♦अनन्तकुमार लाल दास
शिक्षक र आमाबुवा यदि विद्यार्थीहरूको शैक्षिक विकासमा रुचि राख्छन् भने उनीहरूलाई नियमित केही न केही पढ्नुपर्छ । जो पढ्दैन उसले के पढाउँछ भन्ने साधारण कुरा यदि शिक्षक र आमाबुवाले आत्मसात् गर्छन् भने उनीहरूले शिक्षा सँगसँगै समाजको पनि मुक्ति गर्न सक्छन् । यो मुक्ति कसरी हुन्छ भन्ने कुरामा चिन्तन–मनन गर्दा के स्पष्ट हुन्छ भने जसले पढ्दैन उसलाई शिक्षा के हो भन्ने कुरा नै थाहा हुँदैन । ऊ आँखा चिम्लेर विद्यार्थीहरूलाई घोकन्ते शिक्षा मात्र प्रदान गर्छ । उसले परीक्षा परिणाम र पैसा दुवै प्राप्त त गर्छ, तर शिक्ष्Fा कस्तो हुनुपर्छ भन्ने कुरा र हामी के गरिरहेका छौं थाहै हुँदैन ।
पढाइ एकै प्रकारको हुँदैन । ईश्वरको नाउँ हजारपटक बोल्ना र लेख्नाले भगवान्को प्राप्ति हुँदैन । गीता, रामायण वा कुरान–पुराण सुग्गाजस्तो रट्नाले मानिस मानिस बन्न सक्दैन । त्यस्तै सुग्गाजस्तै रटेर परीक्षा पास गर्न सकिन्छ तर राम्रो शिक्षक बन्नका लागि आफैंले पढाइमा ध्यान दिनु अति आवश्यक हुन्छ । आज आवश्यकता छ गिजुभाईजस्तै शिक्षा र सामान्य ज्ञानको जानकारी राख्नु । आज आवश्यकता छ शिक्षकहरूले कक्षा शिक्षण गर्नुपूर्व विषयगत कुराहरूको खोजी गर्नु ।
एउटा तथ्याङ्कले के देखाएको छ भने नेपाली शिक्षकहरूमा पढ्ने बानीको अभाव छ । यस कारण विद्यार्थीहरूले पनि प्राप्त ज्ञानलाई आप्mनो चरित्रमा परिवर्तन गर्न सकिरहेका छैनन् । स्वाध्ययन विद्यार्थीहरूको लागि मात्र हैन, शिक्षकहरूको लागि पनि त्यतिकै महŒवपूर्ण हुन्छ । स्वाध्ययनको अभावले गर्दा नै आज शिक्षक र विद्यार्थीबीच खाडल बढ्दै गइरहेको छ । स्वाध्ययन भनेको कसैको सहयोगबेगर आफैंले सिक्ने प्रक्रिया हो जसबाट विद्यार्थीहरूको बुझाइ स्पष्ट पार्न सजिलो हुन्छ । यो जुनसुकै ठाउँमा जुन बेला पनि गर्न सकिन्छ । यसले शिक्षकहरूलाई बढी कल्पनाशील बनाउँछ । उनीहरूलाई आप्mनो जिम्मेवारीप्रति स्वतन्त्रतापूर्वक लाग्न सिकाउँछ ।
शिक्षकहरूले के पढ्नुपर्छ र किन पढ्नुपर्छ यो महŒवपूर्ण कुरा हो । शिक्षकमा यदि पढ्ने बानी छ भने यसबाट धेरै लाभ प्राप्त हुन्छ । यदि शिक्षकमा पढ्ने बानी छैन भने उसले के प्राप्त गर्छ र विद्यार्थीहरू सामु के पस्कन्छ ? आज शिक्षकसँग शब्द भण्डार हुँदैन, विषयगत ज्ञान हुँदैन । विश्वमा के भइरहेको छ भन्ने कुरा थाहा हुँदैन । समाज कुन दिशामा अगाडि बढिरहेको त्यो पनि थाहा हुँदैन । समाजको आर्थिक–सामाजिक विकास कसरी भइरहेको छ भन्ने कुरा पनि थाहा छैन । हाम्रो इतिहास के हो र आउने इतिहासको निर्माण कसरी गर्ने भन्ने कुरा थाहा हुँदैन । यस परिवेशमा शिक्षकले आप्mनो विचार राख्दैन र यस्तो कुनै पनि प्रकारको चर्चा–परिचर्चामा भाग लिन सक्दैन ।
शिक्षकको जिम्मेवारी ठूलो हुन्छ । समाज सुधार उसको प्रमुख धर्म हो । विद्यार्थीहरूको व्यक्तित्व निर्माण उसको प्रमुख दायित्व हो । यहाँनिर हामीले शिक्षकको जिम्मेवारी के हो भन्ने कुरा सोच्नुपर्छ । यदि शिक्षकहरूले यी र यस्ता कुरामा चिन्तनमनन गर्दैनन् भने उत्प्रेरक बन्न सक्दैनन् । यसलाई हामीले धर्म भनौं, उत्तरदायित्व भनौं वा जिम्मेवारी, यस्ता कुराले शिक्षकलाई अघि बढ्न प्रेरणा दिन्छ । गुरु र शिष्यबीचको सम्बन्धले के देखाउँछ भने गुरुले शिष्यको हरेक कुरामा ध्यान देओस् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक विद्यार्थीहरूसँग कुराकानी गर्दा के भनेका थिए भने पहिले विद्यार्थीहरू शिक्षकको सिको गर्थे अर्थात् शिक्षक विद्यार्थीहरूका लागि आदर्श पात्र हुन्थे । गाउँमा कुनै समस्या पर्दा गाउँलेहरू पनि शिक्षकसँग सल्लाह गर्दथे तर आज यो कुरा लोपोन्मुख अवस्थामा छ । यदि शिष्यको मनमा गुरुप्रति श्रद्धा छ भने मात्र शिष्यले गुरुको हरेक भनाइलाई स्वीकार गर्छ । शिष्यको मनमा गुरुप्रति श्रद्धा त्यस बेला मात्र उत्पन्न हुन्छ जब गुरुले आप्mनो आचरणको माध्यमले शिष्यलाई श्रद्धाको पात्र बनाउन सक्छ ।
स्वाध्यायले शिक्षकहरूलाई उत्प्रेरणा प्राप्त हुन्छ । कुनै बेला वेदशास्त्र, कुरान–पुराण पढ्नाले स्वाध्याय भइहाल्थ्यो । प्रातःवन्दना वा पाँचपटक नमाज पढेर वा पण्डित–पादरी–मौलवीको प्रवचन सुनेर सही दिशाको ज्ञान भइहाल्थ्यो । आज त्यस्तो समय छैन । समयले हामीमा परिवर्तन ल्याउँछ, यस कारण हामी पनि सोही अनुसार परिवर्तन हुनु आवश्यक छ । आज यदि हामी मात्र धार्मिक शिक्षकमाथि निर्भर रहन्छौं भने हाम्रो विकास सही किसिमले हुन सक्दैन । यस कारण शिक्षकहरूले आप्mनो अध्ययनको क्षेत्र धर्मनिरपेक्षको सीमासम्म बढाउनुपर्छ । मैले कतिपय शिक्षकसँग उनीहरूले पढाउने विषयको किताबसमेत नभएको पाएको छु । कक्षामा गएर के र कसरी पढाउने भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन । ज्ञानको कुनै सीमा छैन । यस धारणाबाट शिक्षकहरू अज्ञ बन्न र आप्mनो रुचि विस्तार गर्नु आवश्यक छ । यस कारण पनि शिक्षकहरूलाई स्वाध्ययन आवश्यक छ।
उखुको जूस बेच्नेले के–के तयारी गर्छ, यसको कल्पना गर्नुहोस् । एउटा पान बेच्नेले ग्राहकको सन्तुष्टिका लागि कुन–कुन कुरामा ध्यान दिन्छ भन्ने कुराको कल्पना गर्नुहोस् । कुनै पनि धन्धा गर्नेले आप्mनो पसल, मेशीन खोल्नुपूर्व ती समस्त कुरामा ध्यान पु¥याउँछ जुन पसल वा मेशीन सञ्चालन गर्न आवश्यक हुन्छ । यसैगरी शिक्षकहरूले यदि राम्रो शिक्षण गर्नुछ भने कुनकुन कुरामा ध्यान पु¥याउनुपर्छ स्वयं निर्धारण गर्नुपर्छ ? यसरी सोच्नु के नराम्रो कुरा हो ? के यस्तो गर्नु हाम्रो धर्म होइन ? शिक्षक सदैव प्रगतिशील हुन्छ । उसले उन्नति चाहन्छ । कुनै ‘वाद’सँग डराउनुहुँदैन तर कुन वादले उसलाई खाल्डोमा हालिदिएको छ, त्यसबारे उनीहरूलाई अवश्य नै थाहा हुनुपर्छ । शिक्षकहरूको लागि स्वाध्यायको सर्वोपरि लक्ष्य यही हुनुपर्छ ।
स्वाध्यायको अर्थ मात्र किताब वा पत्रपत्रिका पढ्नु होइन । स्वाध्यायको अर्थ आप्mनो स्वभावको अध्ययन गर्नु पनि हो । स्वाध्यायको अर्थ आप्mनो छरछिमेक र परिवेशको अध्ययन गर्नु पनि हो । स्वयंको अवलोकन गर्नु, पर्यावरण माथि ध्यान दिनु र विश्वको गहन अध्ययन गर्नु र त्यसमा के राम्रो छ, त्यसको विश्लेषण गर्नु पनि स्वाध्ययन हो । धेरैले अध्यात्म र धर्मप्रति श्रद्धाभाव राख्छन् तर कतिलाई ‘स्वधर्म’ भनेको के हो भन्ने थाहा छ ? यी कुराहरूलाई कतिले बुझ्ने प्रयास गरेका छन् ? मेरा थुप्रै शिक्षक साथी छन् । उनीहरूले राम्रो डिग्री पनि हासिल गरेका छन् । उनीहरूले काम गर्ने विद्यालयमा पनि थुप्रै पत्रपत्रिकाहरू उपलब्ध छ तर कसैलाई पनि पढ्ने फुर्सद छैन । स्वाध्ययन सम्बन्धमा उनीहरूको धारणा जान्न खोज्दा ‘अब पढेर के फाइदा ? विद्यार्थीहरूलाई पढाउनबाट नै फुर्सद पाइन्न । महीनामा बीस–पच्चीस हजारको कमाई भइहाल्छ’ भन्ने जवाफ दिन्छन् । उनीहरूले पनि लाभ खोज्छन् र म पनि लाभ नै खोजिरहेको छु, तर दुवैको खोजीमा ‘नजीकको लाभ’ र ‘टाढाको लाभ’ को अन्तर छ ।
मेरा एकजना छिमेकी खिइने, मैलो हुने र साबुन खर्च नहोस् भन्ने डरले बाहिर जाँदा मात्र गन्जी लगाउँछन् । यदि तपाईंलाई ब्याजमा कर्जा चाहिन्छ भने उनी एक–दुई लाख होइन पाँच लाखसम्म दिन सक्छन् । एकपटक बिरामी पर्दा उनका परिवारजनले उनको धेरै सेवा गरे तर छोरा वा छोरी कसैलाई काम पर्दा एक–दुई सय रुपियाँ ब्याजमा पनि दिंदैनन् । यस्ता जति पनि उदाहरणहरू तपाईंले पाउनुहुन्छ त्यसलाई राम्ररी हेर्दा थुप्रै कुरा सिक्ने र बुझ्ने अवसर पाइन्छ । तपाईंले यस्ता थुप्रै शिक्षक देख्नुभएको होला जसलाई राम्ररी नेपाली वा अङ्ग्रेजी बोल्न आउँदैन, न देश–दुनियाबारे केही थाहा हुन्छ तर शिक्षक बनेर पढाइ राखेका छन् । तलब पनि पाउँछन्, रिटायर भएपछि पेंशनको पनि हकदार हुन्छन् । यस्ता शिक्षकहरूसँग धेरै आशा गर्नु व्यर्थ हो । आशा त त्यस्तासँग गर्नुपर्छ जो आपूmमा समयानुसार परिवर्तन ल्याउन सक्छ । जसले सोच्न सक्छ र सोचेर आप्mनो जीवनमा बदलाव ल्याउन चाहन्छ, यदि तपाईं यस्तो शिक्षक बन्न चाहनुहुन्छ भने पढ्ने बानी अवश्य बसाल्नुपर्छ ।
हाम्रो स्वाध्याय परिवर्तनको लागि हुनुपर्छ । अरूलाई देखेपछि स्वयं परिवर्तित भई आपूmलाई हेर्नुपर्छ । पुस्तकको अध्ययनले हामीलाई स्वमूल्याङ्कन गर्ने अन्तर्दृष्टि प्रदान गर्छ । पुस्तकको माध्यमले हामी विगतलाई सजिलै हेर्न सक्छौं । विगतलाई हेरेर वर्तमानलाई सुधार्न र भविष्यको निर्माण गर्न सकिन्छ । यो त्यति बेला मात्र सम्भव हुन्छ जब हामी अध्ययन गर्छौं । यस कारण शिक्षकहरूले स्वयं र विश्वलाई हेर्न समय निकाल्नुपर्छ । यस आलेखले तपाईंलाई जे निष्कर्ष दिन्छ त्यही नै तपाईंको जीवन दर्शन र शिक्षा दर्शन बन्छ ।