काठमाडौं, २८ साउन/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार हालसम्मकै उच्च रकमको कारोबार भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतवार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोडमाथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको हो । निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार रु २७ अर्ब नाघेको छ ।

नेप्से परिसूचक आज ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार ९३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । आज ३३९ कम्पनीका छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरीद–बिक्री हुँदा रु २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ बराबरको कारोबार भएको छ ।

कुल बजार पूँजीकरण रु ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेका छन् भने अरू सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशतले बढेका छन् ।

आजको कारोबारमा सातवटा कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका शेयर मूल्य १० प्रतिशतले बढेका छन् । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २२ करोड ८० लाख ७२ हजार ४०३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड–२ को रु २६ लाख ६९ हजार ३५० बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here