• बैद्यनाथ श्रमजीवी

यसै हप्ता चितवनमा ११ वर्षीया एक बालिकाको छात्रावासमा बलात्कारपछि गरिएको हत्या तथा छिमेकी देश भारतमा ब्रजीलियन साइकलयात्री दम्पतीलाई सात जना भारतीयले गरेको साङ्घातिक हमला तथा सामूहिक बलात्कारको दुःखद एवं पीडादायी घटनाले दक्षिण एशियामा महिलाहरूको सुरक्षा अवस्था बयान गरिराख्दा प्रत्येक वर्षझैं हिजो मार्च ८ लाई महिला दिवसको रूपमा विश्वभरका शोषित पीडित महिलाहरूले ११४ औं महिला दिवस मनाएका छन् । हामी सबैलाई थाहा छ यो संसारमा पूँजीवादी व्यवस्थाले गर्दा यति बेला के युवा के बच्चा, के वृद्ध के जवान, के पुरुष के महिला सबै आक्रान्त छन् । यस्तोमा महिला दिवस मनाएको ११४ वर्ष बितिसक्दा पनि महिलाहरूको अवस्था झन्झन् भयावह हुँदै गएको देखिन्छ । खासगरी दक्षिण एशियाली मुलुकहरूमा महिलाहरूको अवस्था हिंसा र विभेदको पराकाष्ठामा पुगेको छ । दिनहुँ बलात्कारको शिकार भएर हत्या गरेर आत्महत्याको नौटङ्की मञ्चन भएकै छ । यस्तोमा प्रश्न उठ्छ ११४औं महिला दिवस मनाउनुको को औचित्य के ?

यति बेला नेपालमा राजतन्त्र छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । फलस्वरूप ठूला–ठूला राजनीतिक परिवर्तनका बावजूद महिला हिंसा, विभेद, असमानता र उत्पीडन कायम छ । यस अर्थमा पनि विश्वका श्रमिक महिलाहरूले स्थापित गरेको यो ऐतिहासिक दिन नेपाली महिलाहरूको स्वतन्त्रता र समानताको लागि झनै विशेष दिन बनेको छ ।

जहाँसम्म अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सवाल छ, यसको इतिहास हेर्ने हो भने महिला दिवस श्रमिक महिला तथा समाजवादी आन्दोलनकै जगमा १८औ शताब्दीको शुरूमा उठान भएको पाइन्छ । सन् १९०८ मा अमेरिकाको न्युयोर्कमा झन्डै पन्द्र हजार महिलाले उचित ज्याला, काम गर्ने निश्चित समय र मतदान गर्ने अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए । सोही अवधिमा सन् १९०९ मा अमेरिकामा भएको समाजवादी पार्टीको स्थापनाले महिला आन्दोलनलाई झनै बल पुग्यो । उक्त पार्टीले १९०९ मा नै अमेरिकामा राष्ट्रिय महिला दिवस मनाउन शुरू ग¥यो । यसै क्रममा सन् १९१० मा १७ देशका १०० जना महिलाको संलग्नतामा डेनमार्कमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यस सम्मेलनमा क्लारा जेटकिनद्वारा, महिला अधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाहरूले मार्च ८ लाई महिला अधिकार आन्दोलन दिवस मनाउन राखेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । पहिलो विश्वयुद्धको पूर्व सन्ध्या ( सन् २०१३/१४ )मा शान्ति र विश्व हार्दिकताको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । यसले युरोप, अमेरिका र रूसलगायत देशमा महिला मुक्ति र स्वतन्त्रताका लागि आन्दोलनको लहर ल्यायो। यसरी विश्वका महिलाहरूको लामो समयको सङ्घर्ष र बलिदानपश्चात् संयुक्त राष्ट्र सङ्घले सन् १९७५ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ ।

नेपालमा विश्व महिला दिवस वि.सं २०१७ मा मनाउन थालेको इतिहास रहे भए पनि, २०३६ सालको विद्यार्थी आन्दोलनपछि मात्र श्रमजीवी महिलाबीच मनाउन थालेको र वि.सं २०४६ सालको बहुदलीय व्यवस्था पश्चात् महिलाको अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्था, महिला अधिकार समर्थित ट्रेड युनियन र श्रमिक महिला माझ मनाउन थालिएको हो ।

हुनत विश्व श्रमिक महिला दिवसले विश्वका महिलाहरूलाई जागरण र सशक्तीकरणको सन्देश दिन्छ भने सरकारहरूलाई सकारात्मक परिवर्तनका लागि पहलकदमी गर्ने दायित्व स्मरण गराउँछ । तर यी कुराहरू औपचारिक बढी, यथार्थमा कार्यान्वयन भइरहेको देखिंदैन । केवल औपचारिकताको लागि कोठे सेमिनार, सभा–सम्मेलन जुलूस पर्चा गरिन्छ । व्यवहारमा पितृसत्ता र महिलाप्रतिको दृष्टिकोणमा खासै फरक आएको देखिदैन । दोस्रो जनान्दोलन पश्चात् नामकै लागि भए पनि लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशीकरण महŒवपूर्ण राजनीतिक उपलब्धि हुन् । यी उपलब्धिहरूमा नेपाली श्रमिक महिला आन्दोलनको ठूलो योगदान छ । यही योगदानको उपज नेपाली महिला अधिकारको क्षेत्रमा केही महŒवपूर्ण राजनीतिक उपलब्धि भएको यथार्थलाई स्वीकार गर्नैपर्छ । यिनै उपलब्धिको धरातलमा नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ ।

राज्यका सम्पूर्ण तह तथा निकायमा ३३ प्रतिशत महिला सहभागिता संवैधानिकरूपमा सुनिश्चित भएको छ । तर यसको कार्यान्वयन सन्तोषजनक नरहेको यथार्थ सबैको सामुन्ने घामजत्तिकै छर्लङ्ग छ । तर पनि निजामती सेवामा समावेशी व्यवस्थाको माध्यमबाट ७३३१ महिला कर्मचारी सिफारिश भएका छन् । संसद्मा महिलाहरूको घतलाग्दो सहभागिता छ । सङ्घ, प्रदेश, स्थानीय तहमा महिलाको उपस्थिति उत्साहजनक देखिन्छ । नेपाली सेना र प्रहरीमा समेत महिला सहभागिता बढ्दै छ । संसद्मा महिलाहरूको उपस्थिति देखिए पनि मन्त्रिमण्डलमा ३३ प्रतिशत कहिले देखिएन ।

हुनत महिलामैत्री कानून निर्माणको थालनी भएको छ । श्रम ऐन, २०७४ मा रोजगारदाताले कुनै पनि श्रमिकलाई लिङ्ग, जाति आदिका आधारमा भेदभाव गर्न नपाइने, लिङ्गको आधारमा समान मूल्यको काममा श्रमिकबीच पारिश्रमिकमा भेदभाव गर्न नपाइने, भेदभाव गरेमा दण्डनीय हुने व्यवस्था छ । यसैगरी, श्रमिक महिलालाई प्रसूति हुनु अगाडि र पछाडि बिदाको व्यवस्था, राति काममा लगाउँदा यातायात रसुरक्षाको व्यवस्था, कार्यस्थलमा हुने यौन दुरुत्साहन नियन्त्रण, केन्द्रीय श्रम सल्लाहकार परिषद्हरूमा प्रतिनिधित्व, श्रमिक महिलालाई सजिलो काममा मात्र लगाउने व्यवस्था आदि श्रम ऐनका महŒवपूर्ण विषय हुन् । तर यसको कार्यान्वयन पक्षमा अझै पनि महिलाहरूले निकै समस्या भोग्नुपरिरहेको छ । यस तीतो यथार्थलाई हामीले स्विकार्नै पर्छ ।

महिला अधिकारका नाममा विभिन्न सङ्घसंस्थाहरू क्रियाशील रहेका कारण महिला अधिकारको जागरण तथा पैरवीको क्षेत्रमा योगदान पुगेको छ । नेपाल पक्षधर भएर महिला हक अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हस्ताक्षर पनि भएका छन् । वास्तवमा यी सम्पूर्ण उपलब्धिहरूमा महिलाहरूको लामो समयदेखिको बलिदान र सङ्घर्षको भूमिका रहेको यथार्थ बिर्सनुहुँदैन ।

यद्यपि नीति निर्माण तहमा रहेको पुरुष सत्ताले अझैसम्म महिलाप्रतिको मध्ययुगीन चिन्तनमा सुधार ल्याउन सकेको छैन । यो आजको यथार्थ हो । फलस्वरूप अहिले पनि दलित, विपन्न तथा सीमान्तकृत महिलाहरूको वास्तविक जीवनमा गुणात्मक परिवर्तन आएको देखिंदैन । लैङ्गिक, जातीय र धर्म परम्पराको नाममा महिलाहरू अझै प्रताडित छन् । दाइजोको नाममा हुने कुटपिट, दुव्र्यवहार र हत्यासम्मका घटनामा कमी आउन सकेको छैन । महिलामाथि हुने एसिड आक्रमणका घटनाहरू पछिल्लो समयमा झनै डरलाग्दो बनेर आएको छ । बलात्कार र यौन दुव्र्यवहारका घटनाले कानूनलाई नै चुनौती दिएको छ । हिन्दू धर्मावलम्बीहरूको वर्चस्व रहेको भारतीय तथा नेपाली समाजमा दलित र श्रमिक महिलाको अवस्था झनै दयनीय छ । दलित महिलाहरू तेहरो शोषणबाट प्रताडित छन् । दलित महिलाहरू जातीय, लैङ्गिक र आर्थिक शोषणको चपेटामा परेका छन् ।

विगतका अध्ययनहरूका अनुसार नेपालमा ५७ प्रतिशतको दरले बलात्कार घटनामा वृद्धि भइरहेको छ । तीमध्ये पनि दलित महिलाहरूमा बलात्कार ७७ प्रतिशतले वृद्धि भइरहेको देखिएको छ । अझै पनि ४५ प्रतिशत दलित महिला साक्षर मात्र छन् भने ४८ प्रतिशत भूमिहीन छन् । विश्वमा आएको महिला आन्दोलनको लहर र भारत तथा नेपालमा भएको राजनीतिक तथा सामाजिक परिवर्तनले भारतीय उपमहाद्वीपमा दलित तथा सीमान्तकृत महिलाहरूलाई खासै छुन सकेको छैन । उनीहरूको समाजिक सुरक्षा तथा हिंसा खतरनाक ढंगले निरन्तर बढिरहेकोले सार्वधिक चिन्ताको विषय बन्नुपर्ने हो । अर्कोतर्फ, श्रमिक महिलाको अवस्था पनि धेरै पीडादायी छ ।

कानूनले समान कामको समान ज्यालाको व्यवस्था गरेको भएता पनि नेपाली श्रम बजारमा महिला र पुरूषको श्रमलाई समान दृष्टिकोणले हेरिFदैन।अधिकांश महिलाहरू अनौपचारिक श्रम बजारमा संलग्न भएको कारण श्रम कानुन तथा सामाजिक सुविधाबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ।यसका साथै न्यून ज्याला, बाह्र घण्टा सम्म निरन्तर काम, कार्यस्थलमा हुने लैङ्गिक विभेद तथा शोषण र कामबाट कर्केपछिको पारिवारिक जिम्मेवारी श्रमिक महिलाहरूले दिनदिनै भोग्दै आएका समस्याहरू हुन्।अधिकांश महिलाहरू घरधन्दा र कृषि काममा नै व्यस्त हुने भएको कारण उनीहरूको काम राष्ट्रिय अर्थतन्त्रको योगदानमा समेत गणना नभएको अवस्था विद्यमान छ ।

अनौपचारिक क्षेत्रमा मात्र हैन, औपचारिक क्षेत्रमा पनि महिलाहरू लैङ्गिक विभेदको शिकार हुँदै आएका छन् । पुरुषवादी सङ्कीर्ण सोचको कारण जिम्मेवारी दिन हच्किने, दिएको जिम्मेवारीमा विश्वास नगर्ने, महिला नेतृत्वमा विश्वास नगर्ने, हेप्ने–होच्याउने प्रकारको कार्य संस्कृति अधिकांश महिलाले कार्यस्थलमा भोग्ने गरेका छन् । यस्ता समस्या राजनीतिक पार्टीहरूमा समेत देखिन्छ । आपूmलाई वामपन्थी वा कम्युनिस्ट भन्ने वा प्रजातन्त्रवादी भन्ने पार्टीहरूमा समेत महिलाहरूलाई जिम्मेवारी दिने क्रममा हेलाहोचो भएको स्पष्ट देख्न सकिन्छ ।

साँच्चै भन्ने हो भने महिलामाथि हुने सबै प्रकारका शोषण र विभेदविरुद्ध विकसित भएको ऐतिहासिक क्षण नै ८ मार्च हो । त्यसैले नेपालमा पनि, यसको महŒव, नेपाली महिलाहरूले भोग्दै आएको श्रम शोषण तथा सामाजिक विभेद र घरेलु हिंसालगायत सबै प्रकारका अत्याचारविरुद्ध एकजुट हुँदै सचेत भएर अगाडि बढ्ने प्रण गर्नुपर्छ । संविधानले प्रत्याभूत गरेको महिला अधिकारको उचित कार्यान्वयनलाई अघि बढाउँदै समग्र समाजको अग्रगामी विकास गर्न महिला दिवसजस्तो विश्वव्यापी अभियानले ठूलो मदत गर्दछ । महिला मुक्ति आन्दोलन आपूm मात्र मुक्त हुने आन्दोलन हैन । यो पुरुषविरोधी आन्दोलन पनि होइन । तर यसबारे दुई प्रकारको नकारात्मक बुझाइ छ ।

महिलाहरूमा कस्तो बुझाइ छ भने पुरुष हाम्रा दुश्मन हुन् । केही पुरुषलाई लाग्दछ, महिलाहरूले स्वतन्त्रता पाए भने पुरुषको स्वतन्त्रता हनन हुन्छ । वास्तवमा महिला र पुरुष दुवै एकअर्काका पूरक हुन् । अबको आन्दोलन कुनै एकविना सफल हुनै सक्दैन भन्ने कुरा सबैले बुझ्नैपर्ने हुन्छ । जबसम्म महिला घरभित्र बधुवा मजदूर भइरहन्छन्, विनादामको कमारी भइरहन्छन्, अशिक्षा र धार्मिकताले थिचिइरहन्छन्, तबसम्म हाम्रो समाज अगाडि बढ्न सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here