जीवन एउटा कर्मक्षेत्र हो, युद्धक्षेत्र हो र एउटा रहस्य पनि। यसलाई परिपूर्णरूपले जिउनका लागि जीवनले हरेक स्थलमा, हरेक स्तरमा तदारुक हुनुपर्छ। यसै आधारमा जीवनको समग्र विकास सुनिश्चित हुन्छ, यद्यपि यो एउटा समयसाध्य प्रक्रिया हो, जसले बिस्तारैबिस्तारै रूपाकार लिन्छ र समयका साथ परिपक्व हुन्छ।
व्यक्तिको प्रकृति, स्वभाव एवं संस्कार आदिका अनुरूप सबैको आप्mनो समाधान पथ निर्धारित हुन्छ, तर यसका बाह्य नियम तय छन्। ऋषिहरूले धर्म–अध्यात्मको रूपमा यिनको समग्र विवेचना गरे, जसमा परमगुरु श्रीराम शर्माले आजको सन्दर्भमा व्यापक प्रकाश पारेका छन्। यिनको आलोकमा आजको परिस्थितिमा विचार गर्नु अभीष्ट हुन्छ। विशेषगरी तब, जब धर्म–अध्यात्मको नाममा भ्रम–भ्रान्तिहरूको तुवाँलो चारैतिर सघनरूपमा मडारिइरहेको छ।
धर्म–अध्यात्मको क्षेत्र स्वयंमा एउटा विज्ञान हो, दर्शन हो, जसको आप्mनो मनोविज्ञान छ, आप्mनो विधान छ। चेतनाको विकासको क्रमिक अवस्थाका साथ यसमा प्रवेश गर्नुपर्छ। गुरुदेवले यसलाई धार्मिकता, आस्तिकता र आध्यात्मिकताको रूपमा क्रमबद्ध गरेका छन्।
यसको पहिलो पक्ष्F कर्मकाण्डप्रधान भन्न सकिन्छ, दोस्रो भावप्रधान र तेस्रो परिपक्व ज्ञानले युक्त समाधानप्रधान। यस प्रकार क्रमिकरूपमा कर्मयोग, भक्तियोग, ज्ञानयोग साधकको जीवनका अङ्ग बन्दै जान्छन् र ध्यानको अन्तर्धारा यसैबाट परिपक्व पुष्ट हुँदै जान्छ, जसको चरम परिणति, जीवनको पूर्ण समाधानको अवस्था अर्थात् समाधिको नामले चिनिन्छ।
यसमा चित्तको गहिराइसम्म जरा गाडेको संस्कार सबभन्दा प्रमुख व्यवधानको रूपमा अगाडि तेर्सिन्छ, जुन बाह्य जीवनको हुर्के–बढेका कामना, इच्छा, वासना तथा महत्वकाङ्क्षाको रूपमा प्रकट हुन्छ। यस्तोमा धर्म–अध्यात्मको नाममा जुन साधनात्मक पुरुषार्थ गरिन्छ, त्यसले आप्mनो प्रारम्भिक अवस्थामा प्रायः सकाम रूप लिएको हुन्छ, तर आध्यात्मिक अभीप्साका साथ, चेतनाको विकासका साथ यी परिमार्जित हुन्छन्, परिष्कृत हुन्छन् तथा व्यक्ति क्रमशः निष्कामतातर्फ अग्रसर हुन्छ।
यस क्रमलाई चेतनाको त्रिगुणात्मक प्रकृतिको आधारमा पनि बुझ्न सकिन्छ। तमोगुण चेतनाको जड अवस्था हो, जसमा व्यक्ति आलस्य, मूढता, घोर मोह र अज्ञानको अवस्थामा हुन्छ। रजोगुण व्यक्तिमा इच्छा, कामनाहरूको उद्दाम आवेग भरिएको अवस्था हो। वास्तवमा तमोगुण परिष्कृत भएर रजोगुणको रूप लिन्छ र यो क्रमिकरूपमा परिष्कृत भएर सतोगुणमा रूपान्तरित हुन्छ, जसले ज्ञान, हलुँगोपन र चेतनाको उन्नत अवस्थाको रूपमा जीवनलाई प्रकाशित पारिदिन्छ। जीवनको परम लक्ष्य यसभन्दा पनि पर गुणातीत अवस्थामा स्थिर हुनु मानिएको छ।
यसमा आश्चर्य मान्नुहुँदैन कि एउटा सामान्य मानिसको प्रायः सबै काम स्वार्थ र कामनाले प्रेरित हुन्छ। ती आशा–अपेक्षाले भरिएका हुन्छन्, तर साथै अन्तःकरणमा श्रेष्ठ जीवनप्रति अभीप्साको भावको पनि लहर उठिरहन्छ भने स्थितिलाई कोल्टे फेर्न समय लाग्दैन।
यस पृष्ठभूमिमा जुन कामलाई हामी समाजरूपी विराट ब्रह्म, इष्ट वा गुरुलाई अर्पित गरेर सम्पन्न गर्दछौं, ती निकामताको श्रेणीमा पर्छन्। अन्यथा ती सकाम रहन्छन् तथा यसका साथै राग–द्वेष, स्वार्थ–अहंसँग आबद्ध क्रिया–प्रतिक्रिया पनि त्यहाँ जोडिन पुग्छन्।
शनैः–शनैः यिनको निस्सारिता बुझ्दै यसभन्दा माथि उठ्ने क्रम बन्न थाल्छ र क्रमिकरूपमा चित्तको शुद्धि हुन्छ। यसपछि नै धर्म–अध्यात्मको गहिराइमा प्रवेश सरल हुन्छ। आज धर्म–अध्यात्मको क्षेत्र भ्रान्तिको कुहिरोले आच्छादित छ, यसमा यस्ता मानिसहरूको घुइरो लागेको छ, जसको उपर्युक्त धर्म–अध्यात्मसँग कुनै लिनुदिनु हुँदैन। केही पलायन मार्ग भएर यसमा प्रवेश गरेका छन्, संसारमा केही गर्न पाएनन् त साधुवेशमा आप्mनो भाग्य आजमाइश गर्दैछन्। आज यस्तैको सङ्ख्या धेरै छ।
आत्मकल्याणका लागि समाजको भारी बनेको यस वर्गको स्वयंको उत्कर्षका लागि के प्रयास भइरहेको छ तथा समाजोत्थानका लागि यिनको के योगदान छ, यी सब शोधका विषय हुन्। यस्ता तथाकथित साधु–महात्माहरूको सङ्ख्या यति बेला लाखौंमा छ।
यदि यिनीहरूले एकएकवटा गाउँ मात्र आप्mनो सत्कर्मको थलो बनाएको भए देश र समाजको कायाकल्प भइसक्ने थियो। धर्म–अध्यात्मको पलायनसँग गोरु बेचेको पनि साइनो छैन। यो त जीवनको सबैभन्दा ठूलो चुनौतीको सामना गर्दै स्वयंमाथि विजयको परम शौर्य मार्ग हो, जसका साथ समाज, विश्व एवं प्राणीमात्रको कल्याणको मार्ग सुनिश्चित हुन्छ।
यो क्ष्Fेत्र सत्य–धर्मप्रति निष्ठा र आदर्शप्रति असीम प्रेमले जोडिएको छ। यो परमार्थ एवं निरहङ्कारिताको पथ हो, जसमा दया, करुणा, प्रेम, संवेदनाजस्ता भाव सहजरूपमा उर्लिरहेका हुन्छन्, यो विराट हितका लागि क्ष्Fुद्र स्वार्थ–अहङ्कारको उत्सर्गको बलिदानी मार्ग हो। आप्mना साथ समूह तथा प्राणी मात्रको कल्याण यसमा निहित रहन्छ।
कुनै समाज तथा राष्ट्रको उत्कर्ष यस्तै सत्यनिष्ठ, धर्मपरायण र सच्चरित्र व्यक्तिहरूको तप–पुण्यको आधारमा सम्भव हुन्छ। यिनलाई कट्टरता, अन्धविश्वास, साम्प्रदायिक हिंसा, द्वेष आदिसँग कुनै लिनुदिनु हुन्न, जसले समयका साथ तमाम प्रकारका समस्या र विसङ्गतिलाई जन्म दिन्छन्। यो समाधानको अंश बनेर बाँच्नु मात्र हो।
परमपूज्य गुरुदेवले जीवनपर्यंत यसै अध्यात्मको चर्चा गरे तथा उनी स्वयं यसको जीवन्त प्रतिमान बने। पूरा गायत्री परिवार यसै मियोमा बाँधिएको छ–जसका साधक परिवार कर्मयोग, ज्ञानयोग, भक्तियोग तथा ध्यानयोगको समग्रतालाई व्यावहारिक अध्यात्मको रूपमा जीवनमा धारण गर्दै समाजसेवाको माध्यमले आत्मकल्याणको मार्गमा अग्रसर छन्।
यसका लागि गृहस्थ एउटा तपोवन हो, जहाँ उनीहरू संयम, सेवा र सहिष्णुताको साधना गरिरहेका छन् तथा एउटा संस्कारित परिवारका साथ एउटा सभ्य समाजको परिकल्पना साकार गर्ने दिशामा अग्रसर छन् र आप्mना रचनात्मक गतिविधिका माध्यमले युग निर्माणको महत्तर कार्यमा आप्mनो भावपूर्ण योगदान दिइरहेका छन्।