-अनन्तकुमार लाल दास

भनिन्छ सूचना दुईधारे हतियार हो। एकातिर यसको उपयोग भ्रम र डर फैलाउनका लागि गर्न सकिन्छ भने अर्कोतिर यसबाट रचनात्मक कार्य पनि गर्न सकिन्छ। सूचना क्रान्तिको आधुनिक युगमा सोसल मिडियाको भूमिकालाई लिएर जहिले पनि प्रश्न उठ्ने गरेको छ। आर्थिक, राजनीतिक र सामाजिक प्रगतिमा सूचना क्रान्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ तर सँगसँगै सूचना क्रान्तिको देन सोसल मिडियालाई लिएर उठ्ने गरेको प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ। ती प्रश्नहरूमध्ये के सोसल मिडियाले हाम्रो समाजमा ध्रुवीकरणको स्थिति उत्पन्न गरिरहेको छ ? समाजको प्रगति र उन्नतिमा सोशल मिडियाको के भूमिका हुनुपर्ने हो ? हामी एउटा यस्तो समाजमा बस्छौं जहाँ हामी सूचनाको उपभोक्ता मात्र होइन, उत्पादनकर्ता पनि हौं। सोसल मिडियासँग हाम्रो यस प्रकारको सम्बन्धले नै हामीलाई यसमा नियन्त्रण गर्नुभन्दा टाढा पु–याइदिन्छ। हरेक दिन अर्बौ मानिस फेसबूकमा लगइन गर्छन्। हरेक पल ट्वीटरमा ट्वीट गरिन्छ र इंस्टाग्राममा कैयन फोटाहरू पोस्ट गरिन्छ।

यदि सोसल मिडियाद्वारा ध्रुवीकरणको कुरा गर्ने हो भने विगतमा यसबारे कैयन प्रयोग भएको थाहा हुन आएको छ। सन् १९५० को दशकमा सामाजिक मनोवैज्ञानिक सोलोमन असचले मनोवैज्ञानिक प्रयोगको एउटा शृङ्खला नै थालनी गरेका थिए। बहुमतको विचारले कसरी कुनै एउटा व्यक्तिको विचारलाई प्रभावित गर्दछ भन्ने कुरा निर्धारित गर्न यो प्रयोग गरिएको थियो। यसको परिणाम के आयो भने बहुमतको विचारसँग सामेल हुनको लागि गलत जवाफ दिनका लागि मानिसहरू तयार थिए। केहीले समाजमा उनी हाँसोका पात्र नबनून् भनेर गलत जवाफ दिएका थिए। यद्यपि १९५० को दशकदेखि सञ्चारको यो स्वरूप विकसित भएर नयाँ स्वरूपमा प्रकट भएको छ तर पनि मानिसको स्वभाव यससँग सामञ्जस्य गर्न सफल भएको छैन। केही हदसम्म यस धारणाले अनलाइन फेक समाचारको प्रभावतर्फ पनि इशारा गर्दछ, जसले समाजमा ध्रुवीकरणलाई विस्तार गर्न सहयोग गरेको छ। सोसल मिडियाको साइट्सले उत्प्रेरकको भूमिका पनि निर्वाह गर्दछ। उदाहरणका लागि ट्वीटर नियमितरूपले उनीहरूलाई अनुसरण गर्न प्रेरित गर्छ जो हामीजस्तै समान दृष्टिकोण राख्दछन्।

यसरी हामी के पाउँछौं भने सोसल मिडियाको प्रभावले गर्दा मानिसको कल्पना शक्तिको दायरा सङ्कुचित हुँदै गएको छ। हिजोआज यसबाट व्यवहारमा परिवर्तन देखा परिरहेको छ साथै व्यक्तिगत कुराकानीमा पनि यसको प्रभाव परिरहेको छ। यदि सोसल मिडियाको मूल अर्थको कुरा गर्ने हो भने कम्प्युटर, टैबलेट वा मोबाइलको माध्यमले कुनै पनि मानिसको सञ्चार वा इन्टरनेटको जानकारी साझा गर्ने कामलाई नै सोसल मिडिया भनिन्छ। यस प्रक्रियामा कैयन वेबसाइट र एपको योगदान हुन्छ। वर्तमान समयमा सोसल मिडिया सञ्चारको सबैभन्दा ठूलो साधनको रूपमा देखा परेको छ र दिनानुदिन यसको लोकप्रियता वृद्धि भइरहेको छ। सोसल मिडियाद्वारा विचार, सामग्री, सूचना र समाचारलाई तीव्र गतिले मानिसहरूबीच साझा गरिन्छ। सोसल मिडियालाई जहाँ एकातिर वरदान मानिन्छ, अर्कोतिर अभिशापको रूपमा पनि हेर्न थालिएको छ।

सोसल मिडियाको सकारात्मक प्रभावको कुरा गर्ने हो भने यसले सामाजिक विकासमा सहयोग गर्दछ। सोशल मिडियाबाट मार्केटिङजस्ता उपकरणले लाखौं ग्राहकलाई आकर्षित र प्रभावित गरेर उनीहरूसँग सम्बन्ध विस्तार र स्थापित गरेको छ। यसबाट समाचार सम्प्रेषण पनि गर्न सकिन्छ। सामाजिक मुद्दामाथि जनतालाई जागरुक गराउने सन्दर्भमा सोसल मिडियालाई एउटा राम्रो उपकरण मान्न सकिन्छ। सोसल मिडियाको माध्यमले समान विचार भएका मानिससँग पनि सम्पर्क स्थापित गर्न सकिन्छ। विश्वको कुनै पनि कुनामा आप्mनो कुरा थोरै समयमा धेरै मानिससमक्ष पु–याउन सोसल मिडिया वर्तमानको सबैभन्दा श्रेष्ठ साधन बनिसकेको छ।

सोसल मिडियालाई शिक्षा प्रदान गर्ने सन्दर्भमा पनि एउटा राम्रो साधनको रूपमा प्रयोग गर्न थालिएको छ। यसको माध्यमले अनलाइन जानकारी तीव्र गतिले हस्तान्तरण गरिन्छ। यसबाट अनलाइन रोजगारको अवसर पनि हासिल हुन्छ। यस सँगसँगै व्यवसाय, चिकित्सा, नीति निर्माणलाई समेत प्रभावित गर्नमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। हिजोआज शिक्षक र विद्यार्थीहरूद्वारा फेसबूक, ट्वीटर, लिंक्डइन, गुगल टीम आदि प्लेटफर्म प्रयोग भइरहेको छ। सोसल मिडियाले शिक्षक र विद्यार्थीबीच बढ्दो दूरीलाई कम गरेको छ। प्रोफेसर स्काइप, ट्वीटर र अन्य ठाउँमा समेत यसको सहयोगले लाइभ चैट गर्छन्। सोसल मिडियाले गर्दा आज शिक्षा सजिलो भइसकेको छ।

हुनत कैयन भौतिकविद्हरूले सोसल मिडियालाई मानिसमा तनाव र चिन्ताको प्रसार गर्ने साधनका रूपमा देखेका छन् किनभने सोशल मिडियाको अत्यधिक प्रयोगले सुत्ने बानीमा परिवर्तन, साइबर अपराधमा वृद्धि, केटाकेटीप्रति निरन्तर बढ्दो दबाब र एउटा प्रभावशाली प्रोफाइल भएका युवाहरूलाई बढी मात्रामा प्रभावित गरिरहेको छ। सोसल मिडियामा अत्यधिक व्यस्तताले गर्दा अन्य आवश्यक कामको लागि समय निकाल्न गा–हो भइरहेको छ, किनभने यसमा व्यस्त भएपछि समय गएको थाहा नै हुँदैन। यसबाट अन्य गम्भीर समस्या उत्पन्न हुने गर्दछ जस्तै ध्यान केन्द्रित नहुनु, निद्रा गायब हुनु, तनाव बढ्नु आदि। यसको अत्यधिक प्रयोगले स्वयंको गोपनीय कुराहरू पनि गोपनीय रहँदैन। यसले उपयोगकर्तालाई साइबर अपराधजस्तै ह्याकिङ, फिशिङ जस्ता अपराधले संवेदनशील बनाउँछ।

हिजोआज सोसल मिडियाप्रति केटाकेटीहरूको बढ्दो आकर्षणले विश्वलाई चिन्तित तुल्याएको छ। कैयन देशले केटाकेटीहरूद्वारा मोबाइल प्रयोगमा रोक लगाएका छन्। लामो समयसम्म सोसल मिडियाको प्रयोगले विद्यार्थीहरूको आँखा कमजोर बन्नु, दिमागमा रासायनिक प्रतिक्रिया उत्पन्न भई स्मरण शक्ति कमजोर हुनु, शारीरिक तथा मानसिक विकासमा बाधा पुग्नु, आप्mनो पढाइलेखाइ र भविष्य निर्माणमा बाधा पुग्नु र कानूनविपरीतका कुलतमा फस्ने सम्भावना चिकित्सक र मनोवैज्ञानिकहरूले गरेका छन्। यससँगै सोसल मिडियाको दुरुपयोग पनि कैयन प्रकारले भइरहेको छ। यसको माध्यमले सामाजिक र धार्मिक उन्माद फैलाउने कामसमेत भइरहेको छ। यसबाहेक राजनीतिक स्वार्थको लागि गलत जानकारी फैलाउने काम पनि भइरहेको छ। यसले समाजमा हिंसा बढाउनुको साथै हाम्रो सोचलाई समेत नियन्त्रित गर्ने काम गरिरहेको छ।

विश्व आर्थिक मञ्चको एक प्रतिवेदन अनुसार सोसल मिडियाको माध्यमले झूटो सूचनाको प्रसार भावी जोखिममध्ये एक हो। वास्तवमा यो देश विकासको मार्गमा बाधक हो। यस कारण हाम्रो सरकारले यस्ता कुराहरूमा हस्तक्षेप गर्न आवश्यक भइसकेको छ। हाम्रो सरकार यस्तो प्रयास गरि पनि रहेको छ तर पूर्णरूपले यसमा लगाम लगाउन सकेको छैन। यसो गर्दा आइटी कम्पनीहरू फेक समाचारको शिकायत माथि अदालत र सरकारी संस्थाहरूप्रति जिम्मेवार नभई आम जनताप्रति पनि जवाफदेह हुन्छन्। हाम्रो देश जसरी आधुनिकीकरणतर्फ उन्मुख भइरहेको छ सोही अनुपातमा चुनौति पनि बढ्दै गइरहेको छ। यस परिवेशमा नेपालले पनि जर्मनीजस्तै कठोर कानून बनाउनु आवश्यक छ, जसले मिडियामाथि आपत्तिजनक सामग्रीको प्रयोग गर्नेमाथि लगाम लगाउन सकियोस्। यस सँगसँगै सोसल मिडिया इन्टेलिजेन्सको माध्यमले सोसल मिडियामा हुने गतिविधिहरूको विश्लेषण पनि समय–समयमा गरिराख्नु आवश्यक छ। यसरी गर्दा आपत्तिजनक सामग्री तुरुन्त प्रभावमा आउनबाट जोगाउन र हटाउन सकिन्छ।

बोल्ने र अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको अहम् हिस्सा हो। सोसल मिडियाले अभिव्यक्तिको स्वतन्त्रतालाई एउटा नयाँ आयाम दिएको छ। दुई दशक पहिले यसको कल्पना गर्नु पनि सम्भव थिएन। आज प्रत्येक व्यक्तिविना डर र त्रास सोसल मिडियाको माध्यमले आप्mनो विचार राख्न सक्दछ र हजारौं मानिस समक्ष त्यसलाई पु–याउन सक्छ। वास्तवमा सोसल मिडियाद्वारा समाजमा परिवर्तन ल्याउन सकिन्छ। तर सोसल मिडियाको दुरुपयोगले यसलाई एउटा खतरनाक उपकरणको रूपमा स्थापित गरिदिएको छ। जसले गर्दा यसको नियमन गर्नु आजको खाँचो बनेको छ। यस कारण के आवश्यक छ भने व्यक्तिगत अधिकार उल्लङ्घन नहुनेगरी सोसल मिडियाको दुरुपयोग रोक्न सबै पक्षसँग विचार विमर्श गरेर यसको दुरुपयोग रोक्न विकल्पको खोज गर्न सकियोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here