केही गर्न चाह्यो भने पनि यस घरमा उसलाई पस्न दिइने छैन ।”

धेरै दिन काकाको छोराले भने– “तिमीसँग बिहे गरेर पनि तिमीलाई स्वीकार नगर्नु रामप्रसादको अपराध हो । अतः मेरो निष्कर्ष यो छ कि रामप्रसाद अपराधी हो । यसरी सोचियो भने तिमी एउटा अपराधीबाट फुत्कियौ । यो पनि सत्य हो कि यसबाट तिमीले अथाह पीडा पायौ । त्यसमा तिम्रा आमावुवा र दाइको अहङ्कारले पनि काम गरेको छ । उनीहरूले रामप्रसादलाई फकाउनुको साटो धम्की र कानूनको भय देखाए । रामप्रसाद त वास्तविक अपराधी हो । सज्जन मानिस अपराधीलाई जित्न सक्दैन । यदि तिमी स्वीकार गछ्र्यौ भने म तिमीलाई अर्को बिहे गर्ने सल्लाह दिन चाहन्छु । तर फेरि त्यस्तै घटना नदोहोरियोस् भनेर म चनाखो छु । त्यसैले तिमीलाई केटासँग भेटाएर एक अर्कालाई स्वीकार गर्न सक्ने माहौल बनाउने छु । तर सीता ती व्यक्तिको दुई भाइ छोरा छन् । उनकी पत्नीको मृत्यु भइसकेको छ ।” सीता एकपल्ट त झस्किन्, तर फेरि सम्भालिएर भनिन्–“दाइ, तपाईंले ठीकै भन्नुभयो । यस परित्यक्तालाई कुनै कुमार केटा वा उसका आमाबावुले कहाँ स्वीकार गर्नेछन् ? मलाई तपाईंमाथि विश्वास छ ।” दाइले भने–“त्यसो भए सीता, अब तिमी चिन्ता छाड । आगामी महीना म एउटा यज्ञ गरिरहेको छु त्यसमा सबै पाहुनाका साथ ती व्यक्तिलाई पनि निमन्त्रण दिन्छु । तिमी दुवैजनाको भेट हुनेछ, एक अर्कासँग चिनजान हुन्छ, वाचा बन्धन हुनेछ । त्यसपछिको काम मेरो । केटाको नाम रामबालक हो ।”

एक महीनापछि नियत समयमा यज्ञ शुरू भयो । यज्ञ पाँच दिनसम्म चल्यो । सीता र रामबालक छतमा एक्लै बस्थे र कुराकानी गर्थे । दुवैले एक अर्कालाई मन पराएको निर्णय लिएर दाइ समक्ष पुगे । दाइ खुशी भए । त्यसै दिन यज्ञको समाप्तिपछि पाहुनाहरूको बिदाई भयो । अन्तमा रामबालकको बिदाई भयो । त्यस बिदाईमा रामबालकका साथ सीता पनि थिइन् । एउटा रामबाट परित्यक्त सीताले अर्को रामको सम्बल पाइन् । त्यस सम्बलमा एक जोडी लवकुश पनि थिए । तिनको पालनपोषणको जिम्मा सीताले लिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here