• सञ्जय मित्र

अनाथपिंडक श्रावस्तीका सेठ थिए । उनको राज्यभर र अन्यत्र पनि ठूलो सम्मान थियो । राजा थिए प्रसेनजित । प्रसेनजित जीवनको उत्तराद्र्धमा बढी धार्मिक हुन थालेका थिए । त्यति बेला गौतम बुद्धको प्रभाव बढिरहेको थियो । सेठ अनाथपिंडकलाई पनि लाग्यो कि एकपटक बुद्धको दर्शन गरूँ । आप्mनो इच्छालाई उनले दबाएनन्, भगवान् बुद्धको दर्शन गरे । भगवान्को जति नाम सुनेका थिए, त्यसभन्दा केही बढी नै प्रभावित भए । भगवान् बुद्धको जीवनीबारे पहिलेदेखि नै जानकार रहेका अनाथपिंडकले बुद्धसित भेट गरेपछि आपूmमा पनि धेरै परिवर्तन भएको महसूस गरे । भगवानका अगाडि सेठले प्रस्ताव गरे–कृपया श्रावस्तीमा पाल्नुहोस् । मलाई पनि एकपटक सेवाको मौका दिनुहोस् । भगवान् बुद्धले पनि अनाथपिंडकको प्रस्ताव सहजभावले स्वीकार गरे ।

भगवान बुद्ध शिष्यसहित जसरी बोलाइएको हुन्थ्यो, त्यसरी पुग्ने गर्दथे । श्रावस्तीको निम्तोको पछाडि निकै ठूलो रहस्य लुकेको थियो अर्थात् श्रावस्ती निकै ठूलो बुद्ध धार्मिकस्थल बन्नेवाला थियो । बुद्धलाई त्यहाँ आउनका लागि निम्तो दिएर सेठ आप्mनो घर फर्कन थाले ।

बाटोमा उनलाई लाग्यो–भगवान् बुद्धलाई शिष्यसहित राख्ने कहाँ ? उनको मनले उत्तर दियो – जेतवनमा ।

जेतवनको नाम राजकुमार जेतको नाममा राखिएको थियो । श्रावस्तीका राजकुमार जेतको अधीन रहेको जेतवन निकै रमणीय ठाउँ थियो । भगवान् बुद्धलाई शिष्यसहित बस्न सजिलो हुने किसिमको ठाउँ थियो । भगवान्ले मन पराउने सम्भावना पनि थियो । सबै सुविधा पनि थियो र पूर्णतया शान्त पनि । श्रावस्तीभन्दा धेरै टाढा पनि थिएन । यस्तै विचार गर्दै सेठ श्रावस्ती पुगेर राजकुमार जेतसामु आप्mनो प्रस्ताव राखे । सेठको प्रस्ताव राजकुमार जेतलाई मन परेन वा ध्यान दिएर सुनेनन् । सेठले पुनः आग्रह गरे – भगवान् बुद्धको लागि यहाँले आप्mनो वनलाई दिनुहुन्छ कि ?

खासै ध्यान नदिएरै जेतले जवाफ फर्काए – जति वन चाहिन्छ, त्यति ठाउँ स्वर्णमुद्राले ढाकिदेऊ ।

सेठ अनाथपिंडक खुशी भए । भगवान्लाई आप्mनो ठाउँमा ल्याउने र आपूmले रोजेको ठाउँमा राख्न पाउने दोहोरो खुशी प्राप्त भयो । सेठले भने– राजकुमारको जय होस्, म आप्mनो सारा सम्पत्तिले जेतवनको जमीनलाई स्वर्ण मुद्रामय बनाउँछु । कृपाको लागि राजकुमारलाई धन्यवाद !

राजकुमार आश्चर्यचकित हुँदै भने – मैले त त्यत्तिकै भनेको हुँ । जेतवन मलाई अत्यन्त प्रिय छ । कुनै मूल्यमा बेच्न सक्दिनँ ।

तत्काल मन्त्रीले प्रतिवाद गरे– तपाईंको प्रिय जेतवनको मूल्य तोक्नुभएको छ । ग्राहकले कुनै मोलाई नगरी मूल्य तिर्न तयार भएको अवस्थामा अब जिस्केरै भनेको भए पनि त्यो मूल्य ग्रहण गर्नुपर्छ । नीतिले यही भन्छ ।

राजकुमार जेतले सोचेका थिए किन कसैले त्यत्रो खर्च गर्छ, तर अवस्था फरक हुन गयो । भोलिपल्ट दिउँसोसम्म अनाथपिंडकले जेतवनको तीनचौथाई भागमा स्वर्णमुद्रा बिच्छाइसकेका थिए । जब राजकुमार जेत त्यहाँ पुगे, छक्क परे ।

राजकुमारलाई लागेको थिएन कि सेठसित यति धेरै स्वर्णमुद्रा होला वा बुद्धलाई ल्याएर केही दिनसम्म राख्नको लागि सेठ यति धन खर्च गर्लान् । तर अचम्म १ सेठ अनाथपिंडक भने अत्यन्त उत्साहित देखिन्थे । जीवनभर कमाएको सम्पत्ति यसरी कसैको स्वागतका लागि खर्च गर्न सकिन्छ भन्ने अनुमानसम्म पनि राजकुमारलाई थिएन । राजकुमार जेतले जुन उत्सुकता र लगनशीलता देखे, उनको मनमा पनि भयो कि जब सेठले यति धेरै गर्न सक्छन् तब मैले पनि केही गर्नुपर्छ । अनि वनको बाँकीको भाग बुद्धको सेवामा आपूmलाई पनि समर्पण गर्नको लागि रहन दिन आग्रह गरे ।

निर्धारित समयमा भगवान् बुद्धको आगमन जेतवनमा भयो । जेतवनमा जे भएको थियो त्यो बुद्धलाई थाहा भइसकेको थियो । यो कुरा प्रसेनजितले पनि थाहा पाइसकेका थिए । भगवान बुद्धका प्रिय शिष्य आनन्दले जब जेतवनको लागि सेठको सहज सङ्घर्षको कथा सुने तब उनलाई यस ठाउँको गरिमा थाहा भयो । अब बुद्धधर्म प्रचारको मुख्य केन्द्र जेतवन बन्दै थियो ।

जेतवनमा राजा प्रसेनजितले पनि भगवान् बुद्धको प्रवचन सुने । राजकुमार जेतले पनि भगवान्को दर्शन गरे । अनि जेत यति प्रभावित भए कि जेतवन बिक्रीबाट जति धन प्राप्त भएको थियो, त्यसलाई त्यहीं बुद्ध विहार बनाउन र अन्य व्यवस्थापनको लागि खर्च गरे । बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धको भौतिक जीवनको धेरै भाग त्यसपछि यही जेतवनमा नै बित्न थाल्यो । बौद्ध भिक्षु सङ्घले निर्णय पनि गरेको थियो – वर्षावास यही हुन्छ । अनि हरेक वर्षाको समय सम्भव भएसम्म भगवान् बुद्धले जेतवनमा नै बिताउने काम गरे ।

भनिन्छ, त्यस जमानामा सेठ अनाथपिंडकले जेतवन खरीद अठार करोड स्वर्ण मुद्रा तथा जेतवनमा विभिन्न भवन र बिहारका साथै अन्य संरचना निर्माणमा करीब चौवन्न करोड स्वर्ण मुद्रा खर्च गरेका थिए । त्यस जमानामा अनाथपिंडकलाई दानवीरको नामले पनि जनमानसमा परिचित गराएको देखिन्छ । जेतवनको गन्धकुटी भगवान् बुद्धको निवास थियो, जुन केही वर्षपछि आगो लागेर क्षतिग्रस्त हुन पुगेको अनुमान गरिएको छ । जेतवनको तत्कालीन भव्यता कति समृद्ध थियो भन्ने कुरा त्यसको भग्नावशेष र संरचना हेर्दा अनुमान लगाउन सकिन्छ ।

भनिन्छ, भगवान बुद्ध पहिलोचोटि श्रावस्ती आउँदा बुद्धत्व प्राप्त गरेको १४ वर्ष बितिसकेको थियो । श्रावस्तीका सेठ अनाथपिंडकको ससुराली राजगिर (राजगृह) थियो । ससुरालीदेखि घरसम्म कहिलेकाहीं आवतजावत गर्दा बुद्धको प्रभाव तिनले देखे वा सुनेका थिए अनि आकर्षित भएका थिए । बुद्ध जेतवनमा करीब १९ वर्ष वास गरेको तथ्य फेला पर्दछ । हुनत बुद्ध कतै निश्चित समय बसिरहँदैनथे । उनी डुलिरहन्थे तर मुख्य गरी वर्षाको बेला वास बस्नको लागि श्रावस्ती नै बुद्धको रोजाइ हुन्थ्यो वा सङ्घले गरेको निर्णय आनन्दको परामर्शमा बुद्धले स्वीकार गरेका थिए । श्रावस्तीको जेतवनबारे विभिन्न बौद्धग्रन्थहरूमा वर्णन त छ नै, विभिन्न चिनियाँ यात्रीहरूले पनि जेतवनको विषयमा पर्याप्त सामग्री लेखेका छन् ।

भगवान् बुद्धसित सम्बन्धित कपितय प्रसिद्ध कथा तथा मिथकहरूमा श्रावस्ती र जेतवनको नाम आउँछ । भगवान् बुद्ध यही भएको बेला अङ्गुलीमाल डाँकूको उद्धार गरेका थिए । बुद्ध साहित्यमा अङ्गुलीमालको कथा निकै प्रसिद्ध छ र अनेक किसिमले यसको चर्चा गरिएको पाइन्छ ।

अनुसन्धानबाट के पुष्टि भएको देखिन्छ भने सेठ अनाथपिंडक र अङ्गुलीमाल डाँकूको निवास नजीकै थियो । नजीकै जङ्गल थियो र बस्तीमा सेठको निवास थियो । जेतवनलाई सेठ अनाथपिंडकले बौद्ध बिहारको रूपमा बनाउन आप्mनो सर्वस्व अर्पण गरेका छन् अनि यो पनि देखिन्छ कि डाँकू अङ्गुलीमालले भगवान् बुद्धसित तर्क गरेको र अङ्गुलीमालको हृदय परिवर्तन भएको ठाउँ जेतवनभन्दा करीब पचास मिटर मात्र टाढा छ । कतिपयले चेतना र अज्ञानता कति नजीक हुन्छ भन्ने आध्यात्मिक अर्थ लगाउन खोज्दछन् । चेतनाको निकट अँध्यारो धेरै समयसम्म टिक्दैन भन्ने बोध पनि यसबाट हुन्छ ।

बुद्धसित अनाथपिंडकको मेल ज्ञान र धनको संयोग पनि मान्न सकिन्छ । ज्ञानसित धनको भेट हुँदा कस्तो स्थिति बन्दछ ? बौद्ध साहित्य तथा बौद्ध इतिहासमा भगवान् बुद्धसित अनाथपिंडकको भेट अनि अनाथपिंडकले जुन तन्मयताका साथ जेतवनको निर्माण गराए, यसबाट पुष्टि हुन आउँछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here