• विश्वराज अधिकारी

कुनै पनि देशको आर्थिक विकास त्यस देशमा उपलब्ध जनशक्तिमा निर्भर गर्दछ । प्रशस्त पूँजी, उन्नत प्रविधि, पर्याप्त खेतीयोग्य जमीन, कुशल सङ्गठन जस्ता महŒवपूर्ण तŒव भए तापनि तिनलाई सञ्चालन गर्ने जनशक्ति नभएमा ती महŒवपूर्ण तŒवहरूको राम्रो उपयोग हुन पाउँदैन । देशले तीव्र गतिमा आर्थिक विकास गर्न सक्तैन, अमेरिका र युरोपका देशहरूले गरेझैं । नेपालमा अहिले श्रम स्थानान्तरण ठूलो समस्यको रूपमा देखिएको छ । ठूलो अनुपातमा भएको श्रम स्थानान्तरणको सर्वाधिक नराम्रो प्रभाव नेपालको कृषि क्षेत्रमा परेको छ । राष्ट्रिय उत्पादन अति नै तल झरेर देश आयातमुखी भएको छ ।

नेपालमा जनशक्ति स्थानान्तरण अहिले ठूलो समस्याको रूपमा देखिएको छ । नेपालबाट ठूलो सङ्ख्यामा विदेशतर्फ भइरहेको जनशक्ति स्थानान्तरणलाई नरोक्ने हो भने मुलुकमा जनशक्तिको अति अभाव हुनेछ । देशको अर्थ व्यवस्था पूर्णरूपमा रेमिट्यान्समा निर्भर हुनेछ । राष्ट्रिय कृषि र उद्योग अनुत्पादक हुनेछन् । देश आयातमूखी हुनेछ । यी सबै थाहा भएका कुरा हुन् । नौला होइनन् ।

नेपालको वर्तमान राजनीतिक स्थिति हेर्दा ठूलो मात्रामा भइरहेको जनशक्ति स्थानान्तरण तत्काल रोक्न सकिने देखिंदैन । तर कम भने पार्न सकिन्छ । विभिन्न किसिमका योजना तथा कार्यक्रमहरू निर्माण गरेर, तिनको कार्यान्वयन कुशलतापूर्वक गरेर जनशक्ति स्थानान्तरणको समस्या कम गर्न सकिन्छ । यो समस्या कम पार्न तत्काल कदम चाल्न आवश्यक छ ।

जनशक्ति स्थानान्तरणका विभिन्न चरण हुन्छन् । जनशक्ति स्थानान्तरण समस्या कसरी कम पार्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नुपूर्व जनशक्ति स्थानान्तरणका चरणहरू के के हुन् भन्नेबारे जानकारी पाउन आवश्यक छ ।

उत्सुकता एवं रोमाञ्चकताको चरणः
यो चरणमा स्वदेशबाट रोजगार वा अध्ययन अथवा अन्य कुनै कारणले विदेश प्रस्थान गरेको व्यक्तिलाई प्रवास अति नै रोमाञ्चक लाग्छ । विदेशमा आएपछि आपूmले केही उपलब्धि नै हासिल गरेको वोध हुन्छ । गर्व हुन्छ र सन्तुष्टि पनि हुन्छ । आपूm सफल भएको अनुभूति पनि उत्तिकै हुन्छ । स्वदेशभन्दा विदेशमा आप्mनो आम्दानीमा वृद्धि भएको देख्दा व्यक्ति प्रफुल्लित पनि हुन्छ । तर यो उत्सुकता एवं रोमाञ्चकताको चरण लामो समय रहन पाउँदैन । पाँच–सात वर्षपछि यो नयाँ परिवेश–प्रवास, व्यक्तिलाई प्रतिकूल लाग्न थाल्छ । परिवार, समाज र देश परित्याग गरेर प्रवास जीवन रोजेकोमा व्यक्तिमा निराशा पनि उत्पन्न हुन्छ । प्रवासलाई व्यक्तिले सफलताभन्दा बाध्यता देख्न आरम्भ थाल्छ ।

भोगाइ एवं अनुभवको चरणः
यो चरणमा प्रवासमा रहेको व्यक्तिले कामसम्बन्धी विभिन्न अनुभव प्राप्त गर्छ । स्वदेशमा काम गर्दाको स्थिति र विदेशमा काम गर्दाको स्थितिको तुलना गर्छ । विदेशको बसाइ असहज भएको निष्कर्ष झिक्छ ।

भोगाइ र अनुभवको चरणमा नै व्यक्तिले केही पैसा पनि आर्जन गरेको हुन्छ । त्यो आर्जन एउटा राम्रो बचतमा रूपान्तरित भएको पनि हुन सक्छ । आर्थिकरूपमा केही सक्षम भएको बोध गर्दै व्यक्तिले आपूmभित्र कुन मात्रामा सन्तुष्टि छ, खोजी गर्न आरम्भ गर्छ । आप्mनो स्थानान्तरण कति उपयोगी भयो, त्यो विषय केलाउन तल्लीन हुन्छ । त्यसको लेखाजोखा गर्छ ।

फिर्तीको चरणः
यो चरणमा रोजगारका लागि विदेश पुगेको व्यक्तिले आपूmलाई आर्थिकरूपमा केही बलियो देख्छ र स्वदेश फर्केर कुनै नयाँ काम प्रारम्भ गर्ने जोखिम लिने हो कि भनी मन्थन पनि गरिरहेको हुन्छ । यस्ता व्यक्तिलाई परिवार, समाज र देश छुटेको पीडादायी स्थितिले सताइरहेको हुन्छ ।
यो चरणमा प्रवासमा रहेको व्यक्ति द्वन्द्वको मनस्थितिमा बाँच्न थाल्छ । परिवार, समाज, देश परित्याग गरेर परदेशमा बस्ने वा स्वदेश फर्कने अनि आप्mनो परिवार र समाजसँग जोडिएर आनन्दपूर्वक बस्ने आदि कुराबारे नित्य मन्थन गर्न थाल्छ । कोही यो मन्थनबाट उत्प्रेरित भएर स्वदेश पनि फर्कन्छन् । तर केही स्वदेश फर्किन सक्तैनन्, र स्वदेशको पनि माया मार्न पनि सक्तैनन् । लामो समयसम्म दोधारमा रहन्छन् ।

अहिले अधिकांश नेपालीहरू, मुख्य गरी युवा (महिला एवं पुरुष), प्रवासको बसाइमा उत्सुकता एवं रोमञ्चकताको चरणमा छन् । स्वदेश परित्याग गरेकोमा अति खुशी छन् । नयाँ परिवेशमा आएर काम (जागीर) गर्न पाएकोमा खुशी र प्रफुल्लित पनि उत्तिकै छन् । आपूm सफल भएको एवं आपूmले ठूलो उपलब्धि हासिल गरेको मनस्थितिमा छन् ।

उत्सुकता एवं रोमाञ्चकताको चरणमा रहेका युवाहरूलाई स्वदेश (नेपाल) फर्काउन सजिलो छैन । यो अवस्थामा रहेका युवाहरूले विदेशमा रङ्गीन सपना देखिरहेका छन् । विदेशमा आप्mनो भविष्य सुरक्षित भएको अनुभव गर्दैछन् । अमेरिका, युरोप, अस्ट्रेलिया पुगेका नेपालीहरूले घरजम पनि उत्तै गर्ने सपना बुन्दैछन् ।

भोगाइ एवं अनुभवको चरणमा रहेका प्रवासी नेपालीहरूलाई पनि स्वदेश फर्काउन सजिलो छैन । तर ज्यादै कठिन पनि छैन । विशेष किसिमका कार्यक्रमहरू जस्तै रोजगारको खास अवसर, व्यापार सञ्चालनमा सरलता, ऋण सुविधा आदि जस्ता आकर्षणहरू उपलब्ध गराएर यो चरणमा रहेका प्रवासी नेपालीहरूलाई स्वदेश फिर्ता गराउन सकिन्छ ।

प्रवासी जीवन बिताइरहेका, तर फिर्तीको चरणमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता गराउन कठिन छैन । सजिलो नै छ । यो चरणमा रहेका बहुसङ्ख्यक व्यक्तिहरू स्वदेश फर्कन सक्छन् । स्वदेश पुगेर कस्तो होला ? काम गर्न पाइएला कि नपाइएला ? जीवन झनै कष्टकर होला कि ? यस्तै सोचमा रुमलिएका तर फर्कने मनस्थितिमा रहेका प्रवासी नेपालीहरूलाई स्वदेश ल्याउन तुलनात्मक रूपमा सजिलो छ । फर्केर नेपाली समाजको मूलधारमा समाहित हुन सकिने अनेक योजनाहरू घोषणा गरेर, सामाजिक सुरक्षाहरू प्रदान गरेर, रोजगार उपलब्ध गराएर, यो चरणमा रहेका प्रवासी नेपालीहरूलाई स्वदेश फिर्ता गराउन सकिन्छ । सरकारले विदेशमा रहेको जनशक्ति नेपाल फिर्ता ल्याउन एउटा ठोक योजना निर्माण गर्न आवश्यक छ । र त्यो योजना कार्यान्वयन गर्न विभिन्न कार्यक्रमहरू ल्याउन आवश्यक छ ।

ठूलो सङ्ख्यामा नेपालीहरू विदेश पलायनको स्थितिले अब गम्भीर समस्याको रूप लिंदैछ । यस विषयलाई केवल आर्थिक समस्याको रूपमा लिएर मात्र हुँदैन । नेपालीहरू रोजगारका लागि विदेश गएका, उनीहरूको आर्थिक स्थितिमा सुधार आएको, रेमिट्यान्समा वृद्धि भएर देशको आर्थिक स्थिति कमजोर हुन नपाएको जस्ता तर्कहरू गरेर बस्ने स्थिति अब छैन । जनशक्ति स्थानान्तरण अब राष्ट्रियतासँग जोडिन पुगेको छ । जुन सङ्ख्यामा नेपालीहरू अहिले विदेश पुगिरहेका छन्, उतै बस्ने मनस्थितिमा छन्, त्यो हेर्दा नेपालीहरू अल्पसङ्ख्यक हुँदै जाने पीर बढेको छ ।

नेपालीहरू अल्पसङ्ख्यक हुँदै गएमा राष्ट्रियता र राष्ट्रिय सुरक्षा कमजोर हुने कुरामा दुई मत हुन सक्तैन । हाम्रा नेताहरूले यो गम्भीर विषय बुझ्न आवश्यक छ । देश नै नरहे, नेपाल नै नरहे, यी स्वार्थी, झगडिया, दलबदलु, शिविर र समूह बदलु नेताले कहाँ र कसरी राजनीति गर्नेछन् ? नेताहरूलाई यो कुरा हेक्का नभएको होला ?

जनशक्ति स्थानान्तरण समस्या, अब नेपालको लागि केवल आर्थिक समस्या मात्र रहेन । यो विषय अब नेपालको अस्मितासँग जोडिन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here