भारतको टाटा मेमोरियल सेन्टरका चिकित्सकद्वारा तयार गरिएको न्युट्रास्युटिकल थेरेपी क्यान्सर रोगीको लागि वरदानभन्दा कम छैन । यसलाई तयार गर्ने चिकित्सकको टोलीको भनाइ छ कि यस थेरापीलाई मेटास्टेसिस क्यान्सरको उपचार र यसको जोखिमलाई कम गर्न विकसित गरिएको हो । अनुसन्धानमा एक दशकभन्दा बढी समय लागेको चिकित्सकले जनाएका छन् ।

के हो मेटास्टेसिस क्यान्सरः यो त्यस अवस्थालाई भनिन्छ, जब क्यान्सरको ज्यानमारा सेल्स शरीरको एउटा अङ्गबाट अर्को अङ्गसम्म फैलिन्छ । तर क्यानेडियन क्यान्सर सोसाइटी अनुसार मेटास्टेसिस क्यान्सर शब्दको प्रयोग साधारणतया केवल हार्ड ट्युमर जस्तै स्तन, प्रोस्टेट वा फोक्सोमा हुने क्यान्सरको लागि गरिन्छ ।

के हो न्युट्रास्युटिकल थेरापीः अनुसन्धान गर्ने चिकित्सकका अनुसार न्युट्रास्युटिकल एउटा पूmड वा पूmड सप्लिमेन्ट हो, जसलाई आरसियू भनिन्छ । यसलाई कपर र अङ्गुर तथा बेरिजको बिरुवाबाट तयार गरिन्छ । यसमा एक्स्ट्रा बायोएक्टिभ कम्पाउन्ड र मेडिसिनल प्रापटिज हुन्छ, जुन शरीरको बुनियादी पोषणको अलावा अन्य थुप्रै स्वास्थ्यमा फाइदा पु-याउँछ ।

न्युट्रास्युटिकलको प्रयोग गत केही वर्षदेखि क्यान्सरका रोगीमाथि शुरू गरिएको छ । जसको परिणाम ओरल, ब्लड, ब्रेन र पेटमा हुने क्यान्सरमा राम्रो देखिएको छ ।

अध्ययनको नेतृत्व गर्ने डा इन्द्रनील मित्राले भने हामीले यस अनुसन्धानको दौरान क्यान्सर ट्रिटमेन्ट किमो र रेडियोथेरेपीको जोखिम पनि अगाडि आयो । यद्यपि यो थेरापीले क्यान्सरको प्रारम्भिक ट्युमर सेल्सलाई नष्ट गरिदिन्छ । तर यसबाट मर्ने क्यान्सर सेल्स क्रोमैटिन रिलिज गर्ने कारण बन्छ, जसलाई सिएफसिएचपी भनिन्छ । यो रगतको माध्यमबाट शरीरका अन्य भागमा पुगेर क्यान्सरको कारण बन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here