काठमाडौं, २९ साउन/रासस

यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मङ्गलवार भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आज नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार ९२३ दशमलव ४६ बिन्दुमा कायम भएको हो । ३३२ कम्पनीको रु पाँच करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर दुई लाख ४१ हजार ६६५ पटक खरीद–बिक्री हुँदा रु २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार बैंकिङ शून्य दशमलव ४५, वित्त एक दशमलव ५७, लगानी शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ०६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले बढेका छन् भने अरू सबै समूहका उपसूचक घटेका छन् । विकास बैंक एक दशमलव ३६, होटल तथा पर्यटन दुई दशमलव २५, जलविद्युत् शून्य दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेका छन् ।

त्यसैगरी, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ०७, निर्जीवन बीमा एक दशमलव ०२ र अन्य समूहका उपसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेका छन् ।

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ८१ करोड ९९ लाख ४० हजार ८२२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार ९०७ कित्ता शेयर किनबेच भएका  छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here