काव्य सर्जकहरूमा गज्जबको क्षमता हुन्छ। अभिधा, लक्षणा तथा व्यञ्जना शब्द शक्तिद्वारा तिललाई पहाड र पहाडलाई पनि तिल बनाइदिन सक्छन्। कविहरूले विभिन्न विम्ब, प्रतीक तथा अलङ्कारहरूले आप्mनो शब्दलाई सजाउँछन् र यसरी अभिव्यक्ति गर्दछन् कि कविले भनेको साँचो हो र अरूले देखेको भ्रम हो। यसैले भन्ने गरिएको छ – जहाँ सूर्यको प्रकाश पुग्न सक्दैन, त्यहाँ कविको कल्पना पुग्दछ। कविहरूको विषयमा पनि यो पनि भनिन्छ कि जन्मजात आलोचक हुन्छन्। कविहरू कसैलाई छाड्दैनन्। हरेकमाथि कविता लेख्छन्। अनि कसैलाई नछाड्ने र हरेकमाथि कविता लेख्नुको तात्पर्य के पनि हो भने हरेकका नकारात्मक कुरा उधिन्छन्। नकारात्मक कुरा उधिन्ने मात्र होइन, कतिपय अवस्थामा नकारात्मक भावना वा धारणा बनाउन पनि मदत गर्छन्।

साहित्यकारहरूले आलोचना नगर्ने क्षेत्र ज्यादै कम छ। प्रकृतिलाई समेत साहित्यकारहरूले छाड्दैनन्। वर्षा भएकोलाई कहिले प्रकृति रोएको त कहिले खुशी भएको बताउँछन्। हरेक पेशा तथा व्यवहारमाथि कटाक्ष गर्ने कवि साहित्यकारहरूले शायदै कुनै क्षेत्र छ, जसलाई व्यङ्ग्य गरेका छैनन्। यस्तै व्यङ्ग्य नगर्ने ज्यादै सीमित क्षेत्रमा पर्छ, कृषि। कृषिकर्ममध्ये शायदै कुनै कविले कहिल्यै रोपाइँबारे नकारात्मक काव्य सिर्जना गरेका होलान्। काव्य सिर्जनामा सदैव सम्मान पाउने तथा सदाकाल सकारात्मकरूपमा धानको रोपाइँलाई लिने गरिनुको पछाडि अनेक कारण हुन सक्छ तर सबैले बुझेको सत्य यही हो कि रोपाइँ भएन भने कसैले खान पाउँदैन। आलोचनाको पहुँचभन्दा माथि राखेर काव्य सर्जकहरूले कृषि, कृषक तथा रोपाइँलाई जुन मर्यादा दिएका छन्, त्यो आफैंमा अवर्णनीय तथा अतुलनीय छ। सबैले सम्मान गर्नुपर्ने कर्म कृषि हो र कविहरूको नजरमा पनि यो कदापि आलोच्य होइन, हुन पनि हुँदैन।

काव्यको कुनै सीमा हुँदैन। आजसम्म यस्तो कुनै पनि विषयवस्तु छैन जसमाथि काव्य सिर्जन भएको नहोस्। सामान्यतया धरती, माता र कृषिकर्मलाई कविहरूले सम्मान गर्दछन्। धरतीमा आपूm जन्मेको ठाउँ र देशलाई कविहरूको स्वर्ग मानिन्छ। कालदेखि शास्त्रहरूले माता र धरतीलाई उच्च सम्मान दिंदै आएका छन्। युग बित्दै जाँदा चेतनाको विकास जतिसुकै भएको होस् सबै सर्जकको दृष्टि र दृष्टिकोणमा काव्यसिर्जना ज्यादै विशिष्ट पक्ष हो, जीवन धान्नका लागि गरिने धान–रोपाइँ पनि अत्यन्तै विशिष्ट पक्ष हो। जहाँ सिर्जना हुन्छ त्यहाँ जीवन हुन्छ। जीवनको पनि आलोचना हुन सक्छ तर जीवनको महत्ताको आलोचना हुन सक्दैन। जीवन छ भने कसैको प्रशंसा वा आलोचना हुन्छ, त्यसैले कुनै पनि आलोचना वा प्रशंसाको लागि जीवन चाहिन्छ।

रिस–राग, आवेग आदि सबै हुन्छ कविमा। सबै किसिमको संवेदना कविमा अझ तीव्र गतिमा हुन्छ। जति अनुभूति हुन्छ, त्यसभन्दा बढी कलात्मक प्रस्तुतिको क्षमता हुन्छ। भावलाई अनेक किसिमले प्रवाह गरेर, अनेक किसिमले पुष्टि गरेर अनेक किसिमले अनुभूति गराउने क्षमताले नै कविका कुरा मानिसले पढ्ने गर्दछन्। एउटै कुरालाई भनाइको तरीकामा चामत्कारिकता ल्याएर अभिव्यक्त गर्ने हुँदा कविको कर्मलाई पाठकले खोजीखोजी पढ्दछन्। कविको चमत्कारलाई, चामत्कारिक भावलाई सम्मान गर्दछन्। अनि कविको भावसित आपूmलाई तुलना गर्दछन्, कतिपय अवस्थामा आपूmलाई उतार्छन् सोही बमोजिम। कविले दिने चेतनाले पाठकहरू आपूmलाई परिमार्जित गर्दछन्। बोली र शैलीमा मात्र होइन, प्रज्ञामा पनि आपूmलाई पोख्त बनाउँछन्। अर्थात् कविको अभिव्यक्तिमा त्यो क्षमता हुन्छ जसले समाजको दृष्टिकोण र व्यवहार दुवैमा परिवर्तन ल्याउन सक्छ।

कविकर्मले पाठकमा वैचारिक स्पष्टता, उच्चता, बोलीमा कलात्मकता, तार्किक क्षमता वृद्धि हुन्छ। पुरानो शब्दावलीमा भन्नुपर्दा कविको अभिव्यक्तिले पाठकको वाणी, आचरण र विद्वतामा सुधार आउँछ। यसको अर्थ यो पनि हो कि मानिसलाई विद्वान् बनाउने काम सिर्जनाले गर्दछ। त्यसैले भन्ने गरिन्छ  सर्जक महान् हुन्छ। सर्जकको महान् कर्मको अध्ययन गर्नाले विद्वान् बन्ने सम्भावना रहन्छ। विद्वान् बन्नु वा विद्वता प्राप्त गर्नु, स्वाभाविक वा नैसर्गिक गुणले पनि हो र अध्ययनले पनि हो। अध्ययनको बानी परेपछि, अध्ययनको निष्कर्ष निकाल्दै गएपछि, आपूmमा रहेको क्षमताले अनुकूल वातावरण पाउँदै जाँदा मानिसको अभ्यन्तरमा रहेको विद्वताले अङ्कुरण पाउँछ र प्रस्फुटित हुन्छ। यसरी धेरै विद्वान् आभ्यासिक पनि हुन्छन्।

कवि कर्मले मानिसलाई आलोचनात्मक बन्न पनि सिकाउँछ। समालोचनात्मक क्षमता पनि ल्याउँछ। कविको कर्ममा यो क्षमता हुन्छ भन्नुको रहस्य यो पनि हो कि कविले सिर्जनामा पनि समालोचना वा समालोचनामा पनि सिर्जना देखाउने गुणले समाजमा समालोचनात्मक गुण तत्वलाई समयानुकूल, ग्रहण गर्ने मानिसको क्षमता अनुकूल परिवर्तन तथा परिमार्जन गरिरहन्छ। यसको अर्थ यो पनि हो कि बुद्धिजीवीहरूले समाजलाई जता लैजान चाहन्छन्, समाज उता डोरिन्छ, जुन किसिमको भाव प्रवाह गर्न चाहन्छन्, सोही किसिमको धारणा निर्माण हुन्छ र जसरी वैचारिकताले इस्पात बनाउन चाहन्छन् त्यस किसिमको वैचारिक क्षमताको निर्माण हुन्छ। अन्य प्रभाव पनि नपर्ने होइन, तर जहाँको पनि बौद्धिक प्राणी मानिस नै हो, यसले जहाँसुकैको प्रभावको प्रवाह होओस्, प्रभावी हुने त समाज र नागरिक नै हो।

अब यो स्पष्ट हुन आउँछ कि सबैभन्दा बौद्धिक क्षमता प्रदर्शन हुने कला, साहित्य वा काव्य हो। जसमा तर्कको क्षमता हुन्छ, सर्वसाधारणले उनैको कुराप्रति विश्वास पनि गर्दछन्। अनि काव्यकारले निर्माण गर्ने भाष्यभन्दा खासै पृथक धारणा गइरहेको हुँदैन किनभने अहिले पनि समाजले रोपाइँलाई सुन्दर कर्म र उत्सवको कर्म मानिरहेकै छ। यस कर्मलाई उत्तम कर्म र पर्वको कर्म मानिरहनुमा कविको पनि ठूलो योगदान छ। हो, आजभोलि आलङ्कारिकरूपमा गमलामा धान रोपाइँ गर्ने पनि देखिएका छन्। कहिल्यै खेतमा नजाने पनि चाहन्छ कि धानको बेर्ना हातमा लिएर खेतको हिलोमा पसूँ। रोपाइँको अनलाइन उद्घाटन गर्ने दिन पनि आउला, रोबोटले रोपाइँ नगर्ला भन्न सकिन्न तर रोपाइँको महत्व भने कम हुँदैन, गर्नै मिल्दैन किनभने कविहरूले रोपाइँमा कुनै आलोचनात्मक तत्व समाहित गर्न सकेका छैनन्, देख्न सकेका छैनन्।

रोपाइँको सौन्दर्यमा जीवनको सौन्दर्य देख्नेहरू छन्। जसरी कविले आप्mनो कवितालाई सिर्जना मान्छ, कविहरूले किसानको रोपाइँ कर्मलाई पनि कविताभन्दा माथिको स्वच्छ हृदयको उच्च सम्मान मान्छन्। मनको उच्च आसनमा कृषिकर्मलाई विराजमान गराउँदै आएका छन् कविहरूले। यही सुखद आश्चर्य र यथार्थमा काव्यकर्मको धर्मले सिर्जनालाई सम्मान गरेको हो। हो, कुनै कविकर्मले कुनै लहडमा आप्mनै सिर्जनामा अनेक आलोचना देख्ला, कतिपयले आप्mना सबै सिर्जना जलाइदिए पुग्छ पनि भन्लान् तर फेरि प्रिय के होला त ? भन्ने जिज्ञासा अभ्यन्तरमा उमार्ने हो भने काव्यबीजको रोपाइँ किसानको खेतमा नै हुने हो। अनि काव्यबीज जहाँ प्रस्फुटन हुन्छ, त्यहीं मलिलो माटोमा काव्यकर्मका किसान रोपाइँ गीत गाउँदै रमाएर उक्त कर्म गर्दछन्। यस कर्मले भविष्यमा निश्चित मङ्सिर निम्त्याउँछ। निश्चित मङ्सिरको प्रतीक्षा काव्यकर्मका किसानले गर्दा असारलाई सुखद दिवस मान्नु स्वाभाविक हो।

गर्नेहरूले सुखको आलोचना पनि गर्लान्, गर्छन् पनि। सुखले प्रगति हुन दिंदैन यदि भोग गर्न थाल्यो भने। सुखको लक्ष्य प्रगति कि प्रगतिको लक्ष्य सुख प्राप्ति ? प्रश्न आप्mनो ठाउँमा छ। तर रोपाइँ किसानले गर्दछन् र खुशी हुन्छन् कविहरू। रोपाइँको प्रतिफल किसानले नै प्राप्त गर्ने हो तर काव्यकर्ममा कविहरूले भने आनन्दको उत्कर्ष प्राप्त गर्छन् र आप्mनो आनन्द अरूलाई पनि प्रदान गर्दछन्। सदा सर्वदा सुखानुभूति प्राप्त हुने वा गर्ने कर्मको रूपमा कविहरूले लिएका छन् रोपाइँलाई। बरु रोपाइँको महिमा रोपाहारहरूलाई, बाउसेहरूलाई गान गर्न त्यति आउँदैन, कर्ममा लीन हुन्छन्, तर कविहरूले व्याख्या गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here