काठमाडौं, ४ वैशाख/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलवार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार ९९१ दशमलव ७१ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर ३५३ दशमलव ५१ मा सीमित भएको छ । कारोबार भएका कुल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार कुल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर रु दुई अर्ब १० करोड ३० लाख १९ हजार २१८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ ।
सो कम्पनीको रु १७ करोड ५९ लाख ७८ हजार १६३ बराबरको कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स रु सात करोड ४३ लाख ५३ हजार ५७२, पोखरा फाइनान्स रु छ करोड ६८ लाख ९८ हजार २१४, सर्वाेत्तम सिमेन्ट रु चार करोड ५९ लाख ८१ हजार ४३४ र शिवम् सिमेन्ट रु चार करोड ४७ लाख ४३ हजार ७०७ बराबर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
एसबिएस ऋणपत्र नौ दशमलव ९९, गोर्खाज फाइनान्स नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक पाँच दशमलव शून्य दुई र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका नेप्सेले जनाएको
छ ।
त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स छ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर पाँच दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पाँच दशमलव शून्य छ प्रतिशतले गुमाएका छन् ।