नेपाल–भारतको परम्परागत बहुआयामिक सम्बन्धलाई विभिन्न कोणबाट परिभाषित गर्ने काम हुँदै आएको छ । यसको ऐतिहासिक, सामाजिक र सभ्यतागत परिभाषा आप्mनो ठाउँमा हुँदैछ तर नेपालको प्रत्येक सङ्कटमा सहयोगका लागि सबैभन्दा अघि तत्पर देखिने राष्ट्र भारत नै हो । नेपालको आर्थिक विकासमा पनि भारतको सहयोग महŒवपूर्ण रहिआएको छ । दुई देशका जनताबीचको यस सम्बन्धलाई २१औं शताब्दीमा पनि घनिष्ठ मित्रताको परिचायकको रूपमा अगाडि बढाउनु आवश्यक छ । नेपाल–भारत सम्बन्ध शुरूदेखि नै अद्वितीय रहँदै आएको छ र यस्तै रहनु पनि पर्छ । नेपाल–भारत सम्बन्धलाई अब यी दुई देशका युवा पुस्ताले अगाडि बढाउनु आवश्यक छ । जलवायु परिवर्तनका कारण उत्पन्न हुने चुनौतीहरू, डिजिटल कनेक्टिभिटीको क्षेत्रमा भारतले प्राप्त गरेको विश्वव्यापी अग्रता र नेपालले पनि डिजिटल कनेक्टिभिटीको क्षेत्रमा भारतसित मिलेर काम गर्न थालेको अवस्था, आर्टिफिशियल इन्टेलिजेन्सको बढ्दो माग र आवश्यकताको परिप्रेक्ष्यमा नेपाल र भारतका युवाहरू मिलेर अगाडि बढ्नु आवश्यक छ ।
नेपाल र भारतमा युवाहरूको ठूलो सङ्ख्या छ । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ १५ देखि २० वर्षसम्मका युवाको सङ्ख्या देशको कुल जनसङ्ख्याको झन्डै एक तिहाइ छ । दक्षिणी छिमेकी भारतमा ३५ वर्षभन्दा कम उमेरका युवाको जनसङ्ख्या देशको कुल जनसङ्ख्याको दुई तिहाइ जति रहेको छ । २१औं शताब्दीमा जलवायु परिवर्तन पूरै विश्वका लागि चिन्ताको विषय बनेको छ । त्यसगरी, नयाँ–नयाँ प्रविधिको उपभोग र आर्टिफिशियल इन्टेलिजेन्स (एआई)को बढ्दो भूमिका अहिले कुनै पनि देशको सार्वजनिक नीतिको महŒवपूर्ण विषय बन्न गएको छ । भारत सरकार यस विषयमा गम्भीर देखिन्छ । त्यहाँका युवा पनि यसप्रति संवेदनशील छन् । हाम्रो देशका युवाहरू पनि यसबाट अवगत भइरहेका छन् तर सरकार नै गम्भीर छैन । नेपालका युवाहरूले भारतका युवाहरूसित मिलेर यस क्षेत्रमा साझा काम गर्नु आवश्यक छ । भूकम्प, बाढी, पहिरो, खडेरी र हिमनदीजस्ता जलवायु जोखिमका दृष्टिकोणबाट नेपाल अत्यन्त संवेदनशील स्थानमा छ । जलवायु परिवर्तनको असर आगामी दिनमा थप बढ्ने सम्भावना छ । जलवायु परिवर्तनको दुष्प्रभाव नेपालमा पनि पर्ने निश्चित छ । अहिले ‘थर्ड पोल’को रूपमा चिनिएको हिन्दकुश पर्वत क्षेत्रको तापक्रम तीव्र गतिमा बढ्दै गएको छ । दक्षिण एशियाका अधिकांश देश यसैभित्र पर्छन् । जलवायु प्रकोप र पर्यावरणीय -हासको एजेन्डा राजनीतिक दलहरूको प्राथमिकतामा आउन आवश्यक छ । युवाहरूले यस दिशामा सरकारको ध्यान आकृष्ट गराउनु आवश्यक छ ।
नेपाल र भारतबीच डिजिटल कनेक्टिभिटीको क्षेत्रमा पनि वृद्धि भएको देखिन्छ । प्रत्येक ठूला सङ्कटहरूले समस्याका साथै अवसर पनि ल्याउँछ । कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटका कारण डिजिटल कनेक्टिभिटीलाई प्राथमिकता दिन व्यक्तिलाई प्रेरित पनि गरेको छ । भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) बीच सहकार्य हुनु एउटा ठूलो उपलब्धि हो । भारतका परराष्ट्रमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले टर्म अफ रेफरेन्स (टिओआर) आदानप्रदान गरेका थिए । यसको उद्देश्य सीमा वारपार हुने वित्तीय कारोबारलाई सहज बनाउनु हो । अहिले पाँच सय वा सोभन्दा माथिका भारतीय नोट नेपालमा अवैध छन् । भारत नै नेपालको प्रमुख बजार हो फेरि नेपालमा आउने विदेशी पर्यटकहरूको सूचीमा पनि भारतीयहरू नै बढी छन् । भारतीय पाँच सय र सोभन्दा माथिका नोटमा प्रतिबन्ध लागेको कारण चाहेर पनि कतिपय भारतीय पर्यटक र तीर्थालुहरू नेपाल आउन सकिरहेका छैनन् । भारतमैं काम गर्ने लाखौं नेपालीसित पनि यो ठूलो समस्या भएको थियो ।
वित्तीय डिजिटलाइजेशन व्यावहारिक पनि देखिन्छ किनभने यसले नगद बोक्ने झन्झटबाट मुक्त पार्छ । भारतीय पर्यटकहरूलाई अब नक्कली नोटको झन्झट नपर्ने र मुद्रा सटहीको समस्या पनि अब रहनेछैन । अहिले भूमण्डलीकरणको युगमा विश्वका वित्तीय प्रणालीहरू डिजिटल हुँदै गएका छन् । यस्तोमा क्रसबोर्डर भुक्तानी झन् महŒवपूर्ण हुँदै गएको छ । नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भारतको एनपिसिआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले भारत र नेपालबीच पहिलो क्युआर भुक्तानी सेवा शुरू गर्न तयार रहेको जानकारी ‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ मैं जानकारी दिइसकिएको हो । फोनपे र भीम एप प्रयोग गरी आउने भारतीय पर्यटकले खल्ती फोनपे मर्चेन्ट क्युआर र ईसेवा मर्चेन्ट क्युआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । भारतमा रहेका नेपालीहरूलाई पनि यो सुविधा प्राप्त रहनेछ ।
भर्खरै भारतको दूरसञ्चार विभागले नेपाली नागरिकलाई आप्mनो नेपाली नागरिकता, मतदाता परिचयपत्र वा भारतस्थित नेपाली नियोगले जारी गरेको फोटो–पहिचानको प्रमाण उपलब्ध गराएपछि तीन महीनाका लागि भारतीय सिमकार्ड लिन पाउने सुविधा दिएको छ । यसरी डिजिटल साझेदारीमा दुवै देशका सरकारले चालेका कदमले पर्यटन, चिकित्सा सेवा र अध्ययनका लागि भारत जाने नेपाली नागरिकलाई फाइदा पुग्नेछ ।
भारत सरकारको शिक्ष्Fा मन्त्रालय अन्तर्गतको अखिल भारतीय उच्च शिक्षा सर्वेक्षण २०२१/२२ अनुसार नेपाली विद्यार्थीले भारतमा विदेशी विद्यार्थीमा सबैभन्दा बढी हिस्सा ओगटेको छ । यो करीब भारतमा अध्ययन गर्ने सम्पूर्ण विदेशी विद्यार्थी सङ्ख्याको एक तिहाइ हुन आउँछ । खुला सिमानाका कारण भारत घुम्न आउने पर्यटकहरूको यकीन गर्न कठिन छ ।
अहिलेको परिवर्तनशील डिजिटल संसारमा सस्तो र द्रुत इन्टरनेट हुनु विलासिता त कदापि होइन, मानिसलाई दैनिक कार्य र जीविकोपार्जनका लागि पनि आवश्यक भएको छ । नेपाल भूपरिवेष्टित देश भएको कारण भारतबाट इन्टरनेट जडान लिनुपर्ने भएका कारण ९७ प्रतिशत इन्टरनेट ट्राफिक दक्ष्Fिणतर्फबाट नै आउँछ । धेरै देशले समुद्रमुनिबाट केबल इन्टरनेट प्राप्त गर्छन् । नेपालका सेवाप्रदायक इन्टरनेट कम्पनीहरूले टाटा/एयरटेलजस्ता भारतीय कम्पनीबाट इन्टरनेट सेवा लिन्छन् ।
भारतको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, जसलाई इन्डिया स्टयाक्स पनि भनिन्छ, विश्वव्यापी मोडेल बनेको छ । यो तीन मुख्य स्तम्भमा बनाइएको छ । डिजिटल पहिचानका लागि आधार, युपिआईमार्फत द्रुत प्रणाली र डेटालाई व्यवस्थित गर्न डेटा कानून र इन्डिया स्टयाक्स उपकरणहरूले उपभोक्ताका लागि विकल्प बढाएको छ । आफ्नो डिजिटल पूर्वाधारलाई अन्य देशमा विस्तार गर्ने दिशामा अगाडि बढेको छ । नेपालले पनि यसबाट लाभ लिन सक्ने प्रयास गर्न सक्नुपर्छ । नेपालले पनि भारतको डिजिटल सफलताबाट सिक्न सक्छ ।
एआईसहित जलवायु परिवर्तन र प्रविधि विश्वव्यापी छलफलका लागि मुख्य विषय हुन् । जलवायु परिवर्तनका सन्दर्भमा दुई देशका युवाले मिलेर काम गर्न सक्छन् । जलवायु परिवर्तनका असर कम गर्न विद्वान्, अनुसन्धानकर्ता र वैज्ञानिकले राम्रा योजना ल्याए पनि हाम्रो देशका राजनीतिज्ञहरू यस विषयमा त्यति बढी संवेदनशील देखिंदैनन् । राजनीतिज्ञहरू केवल आफ्नो ‘भोट बैंक’को चिन्ता मात्र गर्छन् । ईष्र्या, द्वेष, नकारात्मक धारणा विकसित गर्न र खोक्रो राष्ट्रवादको नारा दिन सक्छन् । देशको आर्थिक विकासका लागि भिजन नभएका नेताहरू नै नेपालको राजनीतिमा निर्णायक ठाउँमा रहँदै आएका छन् । ३० वर्षे पञ्चायती शासन र त्यसपछिका ३३ वर्ष पनि केवल सङ्कीर्ण राष्ट्रवादको नारामैं केन्द्रित रह्यो । देशका युवाहरू नयाँ सोचका साथ राष्ट्रविकासका लागि भारतका युवासित मिलेर शिक्षा, अनुसन्धान, विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न आवश्यक छ ।