पाठकवृन्द गताङ्कमा विषविज्ञानको भूमिका, त्यसको वर्गीकरण, शरीरभित्र पस्ने बाटो, त्यसको असर कम, बेसी हुने तŒव वा विषको असरलाई बढाइ वा घटाइ दिने केमिकलको वर्णन सकिएको थियो । अब जानौं उपचारबारे :

उपचार : विष खाएको मानिसलाई अस्पतालको आकस्मिक विभागमा ल्याइन्छ, ल्याउनैपर्छ जहाँ उसको तुरुन्त उपचारको व्यवस्थामा लागि हाल्नुपर्छ, अन्यथा मानिसको ज्यानसमेत जान सक्छ । यसको लागि अस्पतालमा एउटा छुट्टै किट राखिएको हुन्छ । त्यस्तो रोगी या त छटपटाइरहेको हुन्छ वा बेहोश हुन्छ । विष खाएको विवरण रोगीसँग आएका मानिससित सोधी कुनै प्रमाण छ भने लिइन्छ । यथा कुनै सीसी वा पाउडर आदि । रोगी बेहोश छ भने उसको स्तर मापन गरिन्छ, जसको चार ग्रेड हुन्छः ग्रेड १ मा रोगी कम बेहोश हुन्छ र चिकित्सकको प्रश्नको जवाफ दिन्छ । ग्रेड २ मा रोगी बेहोश हुन्छ तर कुनै पनि कम वा बेसी दुखाइको प्रत्युत्तर दिन्छ तथा सबै रिफ्लेक्स कायम रहन्छ । ग्रेड ३ मा रोगी सामान्य दुखाइको होइन कडा दुखाइको मात्र प्रतिक्रिया दिन्छ । ग्रेड ४ मा रोगीमाथि कुनै प्रकारको असर हुँदैन । त्यसपछि यो हेरिन्छ कि रोगीको सास फुलिरहेको त छैन ? आँखाको नानी सङ्कुचित भएको छ वा फैलिएको छ ? जसको महŒव बढी हुन्छ । आँखाको नानीको चरित्रको वर्णन सम्बन्धित विषको वर्णनमा गरिनेछ । सास फुलिरहेको छ भने तुरुन्त अक्सिजन मास्क लगाइदिनुपर्छ । अक्सर अक्सिजन र कार्बनडाइक्साइड मिश्रणको उपयोग गरिन्छ । तर यहाँ रिसस्टिनेसन अविधभर खाली अक्सिजन मात्र दिइन्छ । यसको अतिरिक्त जीवनरक्षक स्लाइन लगाइदिनुपर्छ । त्यसपछिको उपचारलाई चार भागमा बाँडिन्छ :

१. शरीरमा अवशोषित नभएको विषलाई बाहिर निकाल्ने
२. विषको कार्यलाई उल्टाइदिने औषधि दिने, जसलाई एन्टिडोट भनिन्छ
३. जुन विष अवशोषित भइसकेको छ, त्यसलाई बाहिर निकाल्ने
४. विषबाट उत्पन्न भएका लक्षणहरूको उपचार गर्ने

पहिलो बुँदा यस कुरामा निर्भर हुन्छ कि विष कुन माध्यमबाट शरीरभित्र प्रवेश गरेको छ ? ग्याँसको रूपमा गएको छ भने अक्सिजन इन्हेलेशन उपचार गरिन्छ । यदि छालाबाट विष गएको छ भने मुखबाट विष निकाल्ने प्रयास गरिन्छ । जब योनी वा मलद्वारबाट गएको छ भने योनी र मलद्वारलाई पानीले बारम्बार आधा घण्टासम्म धुनुपर्छ । यदि एसिड वा अल्कलीको जलन छ भने पानीको फोहरा पाँच मिनटसम्म बारम्बार दिनुपर्छ । यदि विष मुखबाट लिइएको छ भने आमाशयमा जे बाँकी छ, त्यसलाई गैस्ट्रिक लभाजले सफाइ गरिन्छ, जुन एउटा पाइप आमाशयसम्म पु-याएर गरिन्छ । तर एसिड वा अल्कली खाएको छ भने यो प्रक्रिया गरिंदैन किनभने त्यसले आमाशयमा प्वाल पार्न सक्छ । यदि रोगी बेहोश छैन भने बान्ता गराउन सकिन्छ । तर यो पनि एसिड, अल्कली वा मटीतेल तेल खाएको घटनामा आमाशयमा प्वाल पर्ने हुनाले गरिंदैन । घरेलु उपचारमा बान्ताको लागि दुई चम्चा नून एक गिलास पानीमा मिलाएर दिन सकिन्छ । दोस्रोमा छ : विषको कार्यलाई उल्टाइदिने औषधि दिने, जसलाई एन्टिडोट भनिन्छ । यो चार प्रकारको र धेरै महŒवपूर्ण हुन्छ :

१. मेकानिकल
२. केमिकल
३. फिजियोलोजिकल र
४. स्पेसिफिक

१. पहिलोमा चारकोल मुख्य हो । चारदेखि छ ग्राम चारकोल खाएपछि यसले विषलाई आफूमा अवशोषित गरेर राख्छ र रगतमा जान दिंदैन । २. दोस्रोमा केमिकलको मतलब हुन्छ, यस्तो पदार्थ जसले विषसँग संयोग गर्छ र विषलाई हानिरहित पदार्थ बनाइदिन्छ । जसरी एसिडको विषमा म्याग्नेशिया र अल्कली, अल्कली विषाक्ततामा एसिड दिए, त्यसलाई न्युट्रलाइज गरिदिन्छ । अक्जेलिक एसिडको लागि चुना र लिड तथा टैनिनको लागि सोडियम सल्फेट दिने गरिन्छ । केमिकल एन्टिडोटको चुनाव गर्दा त्यस्तो नै छान्नुपर्छ, जुन स्वयम् हानिकारक नहोस् । पोटाशियम परमैगनेट यसमा सबैभन्दा उत्तम हो, जसलाई १ः२००० अनुपातमा पानीमा मिलाएर प्रयोग गरिन्छ । ३. तेस्रो फिजियोलोजिकलको मतलब हुन्छ कि विष प्रत्येक टिस्यूमा पुगेर जुन विषाक्त कार्य गर्छ, त्यसको ठीक उल्टो काम यसले गर्छ । यसरी स्वतः विषको असर कम हुँदै जान्छ । तर कुनै पनि फिजियोलोजिकलले पूरा काम गर्दैन र केही मात्र कार्यको विपरीत गर्न सक्छ । त्यसलाई आंशिक एन्टिडोट भनिन्छ । यदि अधिक मात्रा दिइयो भने त्यो नोक्सानदेह र खतरनाक हुन्छ । ४. चौथो स्पेसिफिकलाई स्पेसिक एनटागोनिस्ट पनि भनिन्छ किनभने विष जुन नर्भ इन्डिङमा गएर काम गर्छ, ठीक त्यही इन्डिङमा गएर यसले विषको कामलाई उल्टाइदिन्छ । जसरी अर्गेनोफस्फोरस वा मर्फिनले आँखाको नर्भ इन्डिङमा काम गरेर अFँखाको नानीलाई सङ्कुचित पार्छ, जसको अन्तिम अवस्थालाई पिन प्वाइन्ट पुपिल भनिन्छ । एट्रोपिन त्यसको एन्टागोनिस्ट हो, जसलाई दिएपछि आँखाको उनै नर्भ इन्डिङमा काम गरेर आँखाको नानीलाई फैलाइदिन्छ । अतः जसमा पिन प्वाइन्ट पुपिल छ भने त्यसलाई केही समयको अन्तरालमा तबसम्म एट्रोपिन दिइन्छ, जबसम्म पुपिल पूरा फैलिएर नजाओस् । त्यसपछि एट्रोपिन बन्द गरिदिनुपर्छ । बन्द गरिएन भने अब एट्रोपिन स्वयंले विषाक्तता पैदा गर्न थाल्छ ।

यसमा चाखलाग्दो कुरा यही छ कि एक विषले नै अर्को विषलाई कसरी काट्छ ? त्यस्तै, मर्फिनको एन्टागोनिस्टको नाम हो नेलोर्फिन । केही केमिकल यस्तो हुन्छ, जसलाई चिलेटिङ एजेन्ट भनिन्छ । चिलेटको मतलब संयोग गर्नुहुन्छ । जब धातु अर्थात् लिड, आर्सेनिक वा अन्य धातुको विषाक्तता हुन्छ, तब यसलाई दिइन्छ । चिलेटिङ एजेन्टले विषको जुन अणु छ, त्यस अणुलाई समातेर नोक्सानरहित केमिकल बनाएर रगतमा पठाउँछ, जहाँ त्यो पिसाबको माध्यमबाट बाहिर निस्किन्छ र यसरी विष बेअसर भएर जान्छ । चिलेटिङ एजेन्टमा केही प्रमुख नाम छन् : वाल (ब्रिटी एन्टिलेबिसाइट), क्याल्शियम सोडियम एडिलेट, डिफेरिओक्सामाइन मिसाइलेट आदि । ३. जुन विष सिस्टममा दगुरिरहेको छ, त्यसलाई छिटोभन्दा छिटो बाहिर निकाल्ने प्रयास गरिन्छ । यसको लागि दुईटा मार्ग छन् : पिसाब र दिसा । अतः अधिक पिसाब गराउन प्रचुर मात्रामा द्रव्य नसाबाट दिइन्छ । यतिमात्र होइन, मिर्गौलाको काम बढाइदिने लैसिक्स नामक औषधि पनि मांसपेशी वा नसाबाट दिनुपर्छ । यदि वर्जित छैन भने दिसा गराउने औषधि पनि दिन सकिन्छ । ४. लक्षणहरूको उपचार सामान्य कुरा होइन । यसको लागि त्यस लक्षणका कारण के हुन् ? पत्ता लगाएर मात्र त्यसको उपचार गरिन्छ । उदाहरणको लागि सक (झटका)लाई लिन सकिन्छ । यो डिहाइड्रेशनले पनि र मिर्गौला फेल भएर पनि हुन्छ । दुवैमा उपचार समान छैन । डिहाइड्रेशनमा सामान्य स्लाइन दिइन्छ, तर मिर्गौला फेल भएको खण्डमा सामान्य स्लाइन कदापि दिनुहुँदैन । त्यसको लागि मेनिटोल र लैसिक्स दिइन्छ, जसले मिर्गौलालाई काम गर्नको लागि उत्प्रेरित गर्छ । त्यस्तै, विषाक्ततामा यदि ज्वरो छ भने ज्वरो उतार्ने औषधिभन्दा कोल्ड स्पन्जिङ नै राम्रो हुन्छ । त्यस्तै, छाला चीसो भएको वा कFपकपी छ भने तातो पानी र इलेक्ट्रिक बेडको साटो कम्बलले शरीरलाई छोपिनुदिनु राम्रो हुन्छ । दुखाइ छ भने मर्फिन र पेथिडिनको सुई प्रयोग गरिन्छ । यी दुई नभए आजकाल फोर्टबिन नामक सुई प्रयोग गरिन्छ । तर यी तीनैलाई यदि डिप्रेशन, सिएनस र लिभरको रोग छ भने प्रयोग गरिंदैन । पेटको दुखाइको लागि एट्रोपिन, छटपटीको लागि डाइजेपाम, कन्भल्सन छ भने थायोपेन्टोन दिइन्छ ।

ओलिग्युरिक सकको मतलब डिहाइड्रेशनले हुने साक हो । यस्तोमा रगत चढाउनु उत्तम हुन्छ । नभएको खण्डमा प्लाज्मा ५०० मिलीग्राम वा प्लाज्माको साटोमा डेक्सट्रान वा प्लाज्मोशन दिइन्छ । यदि पिसाब भइरहेको छैन वा पिसाबको मात्रा ३०० मिलीग्रामभन्दा कम छ भने पाँचदेखि १० प्रतिशत पानीमा घोलिएको डेक्सट्रोज नसाबाट दिइन्छ । यदि मिर्गौलाका सूक्ष्म नलीहरूको नेक्रोसिस हुन लागेको छ भने मेनिटोल ५०० मिलीग्राम स्लाइनको साथ दिइन्छ । पेरिफेरल सर्कुलेटरी फेल्युर छ भने त्यसै ड्रिपमा एड्रिनलिन थपिन्छ । कार्डिएक एरेस्टमा कार्डिएक मसाज गर्नुपर्छ । भेन्ट्रिकुलर फिब्रिलेशन रोक्नमा पाँच प्रतिशत पोटाशियम क्लोराइड वा १० प्रतिशत क्याल्शियम क्लोराइडको दुईदेखि चार एमएल सुई सीधैं छाती भएर मुटुमा नै लगाइन्छ । इलेक्ट्रोलाइट सन्तुलन कायम राख्नको लागि सोडियम, पोटाशियम र क्लोराइडको मापन गरिराख्नुपर्छ । एनाफाइलेक्टिक साक रोगीको शरीरमा प्रवेश गरेको विषको हाइपरसेन्सिभिटीले हुन्छ । त्यसलाई रोक्न एड्रिनलिन वा प्रोमिथाजिन वा हाइड्रोकोर्टिसोनको सुई आवश्यक हुन्छ । कोमामा श्वासप्रश्वासलाई कृत्रिमरूपले सामान्य बनाएर राखिन्छ । सास लिनमा कठिनाइ छ भने श्वासनलीमा पाइप लगाइन्छ, जसलाई इन्ट्राट्रेकियल इन्ट्युबेशन भनिन्छ तथा कहिलेकाहीं ट्रेकियोस्टोमीसमेत गर्नुपर्छ, जसमा श्वासनलीलाई काटेर त्यसभित्र पाइप पसाइन्छ । पल्मोनरी इडिमाको मतलब हुन्छ, फोक्सोको सुजन । यदि त्यो छ भने प्रत्येक मिनेटमा पाँचदेखि १० लिटरको हिसाबले अक्सिजन दिइन्छ । यस स्थितिमा एमाइनोफाइलिन नामक औषधि पनि ड्रिपमा दिइन्छ । पोषण कायम राख्नको लागि तीन लिटर प्रतिदिनको हिसाबले पाँच वा १० प्रतिशत ग्लुकोज नसाबाट पु-याउन जरुरी हुन्छ ।

रोकथाम : कुनै पनि औषधि, घरेलु केमिकल, कीटनाशक वा मटीतेल तेल आदि यस्तो उचाइमा राख्नुपर्छ, जहाँ बच्चाहरूको पहुँच नहोस् । भान्सामा ग्याँसको प्रयोग गरे पनि उचित भेन्टिलेशन हुनैपर्छ । धूवाँ छ भने धूवाँ बाहिर निकाल्नको लागि चिम्नीको व्यवस्था आवश्यक हुन्छ । कारखानामा धूलो निस्कने काम छ भने पर्याप्त एग्जस्ट पङ्खाको साथै मजदूरहरूलाई लगाउने उचित एप्रोन, ग्लोब्स र जुत्ताको प्रयोग आवश्यक हुन्छ । प्वाजनिड्ढो घटनालाई सुसूचित गर्ने एक सूचना केन्द्र हुनुपर्छ, जसले समयसमयमा मानिसलाई खतराबाट बFँच्न निर्देशन दिन्छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here