प्रस, वीरगंज, २४ फागुन/
वीरगंजका पत्रकार नेहाल खानको बुधवार राति १०ः३० बजे निधन भएको छ । केही समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले पत्रकार खान बिरामी थिए ।
हिजो राति १०ः३० बजे वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । नेपाल टेलिभिजनको वीरगंज संवाददाता रहेका खान नेपाल पत्रकार महासङ्घ, पर्साको साधारण सदस्य, प्रेस चौतारी र मुस्लिम पत्रकार सङ्घमा आबद्ध थिए ।
उनको बिहीवार मुस्लिम परम्परा अनुसार वीरगंज–३ पानीटङ्कीस्थित कब्रिस्थानमा अन्तिम संस्कार गरिएको थियो । स्व खानलाई नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, प्रदेश महासचिव श्याम बन्जारा, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, मुस्लिम पत्रकार सङ्घका अध्यक्ष मन्सुर खानले संस्थाको झन्डा ओढाएर सम्मान गरेका थिए ।