• सञ्जय मित्र

अहिले साहित्यिक कृति प्रकाशनको होड नै चलेको छ । होड यस अर्थमा कि गत हप्ता एकै दिनमा लघुकथाका २५ कृति प्रकाशन भए एकसाथ । अर्को दिन दुई कृति एकसाथ सार्वजनिक भए लघुकथाकै । यसरी लघुकथाको क्षेत्रमा एउटा कीर्तिमान स्थापित हुन पुग्यो । नेपालमा लघुकथा साहित्यले पाइरहेको व्यापकतालाई कृतिकार र कृतिको सङ्ख्याको दृष्टिकोणले पुष्टि गरेको छ । नेपालमा लघुकथा अब एउटा सशक्त साहित्यिक विधाको रूपमा स्थापित भइसकेको हो भन्ने कुरा सजिलै बताउन सकिन्छ । नेपालको सन्दर्भमा लघुकथालाई कथा साहित्यको एउटा उपविधाको रूपमा स्वीकार गरिएको छ । लघुकथाले हरेक हप्ता कृतिको रूप धारण गरिरहेको छ । हरेक हप्ता अन्य विधाका साहित्यिक कृतिहरू पनि प्रकाशन भइरहेका छन् ।

अधिकांश साहित्यिक कृतिको प्रकाशकमा कुनै संस्थाको नाम हुन्छ तर कृतिको प्रकाशन संस्थाले गरेको हो वा संस्थाको नाम दिएर सम्बन्धित कृतिकारले गरेका हुन् बुझ्न सजिलो हुँदैन । अधिकांश कृतिका प्रकाशक कृतिकार आफैं हुन्छन् अर्थात् कृतिकार नै प्रकाशक तर नाम भने कुनै संस्थाको दिएका हुन्छन् । यस्ता प्रकाशन संस्थाहरू छन् जो कृतिकारसित पैसा लिएर नाम चाहिं आफ्नो दिन्छन् । कृतिकारले पुस्तकजति करीब सबै पाउँछन् । केही पुस्तक चाहिं प्रकाशकको पुस्तक पसलमा उपलब्ध हुन्छ । कृतिकार भने आफ्नो फेसबूकमा प्रचार गर्छन् । कृतिबारे चर्चा गरिरहँदा कतिपयलाई उत्सुकता पनि हुन्छ । साथै विभिन्न व्यक्तिले आप्mनो कृति पढेकोजस्तो देखाएर फेसबूकमा राखिरहँदा कृतिको प्रचार भएको मानिन्छ ।

कृतिको लोकप्रियता यसरी पनि मानिन थालेको छ कि फेसबूकमा कतिले लाइक गरेका छन् तथा प्रतिक्रिया दिएका छन् । यो अवस्था आउनु भनेको कृतिलाई होइन, व्यक्तिलाई पढ्ने वा सम्मान गर्ने संस्कृतिको विकास भइरहेको छ । काठमाडौं उपत्यका र हेटौंडाबाहेक शायदै कुनै ठाउँ होला, जहाँ पुस्तकको आवरण वा नाम हेरेर कृति बिक्री भएको होस् । प्रकाशकले कृतिको प्रकाशनमा लगाएको पैसा कृतिको बिक्रीबाट फिर्ता आएको होस् । कृतिकार वा प्रकाशक कृति प्रकाशन गरेर आत्मरति लिन्छन् । धेरैले बुझेका छन्, कृति प्रकाशन गर्नु भनेको त्याग गर्नु हो । जति रकम प्रकाशनमा खर्च हुन्छ, त्यो चाहिं त्याग हो अर्थात् कृतिको प्रकाशनमा आपूmले दान दिएको हुँ भन्ने कुरो बुझेका हुन्छन् ।

हुनत कृति प्रकाशन गर्नु भनेको कीर्ति राख्नु हो । कीर्ति राख्नुको अर्थ हो आपूmलाई चिनाउनु । आपूmलाई चिनाउन कृतिकार वा कीर्तिकारले जुनसुकै क्षेत्रमा त्याग त गर्नुपर्छ । अर्थको धेरै लोभ गर्ने मानिसले पनि त समाजमा नाम कायम गरेका हुन्छन् भने जसले परिश्रमको तर्कपूर्ण व्यय गरेर आपूmलाई सन्तुष्ट बनाउँछ, तिनमा पनि कीर्तिको भाव जाग्नु स्वाभाविक हो । आप्mनो यशमा वृद्धि भएको, भ्रम नै किन नहोस्, कृतिकारलाई त हुन्छ । यही यशको भ्रममा, कीर्ति राख्ने सोचमा अहिले धेरै कृति प्रकाशन भइरहेका छन् । कृतिकारले आपूmलाई स्थापित गराउन एकपछि अर्को कृति प्रकाशन गरिरहेका छन् । कृति प्रकाशन गरी आप्mनो हरेक वर्ष सार्थक बनाउने मनोविज्ञान होला ।

सामान्यतया दुई वा दुईभन्दा बढी कृति प्रकाशन गरेको मानिस वा लेखकमा थोरै भए पनि पठन संस्कृति हुन्छ । बरु उसको पठन प्रकृति भिन्न होला । सम्भव भएसम्म किताब किन्न नपरोस् भन्ने सोच हुन्छ । मैले आप्mनो पुस्तकमा लगानी गरेको छु र धेरै मानिसलाई सम्मान गर्दै आप्mनो पुस्तक उपहारको रूपमा प्रदान गर्दै आएको छु भने मैले पनि कृति सित्तैमा पढ्न पाउँदा राम्रो हुन्छ भन्ने सोचाइ हुन्छ धेरै मानिसमा । आपूmलाई मन परेको कृति पैसा तिरेर किनेर पढ्छन् । हो, कतिपय कृति चाहिं कृतिकारले नदिंदा पढ्न चाहेर पनि पढ्दैनन् । पढ्न नसकेको कृतिबारेमा कहिल्यै सकारात्मक हुँदैनन् वा धेरै नै सकारात्मक प्रतिक्रियाहरू आएपछि सकारात्मक धारणा बनाउन पुग्छन् ।

आफ्नो लेखन क्षेत्र वा विधा क्षेत्रप्रति लेखकहरू तुलनात्मकरूपमा बढी सजग हुन्छन् । हुनु पनि पर्छ । आप्mनो विधा वा लेखन क्षेत्रमा के कस्ता नयाँ उपलब्धि आइरहेका छन् भन्ने कुराको जानकार पनि हुनुपर्छ लेखक । यदि आपूmलाई सबैबीच परिचित गराइराख्ने हो भने लेखन क्षेत्रमा अपडेट भइरहनुपर्छ । यदि लेखक अपडेट हुँदैनन् भने समाजले कसबाट आस गर्ने ? समाजले आस गर्ने भनेकै सजिलै सरल अभिव्यक्ति दिन सक्ने व्यक्तिमाथि हो । यसकारण कुनै पनि लेखकका लागि अध्ययन अर्थात् पठन उसको खुराक हुन्छ । खानगी हुन्छ । विनाखुराक वा खानगी कोही कहिलेसम्म जीवित रहन सक्छ ? लेखकले यो कुरो राम्ररी बुझेको हुनुपर्छ कि लेखिरहनको लागि पढ्नु जरुरी हुन्छ ।

पठनले पनि मानिसलाई विद्वान् बनाउँछ । कतिपय यस्ता मानिस छन्, जसलाई हामी विद्वान् भन्दछौं, तिनले आप्mनो कुरा नितान्त कम र विभिन्न लेखकका चर्चित कृतिहरूबाट तथ्य वा भनाइ उद्धृत गर्दै प्रवचन गर्दछन् । यसरी तथ्य र तर्क दिएर सबैका बीच प्रिय बनेका छन् । उनलाई सम्मान गर्नेहरूको सङ्ख्या पनि निकै ठूलो छ । हो, आपूmले लेखेको कृतिको उदाहरण कम दिने तर अरूका भनाइ समय सन्दर्भ वा परिवेश मिलाएर धाराप्रवाह राख्ने हो भने दुनियाँले विद्वान् मान्दछ । वास्तवमा यो पठन प्रकृतिले सम्पन्न बनाएको हो भन्ने बुझ्नुपर्छ । अर्थात् पढेर पनि मानिस विद्वान् बन्न सक्छ । पढ्नुको तात्पर्य यो होइन कि कुनै कृति हातमा लिएर सरसर्तीपाना पल्टाउँदै जानु, मनन पनि हुनुपर्छ ।

कतिपय पुराना कृतिको खोजी पनि हुन्छ । कतिपय नयाँ कृतिको खोजी पनि धेरैले गर्दछन् । रुचि र चर्चा दुई प्रमुख आधार हुन् कृति चर्चाको । यदि तटस्थ विद्वान्ले कुनै कृतिको सम्यक पठन गरेर यथार्थमा कतै चर्चा गर्दछ भने उक्त कृतिको मूल्य निकै बढ्ने गर्दछ । कृतिको मूल्य त्यसको प्रकाशनमा परेको दाममा होइन, कृतिले पाउने सार्थकतामा निहित हुन्छ । यसैकारण कृतिकारहरूले एकपछि अर्को कृति प्रकाशनमा आप्mनो कमाइ व्यय गरिरहेका हुन्छन् कि मेरो कुनै कृतिले राम्ररी चर्चा पाउन सक्ला । यदि कुनै कृतिको मूल्य समाजको नजरमा राम्रो रह्यो भने कृतिकारले आफ्नो परिश्रम र लगानी दुवै सार्थक मान्छ । आप्mनो लेखनलाई धन्य मान्छ । लेखकको लागि यस किसिमको आत्मसन्तुष्टि ठूलो सम्पत्ति हुन्छ ।

बरु पठनको मूल्य होला तर लेखनको कुनै मूल्य हुँदैन । लेखनले दिने सम्मान हो । लेखकले पाउने सम्मान हो । यही सम्मानका खातिर ऊ लेख्दछ । लेखकले पाउने आत्मसन्तुष्टि हो । आत्मसन्तुष्टिरूपी मृगतृष्णाका पछाडि लेखक दौडिरहेको हुन्छ । अझ कतिपयले यस कथित मृगतृष्णालाई नै जीवनको अभिन्न अङ्ग बनाएका हुन्छन् । दुनियाँले सबैभन्दा बढी चिन्ने यस्तैलाई हो । किन कोही कसैलाई चिनोस् त ? हरेक मानिसले आप््नो कर्मको सुगन्ध यस समाजमा छोडिरहेको हुन्छ । उसलाई उसको कर्मको सुगन्धले नै पहिचान दिइरहेको हुन्छ । यदि कर्मले चिनाउँछ भने मानिसले आपूmलाई चिन्न थालेको क्षेत्रमा अझ बढी कर्म गर्दा झन् बढी परिचित हुन पाएन्छ भन्ने कुरा विचार गर्नु कुनै पनि दृष्टिकोणबाट नराम्रो होइन ।

अहिलेसम्म कम्तीमा कृति प्रकाशन गरेको कुरो समाजले सम्झँदो रहेछ । जहाँ शिक्षा वा साक्षरता छ त्यहाँ बुद्धिजीवीहरू हुन्छन् । बुद्धिजीवीहरूबीच यस प्रकारको पहुँच हुनु ठूलो कुरा हो । यदि कोही आफ्नो नाम आप्mनो लेखन कर्मको लागि औपचारिकरूपमा मञ्चबाट दृष्टान्तार्थ लिन्छ भने त्यति बेला लेखकलाई लाग्दछ कि मेरो यशमा वृद्धि भएको छ । अनि आप्mनो लेखन तथा पठनको पनि औचित्य छ । कतै न कतै, कुनै बौद्धिक कुनामा आफ्नो प्रभाव परिरहेको छ अर्थात् मलाई पढिरहेका छन्, म पढिंदो छु र मेरो कर्मले सार्थकता पाएको छ । यदि आप्mनो कर्मलाई अझ प्रभावकारी किसिमले सम्पादन गर्छु भने यसको मूल्य अझ विशाल होला ।

कतिपयले कृति प्रकाशनमा अभिरुचि देखाउने र एकपछि अर्को कृति प्रकाशन गरिरहने कृतिकारलाई कृतिको हठ मान्दछन् । आफ्नो लेखन आयुलाई कृतिको सङ्ख्यासित तुलना गरेर आफ्नो पठन विद्वता प्रदर्शन गरेको आरोप अन्तर्मुखी विद्वान्हरूले लगाउँछन् तर अन्तर्मुखीमा जब कृति प्रकाशनको प्रकृतिले सम्मान पाउँछ तब तिनको वेग समाउन मुश्किल हुन्छ । अहिले कृति प्रकाशनको बाढी आएको होइन कि एकपछि अर्को कीर्तिको कीर्तिमान कायम गर्ने युगको विकास भइसकेको छ । कृतिले पनि कीर्ति दिन्छ र कीर्ति पाउन कृति चाहिन्छ भन्ने भावनाको विस्तार लेखकहरूमा भइसकेको छ । यस अवस्थामा गहन र सतही दुवै किसिमका कृतिहरू बजारमा आइरहेका छन् । पाठकलाई आफ्नो प्रकृति अनुसार पठनको स्वतन्त्रता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here